गरिमाप्रकरणमारविकिरणकोखबरदारी : ‘न्यायदबाउनेप्रयासमहँगोपर्नेछ’

गरिमाप्रकरणमारविकिरणकोखबरदारी : ‘न्यायदबाउनेप्रयासमहँगोपर्नेछ’

रबि किरण काठमाडौं आफ्नै छोरीको बलात्कारपछि विभत्स हत्या हुँदा पनि सरकारसँग वार्तापछि ‘खुसी छौँ’ भन्नुभएका गरिमाका बुवाको भनाइलाई रवि किरण हमालले ठूलो भरोसाका रूपमा व्याख्या गरेका छन्। हमालले उक्त भरोसा नटुटाउन सरकारलाई आग्रह गर्दै गरिमाका परिवारले न्यायका लागि गरेको संघर्षपछि भएको सम्झौता कार्यान्वयन गर्न खबरदारी गरेका छन्। उनले सम्झौता केवल हस्ताक्षरमा सीमित भएर रद्दीको टोकरीमा फालिन नहुने बताएका छन्। “फेरि तिनै मातापिताहरूले त्यो खुम्चिएको कागजको टुक्रा लिएर सडकमा आउनु नपरोस्,” हमालले भनेका छन्, “गरिमा जस्ता नानीहरूले फेरि क्रुर, अमानवीय र विभत्स स्थितिको सामना गर्न नपरोस्।” उनले न्यायका लागि हुने आन्दोलनलाई केवल सम्झौता गरेर तत्काल सामसुम पार्ने प्रवृत्तिप्रति पनि सरकारलाई कडा चेतावनी दिएका छन्। “सरकारले न्यायका लागि हुने हरेक आन्दोलन र संघर्षलाई एक थान हस्ताक्षर गरेर तत्काल सामसुम पारियो, समस्या हल भयो भन्ने कलुषित मनसाय राखेको छ भने एकैपटक विस्फोट भएको दिन अकल्पनीय परिस्थिति सिर्जना हुनेछ,” हमालले चेतावनी दिएका छन्। हमालले गरिमाको न्यायलाई एउटा परिवारको मात्र विषय नभई राज्यको संवेदनशीलता, जवाफदेहिता र आगामी पुस्ताको सुरक्षासँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने बताएका छन्।
सुशीला गौतम र खेम सेन्चुरीको स्वरमा ‘मोरे सैया’ गीत सार्वजनिक

सुशीला गौतम र खेम सेन्चुरीको स्वरमा ‘मोरे सैया’ गीत सार्वजनिक

सुशीला गौतम काठमाडौं। लोकदोहोरी गायिका सुशीला गौतमको नयाँ सांगीतिक प्रस्तुति 'मोरे सैया' सार्वजनिक भएको छ। सुशीला गौतम र खेम सेन्चुरीको संयुक्त स्वर रहेको यस गीतमा...
पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

अमृत बास्ताेला काठमाडौं ५, भदौ। नेपाली समाजमा तीज केवल चाडपर्व र मनोरञ्जनको अवसर मात्र होइन, महिलाले आफ्ना पीडा, भोगाइ र सामाजिक यथार्थलाई गीतमार्फत अभिव्यक्त गर्ने...
जेनजी आन्दोलनको स्मरण, सम्मान, शहीदप्रति श्रद्धा र राष्ट्रिय एकताका लागिभदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन रवि किरण हमालको अपिल

जेनजी आन्दोलनको स्मरण, सम्मान, शहीदप्रति श्रद्धा र राष्ट्रिय एकताका लागिभदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन रवि किरण हमालको अपिल

काठमाडौं । जेनजी अगुवा रवि किरण हमालले आगामी भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन अपिल गरेका छन्। उनले भदौ २३ गतेलाई पुनः आन्दोलन गर्ने...
सुकेधारा स्थित ’एजिङ होम’मा निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न

सुकेधारा स्थित ’एजिङ होम’मा निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न

बिस्नु गिरीकाठमाडौ । काठमाडौँको सुकेधारा स्थित ’एजिङ होम’को आयोजना तथा नेपाल आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित एक दिवसीय निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ...
डिएलए नेपालको महासचिवमा अधिवक्ता रविन्द्र प्रधानको दाबी

डिएलए नेपालको महासचिवमा अधिवक्ता रविन्द्र प्रधानको दाबी

सन्जिब दुलाल  भक्तपुर । डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) नेपालको आगामी राष्ट्रिय महाधिवेशनमा भक्तपुरका अधिवक्ता रविन्द्र प्रधानले महासचिव पदमा उम्मेदवारी दिने तयारी गरेका छन्। नेपाल ल क्याम्पसमा...
रास्वपा कार्यालय पुगेका लैङ्गिक अल्पसंख्यकको गुनासो, संसदमा समुदायको विषय किन उठेन?

रास्वपा कार्यालय पुगेका लैङ्गिक अल्पसंख्यकको गुनासो, संसदमा समुदायको विषय किन उठेन?

राज्यसत्ता , काठमाडौँ - लैङ्गिक तथा यौनिक अल्पसंख्यक राजनीतिक अभियन्ताहरू अबको चुनावमा उम्मेदवार बनाउन माग गर्दै राजनीतिक दलका कार्यालयमा डेलिगेसन जान थालेका छन्। राष्ट्रिय लैङ्गिक...
मधेशमा नेतृत्वको रिक्तता, नयाँ पुस्ताले विकल्प दिनुपर्नेमा जोड

मधेशमा नेतृत्वको रिक्तता, नयाँ पुस्ताले विकल्प दिनुपर्नेमा जोड

राज्यसत्ता , काठमाडौं । ‘शहीद सञ्जय चौधरी स्मृति प्रतिष्ठान नेपाल’को आयोजनामा ‘मधेश : अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मधेश आन्दोलनको पृष्ठभूमि,...
क्यानडाबाट ‘लाली’ लिएर आए निर्वाण–कुश, भिडियोमा इभा गिरी

क्यानडाबाट ‘लाली’ लिएर आए निर्वाण–कुश, भिडियोमा इभा गिरी

सामुल कैनीकाठमाडौं । क्यानडामा बसेर नेपाली संगीतमा सक्रिय एनभी निर्वाण र कुशको नयाँ म्युजिक भिडियो ‘लाली’ सार्वजनिक भएको छ। ‘रियाज म्युजिक’को आधिकारिक युट्युब च्यानलमार्फत गीतको...
मन्जिला अनिलको ‘बुवाहजुर’ महाकाव्य लोकार्पित

मन्जिला अनिलको ‘बुवाहजुर’ महाकाव्य लोकार्पित

काठमाडौं । २०८३ साउन ३० गते । प्रज्ञाभवन,अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरले आज अनेसास नेपाल च्याप्टरका वरिष्ठ उपाध्यक्ष साहित्यकार मन्जिला अनिलद्वारा लिखित ‘बुवाहजुर’ महाकवि...