दशैं कसरी मानिन्छ

Read Time:8 Minute, 0 Second

दशैंकाे सुरूवात घटस्थापना देखि हुन्छ । पहिलाे दिनलाई घटस्थापना भनिन्छ । घटस्थापना दुईवटा संस्कृत शब्दहरू ‘घट’ र ‘स्थापना’ मिलेर बनेको हाे । जसको शाब्दिक अर्थ हुन्छ: घटकाे अर्थ घैँटो, कलश वा माटोको भाँडो हुन्छ। र स्थापनाको अर्थ राख्नु, स्थापित वा स्थापना गर्नु भन्ने हुन्छ हुन्छ । तसर्थ, शाब्दिक रूपमा घटस्थापना भनेको ‘कलश वा घैँटो स्थापना गर्ने कार्य’ हो।
याे हिन्दू नेपालीहरूको महान् चाड हाे । घटस्थापनाकाे दिनमा वैदिक विधिपूर्वक पवित्र स्थानबाट ल्याइएको माटोमा जौ, मकै वा धान छरेर (जमरा राखेर) कलश स्थापना गरिन्छ। आध्यात्मिक रूपमा हिन्दु धर्मअनुसार घट (कलश) लाई ब्रह्माण्ड र नवदुर्गा भवानीको प्रतीक मानेर पूजा आरम्भ गर्ने गरिन्छ।

घटस्थापनादेखि नवमीसम् अर्थात नाै दिनलाई नवरात्री भनिन्छ । नवरात्रीभरि देवी दुर्गाका ९ वटा स्वरूपको विशेष पूजा-आराधना गरिन्छ । जसलाई ‘नवदुर्गा’ भनिन्छ। दशमी (विजयादशमी) का दिन भने नवदुर्गा भवानीको विसर्जन गरी प्रसाद स्वरूप टीका र जमरा लगाइन्छ।

नाै देवीकाे स्वरूपहरू यस प्रकारका छन्:

१. पहिलो दिन (घटस्थापना):
देवी शैलपुत्री पहिलो नवदेविकाे स्वरूप हाे । शैलपुत्री पर्वतराज हिमालयकी पुत्रीका रूपमा जन्मिएकी थिईन ।

२. दोस्रो दिन:
नव दुर्गाकाे दाेश्राे स्वरूप ब्रह्मचारिणी हुन् । उनीलाई कठोर तपस्या र ब्रह्मचर्यको प्रतीकका रूपमा यी देवीको पूजा गरिन्छ ।

३. तेस्रो दिन:
देवी चन्द्रघण्टा तेस्राे नवदुर्गाकाे स्वरूप हुन् । उनीले मस्तकमा घण्टा आकारको अर्धचन्द्र धारण गरेकी थिईन । उनीले जसले मानसिक शान्ति र साहस प्रदान गर्छिन् भन्ने विश्वास छ ।

४. चौथो दिन:

चाैंथाे देवी कुष्माण्डा हुन् । उनीले आफ्नो मन्द मुस्कानद्वारा ब्रह्माण्ड उत्पन्न गरेकी शक्तिकी अधिष्ठात्री देवी मानिन्छ ।

५. पाँचौँ दिन:
देवी स्कन्दमाता पाँचौं देवी हुन् । उनीलाई भगवान् कुमार (कार्तिकेय) की माताका रूपमा पुजिन्छिन् । उनीलाई मातृत्वको प्रतीक स्वरूप मानिन्छ ।

६. छैटौँ दिन:

देवी कात्यायनी नवदुर्गाकाे छैटौं स्वरूप हुन् । उनी ऋषि कात्यायनको आश्रममा जन्मिएकी थिईन । कात्यायनी महिषासुर वधका लागि क्रोधित स्वरूप धारण गरेकी योद्धा देवी।

७. सातौँ दिन (फूलपाती):

देवी कालरात्रि साताैं स्वरूपकि देवि हुन् । उनी दुष्ट र राक्षसहरूको विनाश गर्ने अत्यन्त भयानक मानिन्छ । तर उनीले आफ्नो भक्तहरूलाई कल्याण गर्ने स्वरूपकाे देवी मानिन्छ ।

८. आठौँ दिन (महाअष्टमी):

देवी महागौरी आठौं देवी हुन् । उनीले कठोर तपस्यापछि गोरो वर्ण प्राप्त गरेकी पवित्रता र शान्तिकी देवी हुन् ।

९. नवौँ दिन (महानवमी):

देवी सिद्धिदात्री नवदुर्गाकी नवाैं स्वरूपकाे देवी मानिन्छ । उनी भक्तहरूलाई सम्पूर्ण प्रकारका सिद्धि प्रदान गर्छिन् । उनीले भक्तहरूलाई अलौकिक शक्ति पनि प्रदान गर्छिन् ।

१०. दशाैं दिन
१० अाैं दिनलाई विजया दशमी भनिन्छ । दशमीबाट दशै भएको हाे । दशमी अर्थात दशैंकाे दिन मान्यजनबाट टीका , जमरा, आशिर्वाद र प्रसाद ग्रहण गर्दछ । यसरी मान्यजनबाट टीका , जमरा, आशिर्वाद दशमीदेखि पूर्णिमासम्म ग्रहण गर्ने गरिन्छ । दशमी देखि पूर्णिमा अर्थात् ५ दिनसम्म विशेष धार्मिक पूजाहरू सम्पन्न गरिन्छन् ।

अ) विजयादशमी देखि चतुर्दशीसम्मको पूजा

(क) दैनिक पूजा र आराधना
घटस्थापनाका दिन स्थापना गरिएको दशैँघर वा पूजाकोठामा विजयादशमीको दिन देवी विसर्जन गरिन्छ । यसणता पुजा काेठा र दशैं घरहरूमा कोजाग्रत पूर्णिमासम्म नै दियो, कलश बालि रर गणेशको नियमित पूजा आराधना जारी राख्ने गरिन्छ ।

(ख) नवदुर्गाको प्रसाद पूजा

दशमी देखि काेजाग्रत पूर्णिमाकाे अवधिभर मान्यजनको हातबाट टीका थाप्न जाँदा घरमा बाँकी रहेकाे जमरा र टीकालाई नवदुर्गा भवानीकाे प्रसादको रूपमा लिने गरिन्छ । टिका र जमरालाई मान्यजनबाट टिका लिंदा सम्मानपूर्वक पूजा गरेर मात्र लगाउने चलन छ । टिका लगाइदिनेले पनप यसरीनै पुजा गरेर टिका जमरा लगाई दिन्छ।

११.. कोजाग्रत पूर्णिमा

काेजाग्रत पूर्णिमा दशैंको अन्तिम दिन हाे । याे दिन आश्विन शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) का दिन दशैँको समापन गर्ने गरिन्छ ।

(क) जमरा विसर्जन
जमारा विसर्जन भनेकाे दुर्गा विसर्जन हाे । दशमीदेखि पूर्णिमाको बिहानसम्म लगाइएको जमरा र बाँकी जमरा र पूजाका अवशेषहरूलाई विधिपूर्वक पूजा गरी नजिकैको पवित्र नदी, तलाउ वा पोखरीमा वा कुवा पँधेराेमा विसर्जन गर्दट । यसरी गरेर विजया दशमीलाई औपचारिक रूपमा बिदा गर्ने गरिन्छ।

(ख) अखिल बलिपूर्ति
दशैँघर वा कोतहरूमा गरिने सम्पूर्ण तान्त्रिक पूजा र बलि दिने कार्यहरूको यसै दिन ‘अखिल बलिपूर्ति’ पूजा गरेर पूर्णता दिइन्छ।

(ग) आकाशदीप बाल्ने
आकाशदिपलाई आकाशे बत्ति भनिन्छ । आकाशे बत्ती
पूर्णिमाको साँझदेखि घरको चोक वा छतमा वा अग्लो बाँसको लिङ्गो ठड्याएर बाल्ने चलन छ । यो बत्ती भगवान् विष्णु र लक्ष्मीको प्रसन्नताका लागि कार्तिक पूर्णिमासम्म एक महिना बाल्ने चलन छ ।

(घ) कुवेर, इन्द्र र चन्द्रमा पूजा

कतिपय समुदायमा काेजाग्रत पूर्णिमाकाे रात ऐश्वर्यका देवता कुवेर, स्वर्गका राजा इन्द्र र १६ कलाले पूर्ण चन्द्रमाको पनि पूजा गर्ने चलन छ।

यसरी घटस्थापनादेखि सुरू भएको दशै काेजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद अर्थात् टीका र जमरा ग्रहण गर्ने र पुजा गर्जे गरिन्छ । अन्तिम पूर्णिमाको दिन महालक्ष्मीको पूजा गरेर बडादशैँको समापन गर्ने चलन छ ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *