“लिम्बुवान स्वायत्त राज्य”को सुनिश्चताको लागि संयुक्त राष्ट्र संघको स्थायीनियोगको कार्यालयमा ज्ञापन पत्र

 न्यु योर्क, अप्रिल २७, २०१२ मा किराँत याक्थुङ चुम्लुङ अमेरिकाले नेपालमा बन्न लागेको संविधानमासंघियता  सहितको "लिम्बुवान स्वायत्त राज्य"को सुनिश्चताको लागि संयुक्त राष्ट्र संघको स्थायीनियोगको कार्यालय, न्यु योर्कमा  नियोग स्थायी प्रतिनिधि महामहिम राजदूत ज्ञानचन्द्र आचार्यज्यूलाई ज्ञापन पत्र बुझाएको छ | किराँत याक्थुङ चुम्लुङ नेपाल,  केन्द्रिय समितीको अवधारणालाईआत्मसात गर्दै अमेरिकामा रहेका लिम्बु किराँत याक्थुङ चुम्लुङका सम्पूर्ण लिम्बु दाजुभाइ, दिदीबहिनीहरुले आफ्नो प्रतिवद्दता जनाएका कुरा प्रष्ट भएको छ | चुम्लुङ महासचिव दिपेशचबेगुद्वारा संचालित उक्त कार्यक्रममा नेपाली कांग्रेस जन सम्पर्क मंच न्यु योर्क च्याप्टरका युवानेतामुनिन्द्र नेम्बांगले लिम्बुवानको माग किन? भन्ने प्रश्नको उत्तर प्रष्ट पार्नु हुदै अबको एक्काइसौशताब्दीमा  "लिम्बुवान राज्य" एक अपरिहार्य भएको बताउनु भयो | उहाँले लिम्बुवानको ऐतिहासिकपृष्ठभूमिलाई मध्यनजर गरी सरकार र सबै राजनीतिक पार्टीहरुले लिम्बुवान मागलाई  पुरा गर्नुपर्छभनि बताउनु भयो | कार्यक्रमको बीचबीचमा महासचिव दिपेश चबेगुले चुम्लुङ अमेरिकाले यो"लिम्बुवान राज्य"  प्राप्तिको लागि शान्तिपूर्ण आन्दोलन तथा नैतिक समर्थन रहेको प्रतिवद्दताजनाएको कुरा प्रष्ट पार्नुभयो र कथमकदाचित लिम्बुवानको मागलाई अस्विकार गर्ने अवस्था  सिर्जनाहुन लागेमा यसै संयुक्त राष्ट्र संघको कार्यालयमा आइएलओ १६९ सन्धिलाई आधार मान्दैलिम्बुवानको  आवाजलाई बुलन्द पारिने बताउनु भयो | किराँत याक्थुङ चुम्लुङ अमेरिकाको कार्यवाहकअध्यक्ष  देबेन्द्र सम्बाहाम्फे ज्यूले आफ्नो मन्तब्य दिने क्रममा अब बन्ने संविधानमा कुनै पनिहालतमा अरुण पूर्वका नौ जिल्ला  लिम्बुवान हुनुपर्छ भनेर जोड दिनुभयो | साथै लिम्बुवानप्राप्तिपछिको राज्य संरचनामा त्यस लिम्बुवानभित्र बसोबास गर्नु हुने  सम्पूर्ण जातजातिकोमनोभावना अनुसार राज्य चलाईने कुरा बताउनु भयो | कार्यक्रममा महामहिम राजदूत  ज्ञानचन्द्रआचार्य ज्यूले अमेरिकामा रहनु भएका लिम्बुहरुको यो "लिम्बुवान राज्य" माग प्रतिको यो आवाजलाईनेपाल  सरकार समक्ष पेश गरिदिने प्रतिवद्दता जनाउनु भयो | उक्त कार्यक्रममा पत्रकार मित्रहरु यु एसनेपाल अन लाइन सम्पादक ...

हंगकंगमा माराम प्रदर्शन

२८ अप्रील हंगकंग, चेमजोङ परिवार हंगकंगको आयोजनामा याउ मा तेइ कम्यूनिटी हलमा लिम्वु चलचित्र माराम प्रर्दशन भएको छ । परिवारका अध्यक्ष भूपेन्द्र चेम्जोङको अध्यक्षता सम्पन्न...

अमेरिकामा “सातौबार्षिक सास्कृतिक तथा लाइभ दोहोरि साँझ-२०१२” आयोजना गर्दै

मार्च-२८,२००४ मा स्थापना भएको मगर संघ अमेरिका ( तत्कालिन लांघाली परिवारयु एस ए ) यहाहरुको अपार माया, सुझाब, सल्लाह र सहयोगले बिभिन्नकार्यक्रमहरुको साथमा "बिभिद सास्कृतिक...

स्वीडेनमा गैरआबाशिय नेपालीको नयाँ बर्ष

स्कटहोल्म,स्वीडेनमा रहेका नेपालीहरुको सस्था गैरआबाशिय नेपाली संघ स्वीडेनले नेपालको नया बर्ष २०६९ सालको पावन अवशरमा १४ अप्रेलका दिन स्टकहोल्म स्थीत बागरमोसेन हलमा नया बर्ष शुभकामाना...

हंगकंगमा चौथो डान्स आइडल प्रतियोगिता

हंगकंग, १५ अप्रेल, फियोना हंगकंगको आयोजनामा कनसन कन्ट्री पार्क मंकीहिलमा चौथो डान्स आइडल प्रतियोगिता भएको छ । एक जना पुरुष सहित १८ जना प्रतियोगीहरु रहेका...

अल्बर्ट लामद्वारा २०६९ को सुभकामना

१३ मार्च हंगकंग, नव वर्ष २०६९ को अबसरमा डीएबि एथ्निक मैनोरोटिसज कमिटीले याउ मा तेइ कम्युनिटी हलमा कार्यक्रम आयोजना गरि सभापति अल्बेर्ट लाम ले खुसि...

एनआरएन कतारद्वारा भलिवल टोली र विश्व साइकल यात्रीलाई सम्मान

दोहा- गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् एनआरएनए-एनसिसी कतारले नेपाली भलिवल टिम र विश्व साइकल यात्री सौरब दाहाललाई सम्मान गरेको छ । कतारमा हालै...

अर्थ-आवरमा हजारौं नेपालिहरूको सहभागिता

गत सनिबार मार्च ३१ को बेलुका सन्सारका १५० राष्ट्रहरूमा करोडौं मानिसहरूले एक घण्टा घरको बिजुली बत्ति निभाएर अर्थ-आवर (प्रिथ्वीलाई एक घण्टा)  मनाए । बेलायतमा पनि...

अधिकार नपाए विश्वमा छरिएका आदिवासीले आन्दोलनको आँधीवेहरी ल्याउने

 नेपाल आदिवासी जनजाति महासंघ राष्ट्रिय समवन्वय समिति साउदी अरेवियाले नयाँ संविधानमा आदिवासी जनजातिको अधिकार सुनिश्चित नगरिए विश्वभरीका आदिवासी जनजातिहरुले आन्दोलनको आँधीबेहरी ल्याउने चेतवानी दिएको छ...

हङकङमा किरात धर्मको सेवा सम्पन्न

०२ अप्रिल, किरात धर्म दर्शन (मुन्धुम) अनुसार सावायेहाङ खिवेक्वा यक्वा सेवा (उभौली पुजा), साकमुरा वादेम्मा सेवा (गाली सराप वगाउने पुजा) तथा ङा–लाधुङसेमी सेवा (सुख, शान्ति...