“लिम्बुवान स्वायत्त राज्य”को सुनिश्चताको लागि संयुक्त राष्ट्र संघको स्थायीनियोगको कार्यालयमा ज्ञापन पत्र

Read Time:3 Minute, 56 Second
 न्यु योर्क, अप्रिल २७, २०१२ मा किराँत याक्थुङ चुम्लुङ अमेरिकाले नेपालमा बन्न लागेको संविधानमासंघियता 
सहितको “लिम्बुवान स्वायत्त राज्य”को सुनिश्चताको लागि संयुक्त राष्ट्र संघको स्थायीनियोगको कार्यालय, न्यु योर्कमा 
नियोग स्थायी प्रतिनिधि महामहिम राजदूत ज्ञानचन्द्र आचार्यज्यूलाई ज्ञापन पत्र बुझाएको छ | किराँत याक्थुङ चुम्लुङ नेपाल, 
केन्द्रिय समितीको अवधारणालाईआत्मसात गर्दै अमेरिकामा रहेका लिम्बु किराँत याक्थुङ चुम्लुङका सम्पूर्ण लिम्बु दाजुभाइ,
दिदीबहिनीहरुले आफ्नो प्रतिवद्दता जनाएका कुरा प्रष्ट भएको छ | चुम्लुङ महासचिव दिपेशचबेगुद्वारा संचालित उक्त कार्यक्रममा
नेपाली कांग्रेस जन सम्पर्क मंच न्यु योर्क च्याप्टरका युवानेतामुनिन्द्र नेम्बांगले लिम्बुवानको माग किन? भन्ने प्रश्नको उत्तर प्रष्ट पार्नु हुदै अबको एक्काइसौशताब्दीमा 
“लिम्बुवान राज्य” एक अपरिहार्य भएको बताउनु भयो | उहाँले लिम्बुवानको ऐतिहासिकपृष्ठभूमिलाई मध्यनजर गरी सरकार र सबै राजनीतिक पार्टीहरुले लिम्बुवान मागलाई 
पुरा गर्नुपर्छभनि बताउनु भयो | कार्यक्रमको बीचबीचमा महासचिव दिपेश चबेगुले चुम्लुङ अमेरिकाले यो“लिम्बुवान राज्य” 
प्राप्तिको लागि शान्तिपूर्ण आन्दोलन तथा नैतिक समर्थन रहेको प्रतिवद्दताजनाएको कुरा प्रष्ट पार्नुभयो र कथमकदाचित लिम्बुवानको मागलाई अस्विकार गर्ने अवस्था 
सिर्जनाहुन लागेमा यसै संयुक्त राष्ट्र संघको कार्यालयमा आइएलओ १६९ सन्धिलाई आधार मान्दैलिम्बुवानको 
आवाजलाई बुलन्द पारिने बताउनु भयो | किराँत याक्थुङ चुम्लुङ अमेरिकाको कार्यवाहकअध्यक्ष 
देबेन्द्र सम्बाहाम्फे ज्यूले आफ्नो मन्तब्य दिने क्रममा अब बन्ने संविधानमा कुनै पनिहालतमा अरुण पूर्वका नौ जिल्ला 
लिम्बुवान हुनुपर्छ भनेर जोड दिनुभयो | साथै लिम्बुवानप्राप्तिपछिको राज्य संरचनामा त्यस लिम्बुवानभित्र बसोबास गर्नु हुने 
सम्पूर्ण जातजातिकोमनोभावना अनुसार राज्य चलाईने कुरा बताउनु भयो | कार्यक्रममा महामहिम राजदूत 
ज्ञानचन्द्रआचार्य ज्यूले अमेरिकामा रहनु भएका लिम्बुहरुको यो “लिम्बुवान राज्य” माग प्रतिको यो आवाजलाईनेपाल 
सरकार समक्ष पेश गरिदिने प्रतिवद्दता जनाउनु भयो | उक्त कार्यक्रममा पत्रकार मित्रहरु यु एसनेपाल अन लाइन सम्पादक 
प्रदीप थापा मगर, प्रेस चौतारी सम्पादक प्रशान एलुंग राई तथा व्हैटहिमाल टेलिभिजनका सुर्य थापा उपस्थित हुनुहुन्थ्यो |
 
: बुद्ध चेम्जोंग
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %