आफ्नो मातृभूमि नेपाल र सम्मान इज्जत र पहिचानलाई सात समुन्द्र पारि छोडेर एउटा अनौठो भविष्यको खोजीमा दौडिन लागेको पनि झन्डै १८ वर्ष बिति सकेछ, पत्तै नपाइकन । तर मलाई भनि आफ्नै प्यारो नेपाल छाडी पटक्कै बिदेशिनु मन थिएन । अझै पनि त्यही माथि पनि गाउ घर ढिकी जातो कुटो कोदालो गर्दै साथीभाईहरु संघ बन जंगल मेला पात गर्दै घाटु लगाउने जाने र कौडाहा लगाउन जाने दिनहरुले एईठन भइनै रहन्छ l त्यो उकाली उही ओराली साथी संघिहरुसंग उकाली ओराली रोधिघरमा गाउदै हिडेको नाच्दै हिडेको क्षणहरु मेरो मनमा तरङ्ग उपतरङ्गहरुले अङ्कुरित भईनै रहन्छ l म जन्मेको हुर्केको भूगोल भित्र दिनदिनै राजनैतिक खिचातानी भई रहेको बेला सांस्कृतिक बिचलन पनि आइ राखेको होला मलाई सम्झनाले सताई रहन्छ l म सम्झी रहन्छु अब त येति खेरा धान बालाले पुतली बुनेर कोदाको कपानी बुनेर साथी संगीहरुले रोधीघरको वरीपरी भित्र बाहिर रातो माटोले पोतेर सजाई सके होलान l
ए ।।।।।। साचै !! गाउँका दाजुभाइहरु सोरठी नाच्न फुर्सुन्गो मारुनी हुदै सिंगारी सके होलान भिनाजुहरु आफ्नो सालिहरुलाई कौडा नचाउनको लागी खैजडी तयार गर्दै होलान सालिहरुलाई लरफु र खुर्पेतो तयार गर्दै होलान l माघे सक्रान्तिको बेलामा बाजे बजै पुजा गरि सके होलान l तरुल, बारा, रोटि, कोदोको तिन पाने रकसी खादै कौडा नाच्न सुरु गरि सके होलान l राम राहान्ही, सुन राहान्ही, फूल राहान्ही, राम सहि, धन सहि रोधी घरमा चुरोट र बिडी लिदै सालिहरुलाई पर्खदै होलान l तर आज मलाई माघ महिना लाग्ने बितिकै आज मलाई फेरि घटु र कौडाको याद आउदैछ l हुन त यो माघ महिना लाग्नी बित्तिकै घाटु सरि फूल फुल्ने मौसम भएर पनि हुन सक्छ l धेरै भयो गाउ छाडी हिडेको तर मेरो मनलाइ भनि असाध्यै नै पिरली रहेको छ l धेरै भयो कौडा नचाउन पाएकी छैन l के कौडा नाचलाई हाम्रो मगर बन्दुहरुले बिर्सिदै गएका हुन् त ?
तर आफुलाई भने जवानी जोसमा रमाएको उही मगरहरुको नाच गीतको मजा यादले सताउछ l गीतको समणीया शब्दको पनि याद आउछ l रोधी घरको र ४ ओटा गीतको
(कौडा गीत)
१. लर्फु खोज्न ए भेना, मगर गाउ जानु है
रोधी घरमा ए भेना, सम्झी आउनु है !
२. घाटु सारे ए भेना फुल टिपी राख्या छु
तिम्लाई सम्झी ए भेना पर्खि बस्या छु !
३. खुर्पेटो र ए भेना लर्फु बुनि ल्याउनु है,
बारा (बटुक) ए भेना खादै जानु है !
येस्तै येस्तै किसिमको गीतहरुले मेरो मनमा अजै पनि झझल्को आइ दिन्छ l यस्तै मगरहरुको पहिचानको निम्ति झझल्को ल्याई दिने सांस्कृतिक भेषभुषा, भाषा संस्कृतिलाई हातेमालो गर्दै हाम्रा बुद्धिजीबी मगर बन्दुहरुलाई अंगाल्दै लग्नुपर्छ भन्ने सन्देशका साथमा अनुरोध गर्दै जातिय एकताको कामना पनि गर्दछु l
येसरी आफ्नो मातृभूमि नेपाललाई माया हुदाहुदै पनि हंगकंग अनि बेलायततिर हिडेको पनि धेरै लामो समय बिति सकेछ l यसरी बाध्यता र परिस्तिथिमा बाधिए पछि मानिसको दिमागमा हरेक किसिमको बाधा अर्चनाहरु आआफ्नै ठाउँमा रहेको हुन्छन l यो एउटा चलन पनि हो भन्न सहमत नहोला आम बिदेशिएका मगर समुदायमा म पनि पर्न गएकी छु l तर पनि बिदेशिनु मेरो मनले भने पटक्कै मानिरहेको हुन्थेन कि आफ्नो मातृभूमि नेपाल र मगर समुदायलाई छाडी हिड्नु l त्येसैले हंगकंगको प्रवेश प्रश्चात आफ्नो सपनालार्इ अघि बढाउदै नौलो संघार तिर उभिन पुगे किन कि यो नौलो संघारमा पुग्न अलि कति गाह्रो महसुश गरि रहेको पनि थिए l हरेक दिन आफुले पाएको चिनारी आफ्नो जातियलाई गरेको माया शिक्षाले दिएको योगदान अनि परिचयलाई सम्झिदै यो मन मस्तिष्क गसिदै गएको आभाष हुन्थ्यो l दिन, हप्ता र महिना अनि वर्ष गर्दै आफ्नो रोजगारीको लागि मात्र बन्द पिजडामा उफ्री रहन्थे l जहाँ समस्या उही उपाय भने झैँ विदेशको जन्जिरमा बाधिएर पनि हंगकंगमा जातीय हीतको लागि खडा भएको घर मगर संघ हंगकंगलार्इ पाउन सफल भए l अनि बिस्तारै मनको हरेक तरङ्गहरु अनि मायाहरू लिएर आफ्नै मगर परिवारहरुसंग बिस्तारै घुलमिल हुनु पुगे l हंगकंगको ब्यास्त परिवेशमा आफ्नै जातियाको घर भित्र धरातलको रुपमा समेटिन पाउदा यता कता हर्षले गद्गद् भए l यसरी मगरसंघको घर भित्र एउटा मगर महिला नारी भएर फेरि पनि आफ्नो जातियाको माया अति नै सताई रह्यो l अनि घर भित्रको माहोला पनि बिस्तारै चिनिन थाले सबैसित हातेमालो गर्दै अगाडी बढी रहे l आशा अनि बिश्वासको बहुलियाताका साथ मगर संघ हंगकंगमा सन् २००२ अगष्ट ४ को तेस्रो महाधिवेशनमा औपचारीकताका साथ सामाजिक कार्य गर्नको लागि सपथ ग्रहण गर्ने अवसर मिल्यो l
स्मरण रहोस, जुन बेला मगरसंघ हंगकंगले झन्डै पाच वर्ष पार गरि सकेको थियो यसरी प्रवेश पश्चात सामाजिक कार्यकर्ताको रुपमा काम गर्न थाले l कार्य समितिमा बसेर आफ्नै जातिया पहिचानको लागि काम गर्न पाउदा आनन्द लाग्न थाल्यो l त्यही आनन्दको संगसंगै आफ्नो जिम्मेवारिहरुलाई पहल गर्ने र सम्माल्दै जानु मेरो कर्तब्य थियो l अन्य साथी भाइहरुको पनि त्यतिकै र सबैको आआफ्नो महत्वपूर्ण भूमिका साझेदारी कार्यले गर्दा मगरसंघ हंगकंगले हंगकंगको पगरी गुथी शिखर चुम्न थाल्यो l यसरी नै मगरहरुले भेषभुषा भाषा संस्कृतिको जगेर्ना गर्नु संघको प्रमुख उदेश्य बन्यो l यही सिद्धान्तलाई अंकमाल गर्दै हामी सबै साथी भाइहरु अगाडी बढ्यौ l आफ्नो ब्यक्तिगत मझेरिलाई सम्माल्दै यसरी नै संस्थाको माया मन भरि बोक्दै ३ बर्षको कार्य काल पुरा भयो l फेरि मेरो मन मस्तिष्कमा तालको पानी झैँ छछल्किन सुरु भयो l फेरि महिला संगठन खडा गर्न तिर लागि परियो, र हंगकंग जस्तो ब्यस्त ठाउँमा बस्दै भए पनि समयको बाबजुद संगै लग्दै भए पनि एकमत भएर छिट्टो नै शिखर चुम्न पुग्यो l जुन बेला मा महिलासंघको संस्थापक उपअध्यक्षको रुपमा खडा भएकी थिए l यसरी हंगकंगका महिला दिदीबहिनीहरुले आफ्नो जातीय पहिचान कसरी गर्ने र गराउने एउटा मनोभावना लिएर हिडिरहेको छन् l यसरी हरेक ठाउँमा महिला शाखा समिति खडा गर्नु पनि मगर संघलाई टेवा दिनु हो जस्तो मलाई लाग्छ l हामी महिलाहरुको पहिचान छुट्टै किन नहोश महिलाहरुको उदेश्य भनेको सम्पूर्ण मगर महिला तथा पुरुषहरुलाई आफ्नै जातिय हकहित भाषा संस्कृतिलाई अगाडी लानु पर्छ भन्ने मेरो मान्यता छ l यसरी फेरि घुम्दै फिर्दै रुम्जाटार भने झैँ फेरि आचल भित्रको मनलाई केलाउदै बेलायत आइपुग्दा पनि आफ्नै गतिमा घडीको सुइ जस्तै घुमी रहेको मेरो मन मस्तिष्कमा विभिन्न विचारहरु बटुल्दै तर्क बितर्क गर्दै आफ्नै जातिको मोहले नै मलाई अति नै तान्यो l
बेलायतको ब्यस्त परिवेशमा पाँच बर्षको प्रवाश बसार्इसंगै आफ्नो मगर जातिको तमाम शुभ चिन्तकहरु मध्ये म पनि पर्न गए l यसै कारणले मगरहरुको परम्परागत भेषभुषा भाषा एबम संस्कृतिको जगेर्ना गर्नुको साथै सुनौलो भविष्यको परि कल्पना गर्दै आआफ्नो भाग्य रेखा कोर्न बेलायत आएका मगर दाजु भाइ दिदि बहिनीहरुले जातीय उत्थान र बिकाशको भावना जागरण गर्न वा गराउनु पर्छ l यस्तो एउटा मनो भावना तालको लहर झैँ मेरो मनमा छचल्किन थाल्यो l साचिकै भन्नु पर्दा मलाई लाग्छ आआफ्नो परिवार मात्र भएर हुदैन जस्तो मलाई लाग्छ आफ्नै गाउँ ठाउँमा बस्दा पनि समाज सेवा बिना अहिलेको परिवेशमा जीवन गुजारा गर्न गारो हुन्छ l हामी बिदेशिएकाहरुलाई त झन् समाजको अति नै आवस्यकता पर्दछ l त्यसै कारणले अहिले बेलायतमा सयैा संघ संस्थाहरु स्थापित भएका छन् l यिनै संघ संस्थाहरु आ आफ्नो ढंगबाट धर्म संस्कार रितिरिवाज भेषभुषा अंगाल्दै अघि बढी रहेका छन् l त्यसै कारणले अबका दिनहरुमा सम्पूर्ण मगर बन्धुहरुलाई हाम्रा दिदि बहिनीहरु पनि आफ्नै जतिको बिकाश पहिचान जातीय संस्कृति संरक्षण गर्न तिर उत्मुख हुदै अबका दिनहरुमा हामी मगरहरु जातीय आवश्यकतालाई अंगाल्दै अगाडी बढ्नु पर्छ l यसै मान्यतालाई साथ लिएर हिड्नमा मगर महिला भएको नाताले अनुरोध गर्दै गएका दिनहरुमा भन्दा जोशिलो भई आत्म विश्वास र एउटा मगरहरुको हिक्मत लिएर अगाडी बढ्न जातीय एकताको कामना गर्दछु l
अनिता राना मगर
हाल बेलायत
सुविनडन