गेरुवामा निशुल्क लोकसेवा तालिमको आज उद्घाटन

Read Time:4 Minute, 17 Second

माधव कार्की ,
नेपालगञ्ज , २०८३ बैशाख ४ । बर्दियाको गेरुवा गाउँपालिकामा निशुल्क लोक सेवा तयारी कक्षाको आज उद्घघाटन भएको छ ।
गेरुवा गाउँपालिका बर्दियाको सहयोग तथा बास नेपालको सहजीकरणमा लक्षित बर्ग उत्थान कार्यक्रम अन्तर्गत प्रशासन तर्फ चौथो र पाँचौं वा सो सरह लोक सेवा तयारी कक्षाको बिहिवार उद्घघाटन भएको हो ।

स्थानिय युवाहरुलाई सरकारी सेवा प्रबेश गर्न हौषला प्रदान गर्ने उद्धेश्यले हरेक बर्ष सञ्चालन गर्दै आएको लोक सेवा तयारी कक्षाको यो बर्ष पनि सञ्चालन गर्न लागेको हो ।


तयारी कक्षा लिन ईच्छुक कोही पनि युवा नछुटुन भन्ने उद्धेश्यले पालिकाले नै खुल्ला आब्हान गरी तालिम लिन ईच्छुहरुका लागि आबेदन मागेको र सोही अनुसार ५० जना सहभागीहरु छनौट भएका महिला बालबालिका शाखा प्रमुख रमा पुनले बताईन् ।
३० दिने निशुल्क लोकसेवा तयारी कक्षाको उद्धघाटन सत्रमा बोल्दै गेरुवा गाउँपालिकाका सामाजिक बिकास संयोजक तथा वडा नम्बर ३ का वडा अध्यक्ष निर्मल चौधरीले दिनहुँ बिदेशिने युवाहरुको संख्यामा कटौती गर्न र युवाहरुलाई नेपालमै रोजगारी सिर्जना गर्न तालिमको आयोजना गरेका बताए । साथै उनले भने लक्षित बर्ग उत्थान कार्यक्रम अन्र्तगत स्थानिय सरकारले पढ्न चाहने युवाहरुका लागि यो अवसर प्रदान गरेकाले उक्त अवसरको सहि सदपयोग गरी अर्को बर्ष यँही पढेका मध्ये धेरैले सरकारीसेवा प्रबेश गरेको हेर्न चाहेको छु ।


त्यस्तै उद्घाटण सत्रमा बोल्दै गेरुवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बस बहादुर रानाले पालिकाभित्र बसोबास गर्ने अल्पसंख्यक र सिमान्तकृत समुदायलाई लक्षित गरी सञ्चालन गरिएकाले तालिमको महत्व बुझि तालिममा सबै सहभागीहरुले यसलाई मुख्य प्राथमिकता दिनुपर्ने बताए ।
कार्यक्रममा बिगतका बर्षदेखि लोकसेवा तालिम दिदै आएका प्रशिक्षक कालिका चौधरीले उपस्थित तालिमका सहभागीहरु माझ आफ्ना भनाई राखेका थिए
लोकसेवा तयारी कक्षा ६ गते बिहान ६ बजे देखी ९ बजे सम्म श्री नर ज्योती प्राबि सुखारमा सञ्चालन हुनेछ ।
उक्त उद्घाटन सत्रमा गेरुवा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष कर्म प्रशाद चौधरी, वडा नम्बर २ का वडा अध्यक्ष कृष्ण थारु, वडा नम्बर ५ का वडा अध्यक्ष धर्म प्रशाद थारु, वडा नम्बर ६ का वडा अध्यक्ष कृष्णगोपाल चौधरी, लेखा अधिकृत सुदिप सिग्देल, शिक्षा शाखा प्रमुख नवराज अधिकारी र बास नेपालका केन्द्रीय महासचिव कल्पना अधिकारीको उपस्थिति रहेको थियो ।

गेरुवा गाउँपालिकाका कार्यबाहक अध्यक्ष लक्ष्मी कुमारी चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत तथा तालिमको उद्धेश्यमाथि प्रकाश जेष्ठ नागरिक, महिला तथा बालबालिका शाखा प्रमुख रमा पुनले गरेकी थिईन् । कार्यक्रम सञ्चालन बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले गरेका थिए ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *