राष्ट्रपति रामचन्द्र पाैडेललाई भेटेर ब्रिटिस गोर्खाका अध्यक्षहरूले बृटिश गाेरखाका सन्तानको वंशजकाे नेपाली नागरिकता निरन्तरताको लागि मागपत्र हस्तान्तरण

Read Time:2 Minute, 3 Second

२०८३ वैशाख ९ गते

राष्ट्रपति रामचन्द्र पाैडेललाई सिएनसिबिजिका अध्यक्ष थर्क राना र भूतपूर्व सैनिक कल्याणकारी समितिका अध्यक्ष हुम बहादुर थापाकाे टाेलिले बृटिश गाेरखाका सन्तानहरूकाे वंशजकाे नेपाली नागरिकता निरन्तरताकाे लागि ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्र ग्रहण पश्चात राष्ट्रपति रामचन्द्र पाैडेलले भने, “नेपाली नागरिकताको निरन्तरताबारे बृटिश गाेर्खा र एनआरएन बिचमा फरक रहेकाे बताए । अमेरिका वा अन्य मुलुकमा बसेका एनआरएन भन्दा बृटिश आर्मीमा भर्ति भएर गएका नेपालीहरू विशेष रहेकाे र बेलायत सरकारले पनि बृटिश गाेर्खालाई विशेष सम्मानका साथ हेर्ने गरेकाे बताए । राष्ट्रपति पाैडेलले बृटिश गाेर्खामा कार्यरत नेपालीहरूकाे सन्तानहरूलाई नेपाली वंशजकाे नागरिकता निरन्तरताकाे लागि नेपाल सरकारलाई यस विषय कार्यान्वयनकाे लागि सुझाव दिने कुरा बताए ।”

बृटिश गाेर्खा सम्बन्धि बेलायत च्याप्टर हेर्ने संस्था CNCBG(CONTINUATION of NEPALI CITIZENSHIP for BRITISH GURKHA=बृटिश गाेर्खा नेपाली नागरिकता निरन्तरता) संस्थाका अध्यक्ष थर्क राना र नेपाल च्याप्टर हेर्ने संस्था भूतपूर्व सैनिक कल्याणकारी समिति, नेपाल(EX-SERVICEMEN WELFARE COMMITTEE, NEPAL)का अध्यक्ष हुम बहादुर थापाहरू विगत दुई दशक देखि अनवरत रूपमा बृटिश गाेरखाका सन्तानको वंशजकाे नेपाली नागरिकता निरन्तरताको लागि लडिरहेका छन् ।

3 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %