दीपा आले ,नेपाल गन्ज
“सबै भन्ने गर्थे जीवन संघर्ष हो । जीवन घाम छायां हो । जीवन मिलन र विछोड हो । जीवन निरन्तर बगिरहने नदि हो । मैले पनि संघर्ष गर्दै जांदा जीवनको बास्तवीकता बुझ्न थालेछु । मैले मात्र होइन । “जीवन कांडा कि फूल”का मालिक झमक घिमिरेले पनि आफ्नो जीवन कथाका संघर्षमय यात्रालाई राम्रो संग बुझेको पाएं ” ।
८ वर्ष अगाडिको कुरो हो । म बाह्य संसारको बारेमा संघर्ष गर्दै थिए । घरपरिवारदेखि संघर्ष गर्दै बाहिरी दुनियांको बारेमा बुझ्ने कोशिश गर्दै थिए । घरपरिवार र बाहिरी समाजलाई तुलना गर्दा आकाश र पातालको फरक पाएं । त्यति मात्र कहां हो र घर भित्र र बाहिरका मानिसको सोंचमा झनै फरक देखें । सबै भन्ने गर्थे जीवन संघर्ष हो । जीवन घाम छायां हो । जीवन मिलन र विछोड हो । जीवन निरन्तर बगिरहने नदि हो । मैले पनि संघर्ष गर्दै जांदा जीवनको बास्तवीकता बुझ्न थालेछु । मैले मात्र होइन । “जीवन कांडा कि फूल”का मालिक झमक घिमिरेले पनि आफ्नो जीवन कथाका संघर्षमय यात्रालाई राम्रो संग बुझेको पाएं ।
जसले आफ्नो बास्तवीक जीवनको संघर्षलाई बुझदै सहनशील, क्रियाशील, ऊर्जाशील र विवेकशील भई कर्म गर्छ । उसले जीवनमा स्वर्गीय आनन्द प्राप्त गर्छ भन्ने सन्देश साहित्यकार झमक घिमिरेको संघर्षबाट बुझ्न पाएं । जब एउटा महिला यो समाजमा जन्मीन्छ । तब उसले हिंसाको शिकार हुंदै आफ्नो जीवनको यात्रा तय गरिरहेको हुन्छ । त्यो म स्यंम भोक्तभोगी छु । किन कि म यो पुरुषवादी हावी भएको समाजमा छोरी भएर जन्मीएको छु । पाठकवृन्द विचार र दृष्टिकोणको सम्बादलाई मेल र बेमेल गर्दा कतै आफै हिंसामा परिन्छ कि भन्ने डर कता कता हुन्छ । त्यो डरको शिकार पनि हाम्रो समाज पुरुषबादी हावी भएर हो भन्ने तर्क गर्न चाहन्छु । विगतको ८ वर्ष यता बाह्य संसारको मेरो जीवनको संघर्ष र अहिलेको वर्तमान जीवनको संघर्षमा धेरै परिवर्तन पाएको छु । संघर्षका क्रममा पारिवारीक र सामाजिक हिंसा खेप्दै युद्धमैदानमा होमिएको लडाकु झै भएर मैले आफ्नो यात्रा निरन्तर तय गरि रहे । जसको परिणाम आज त्यो संघर्ष र निरन्तरताले केही मार्ग देखाएको महसुस गरेको छु ।
तर पनि संघर्षमय यात्रा गर्न पछि परेको छैन । किन कि जीवनलाई मानिसहरुले निरन्तर बगिरहने नदीको रुपमा परिभाषित गरेका छन् । पाठकवृन्द यहांहरु पनि आफ्नो जीवनमा धेरै हन्डर र ठक्कर खाएर जीवनको यात्रा तय गरी राख्नु भएको होला । कतिले आफ्नो जीवनमा भने जस्तो सफलता पाउनु भएको होला भने कतिपयले सोच्दै नसोचेको जीवनमा घटना र परिघटनाहरुको भुमरीमा पौडिदै हुनुहुन्छ होला । तर हाम्रो समाज एउटा पुरुषबादी हावी भएको संरचनाले बनेको हुंदा प्रत्येक महिला हिंसाको कडघरामा रुमलिर्दै आफ्नो जीवनको संघर्ष गर्न बाध्य भएका छन् । यसरी एकोहोरो महिलाबादी प्रवचन दिदा पुरुषसहकर्मी मित्रहरुले आजको २१ औं शताब्दीमा पनि के को जेन्डरको कुरा गरेको होला भनेर मन खिन्न र झनक रिस नउठ्ला भन्न सकिन्न । किन कि हरेक मानिसको आ आफ्नै विचार र दृष्टिकोण हुन्छ । अझ आजको बैज्ञानिक युगमा त जसको शक्ति उसको भक्ति भन्ने उखान पनि छ । तर जसरी यो मानवीय समाजको उत्पति भयो त्यो समयकालदेखि नै महिलालाई कमजोर, कायरता र शक्तिविहिन मानवको संज्ञा दिर्दै आज यो युगमा आईसक्दा पनि समाजले बनाएको संरचनामा महिलालाई शारीरिक रुपमा मात्र होइन मानसिक रुपमा पनि कमजोर भएको संज्ञा दिईरहेको छ । जसको परिणाम प्रत्येक पुरुषबादी हावी भएको समाज र घरपरिवारमा महिलामाथि हिंसा भइरको देख्न सकिन्छ । यो कुरा तपाई हामी सबैलाई थाहा भएकै कुरो हो । हामी महिला माथि हिंसा भयो भन्दै कहिले बालुवाटारबाट नारा लगाउंछौ भने कहिले सिंहदरवार अगाडि नारा घन्काउछौं । अझ यति मात्र होइन अहिलेको समयमा सबै भन्दा राजनीतिक पावर भएको पार्टी पेरिस डांडा सम्म पुग्न पछि परेनौ तर सुन्ने कसले ? जसका पासमा शक्ति छ उसले समेत सुन्ने शक्तिको विकास गरेको छैन भने अरु कसले सुन्ने ?
जसको हातमा विधिको शासन पालन गर भनेर जिम्मा दिएको छ उसको मगज मौनतामा बसेको छ ? अन्य पार्टीको त के कुरा गर्ने कुरा गरयो कुरैको दुख भने जस्तै छ । न त नारा घन्काउदै बालुवाटार पुग्ने पुरुषबादी हावी भएका महिलाले नै सुन्ने शक्तिको विकास गरेको छ ? कुरा जति गरयो उत्ति लम्बीन्छ तर त्यसको जड के हो भन्ने कुरा हाम्रो समाजमा आजसम्म कसैले पनि पत्ता लगाउन सकेको छैन । यदि कोही त्यसको जड पत्ता लगाई हिंसा गर्ने पीडकलाई कानुनी दायरामा ल्याउन चाहेपनि त्यहां पुरुषबादी शक्तिले अंकुश लगाउने गर्छ । जसले गर्दा हिंसामा परेका पीडितले झनै पीडा खेप्नु पर्ने अवस्था छ ।
विगतको दिनमा मेरो संघर्ष घर भित्र थियो भने अहिले घरबाहिर छ । पुरुषबादी हावीको संरचना यसरी जगडीएको छ । जसलाई पुरसंरचना गर्न समेत आफ्नो रगतको बलिदानी दिनु पर्दोरहेछ । तर सित्तैमा पाएको रगतको मूल्य त्यस्ता पुरुषबादी हावी भएका समाजलाई के थाहा जसले अरुको रगतलाई पिउन जानेको छ तर त्यसको मूल्य र मान्यता बुझ्न सकिराखेको छैन । हुन त समाजशास्त्रीहरुले समाजमा भईरहेका जति पनि महिला र पुरुष बिचको भिन्नतालाई समानतामा देख्न खोेजेपनि वर्षौदेखि पुरुषबादी संरचनाले जडो गाडेको समाजमा महिलामाथि हुने हिंसालाई सुधारात्मक मार्ग तिर ल्याउन सकिराखेको अवस्था छैन । केवल समाजमा महिला माथि हिंसा हुन्छ । हिंसाको प्रकार साना र ठूला हुन्छन् । महिला सधैं यो समाजको दोस्रो दर्जाको नागरिक हो भनेर अध्ययन गर्ने समाजशास्त्रीहरु पनि पुरुषबादी हावी भएको समाजको संरचनामा हुर्किएको हुनाले यस्तो विश्लेषण गर्दा मलाई कहिले काही हांसो मात्र होइन ति समाजशास्त्रीहरुको मगज फेल भएको बुझ्ने गर्दछु । यदि समाजलाई विकास गर्ने हो भने पुरुष मात्र होइन महिलाको पनि विकासगर्नु पर्छ भन्ने सोचको विकास ति समाजशास्त्रीको मगजमा पलाउन जरुरी छ ।
समाजमा भएका घटना परिघटनाका बारेमा यदि कसैले अध्ययन गर्न चाहन्छ भने त्यसको बारेमा अध्ययन गर्न सकिन्छ । तर अध्ययन गर्नु मात्र ठूलो कुरो होइन । अध्ययन गरी सकेपछि समाजमा महिला र पुरुषविचको गहिरो खाडललाई चिर्न सक्नु ठूलो कुरो हो । तर समाजमा भईरहेका विभेदलाई कसरी निराकरण गर्न सकिन्छ भन्ने कुराको विकास गरी सही मार्ग दर्शन दिन सक्ने समाजशास्त्रीको आवश्यकता छ । जसले समाजमा भईरहेका महिला माथि हुने विभेदलाई निरुसाहित पार्दै हिंसारहित बातावरणको सन्देश दिन सकोस् । मलाई कहिलेकाही बडो दुःख लाग्छ । महिला भएकै कारण पुराणबेदमा पनि पापको संज्ञा दिने । त्यो पुराणबेद लेख्ने मानिस पनि पुरुषबादी हावी भएको संरचनामा हुर्किएको हुनाले उसले महिलालाई अपहेरित हुनु पर्ने र पुरुषको मातहतमा बस्नु पर्ने जस्ता विषयमा महिलालाई हिंसा गर्दा लाग्छ त्यहां महिलाको इज्जत होइन महिलामाथि धर्म संस्कृतिको नाममा दमनशोषण र हिंसामा पर्नु परेको छ । महिला भएकै कारण समाजमा अपहेरित हुनु पर्ने । महिला भएकै कारण यौनजन्य हिंसाको शिकार हुनु पर्ने । यस्ता विकृतिको भागदार को हु त ?
जसले महिला माथि हिंसा गर्छ । उ नै यो समाजको के के न ठूलो मान्छे जस्तो । अझ समाजमा शिर ठारो पारी हिड्ने । उसैको समाजमा इज्जत हुने । एउटा पुरुषले समाजमा जे गरेपनि राम्रो हुने । समाजले उसको बारेमा केही नबोल्ने । ऊ पुरुष नै त हो भन्ने हाम्रो समाजको संरचना जसलाई म नांगोझारको उपनाम दिन चाहन्छु । जे कुरामा पनि महिलालाई हिंसा गर्ने ह्डिदा, बस्दा, खादा, जे गरेपनि यस्तो उस्तो । महिला धेरै बोले यो महिलाको चरित्र ठिक छैन । अलि कति मुख खोलेर हासेपछि लौ उत्ताउलो पो रहेछ भनेर चरित्रको बद्नाम गर्ने । म बारम्बार भन्दै आएको छु । सबै महिला खराब र चरित्रहिन हुंदैनन । यो पुरुषबादी हावि भएको संरचनागत संस्कारले गर्दा महिलालाई चरित्रहिन र खराब बनाउन बाध्य भएको हो । यदि कुनै महिला चरित्र हिन हुन्छ भने त्यो महिलाको चरित्रहिन बनाउन पुरुषको पनि उत्तिकै हात हुन्छ ऊ यो समाजमा म जति नै चोखो र पवित्र छु भनेर छाती नफूल्याए हुन्छ । महिला माथि हुने विभिन्न खाले विभेद र हिंसाका कुरा सुन्दा पनि कानका जाली निधाउन थाली सक्यो । तर महिला माथि हिंसा गर्न भने छोड्दैनन् । महिला माथि हिंसा गर्ने को भन्दा आफ्नै घर परिवारका सदस्य या त बाहिरका सदस्य । संसार पनि बिचित्रको छ । जसलाई बुझिनसक्नु छ । जति बुझयो उत्ति बुझ्न गाहे । तर समग्रमा म के भन्न चाहन्छु भने । सबै भन्दा पहिलो कुरो मानिसको मगज ठिक हुन जरुरी छ । त्यसपछि उसका परिवारीवारीक, सामाजिक संरचनामा विभेदरहिद त्यस्ता संस्कार, रीतिरिवाज र घरायसी बन्धनका कुराहरुलाई परिमार्जन गर्नु पर्दछ । त्यसपछि समाजले महिलामाथि हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नु पर्छ । कतिपय महिलाहरु स्यंम आफै महिला छन् बास्तवीकता नबुझी महिलालाई नै दोष दिने गर्छन् । त्यो महिला चरित्रहिन् छ । उसलाई ज्ञान हुंदैन त्यो महिलालाई समाजमा चरित्रहिन बनाउने हात पुरुषको छ भनेर किन कि उ पनि यही पुरुषबादी हावी भएको समाजमा घुलमिल भईसकेको छ । त्यसकारण यस्ता कुरालाई जति कोटायो उत्ति नै बढ्ने गर्छ । यस्ता हिंसालाई निर्मूल पार्न मानिसको सोचमा सकारात्मक सोचको विकास हुन आवश्यक छ । जबसम्म मानिसको अन्तर सोचमा परिवर्तन आउंदैन तब सम्म उसलाई जति रामायण पढाएपनि भालुलाई पुराण सुनाएझै हुनेछ । साथै शिक्षा जनचेतनाको कमिले गर्दा पनि यस्ता हिंसाले बढावा पाएको हो । जसको दिमागमा हिंसा गर्नु हुंदैन भन्ने ज्ञान छैन भने उसले हिंसा नगरेर के गर्छ भन्ने कुरा बुझ्न आवश्यक छ ।
त्यसैले प्रत्येक घरका परिवारले बुझ्न जरुरी छ हिंसा बाहिरबाट होइन स्यम मानिसको सोच र आफ्नै परिवारबाट हुन्छ भन्ने कुरा । त्यसकारण हिंसारहित परिवार बनाउन सबै भन्दा पहिला आफ्नै अन्तरकुन्तर आत्मा र सोचलाई परिवर्तन गर्दै सकारात्मक सन्देशको विकास गर्न आवश्यक छ अनि मात्र समाजमा सदियौंदेखि विभेद र हिंसामा पर्दै आएका महिलाहरुमाथि विभिन्न खाले हिंसाको शिकार हुन बाट बच्न सक्नेछ । त्यसको साथै महिलाहरुले पनि आफूमाथि हुने जुनसुकै हिंसाको विभेदलाई सहन नगरी त्यसको विरुद्धमा आवाज उठाउदै त्यस्ता पिडकलाई कानुनी दायरामा ल्याउन पछि पर्नु हुंदैन । अबका महिलाहरु नरम, कमजोर, कोमल र कायरता होइन कडा, बलवाल, शक्तिवान, बुद्धिवान साहसी र निर्भिक भएर अगाडि बढ्न सक्नुपर्छ । अनि मात्र आफूमाथि जाईलागी हिंसा गर्ने जोसुकैको विरुद्धमा धावा बोल्न सकिन्छ जसको प्रतिफल अर्कोपटक उसलाई हिंसा गर्न हिम्मत नगरोस् ।