विवेक बुढा क्षेत्री र गीता सेजवालको तीज गीत ‘निदाएकै छैन म’ सार्वजनिक

विवेक बुढा क्षेत्री र गीता सेजवालको तीज गीत ‘निदाएकै छैन म’ सार्वजनिक

लक्षमण तामाङ काठमाडौं । विवेक बुढा क्षेत्री र गीता सेजवालको तीज गीत ‘निदाएकै छैन म’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। उक्त म्युजिक भिडियो बिहिबार...
स्रष्टा खेमनाथ दाहालको नयाँ कृति ‘सिर्जनामा दृष्टि’ लोकार्पण गरिएको छ

स्रष्टा खेमनाथ दाहालको नयाँ कृति ‘सिर्जनामा दृष्टि’ लोकार्पण गरिएको छ

गीता अधिकारी काठमाडौंमा शनिबार साहित्यिक पत्रकार संघको आयोजनामा एक विशेष समारोहबीच स्रष्टा दाहालको भूमिकासंग्रह कृति ‘सिर्जनामा दृष्टि’को लोकार्पण गरिएको हो । संघका अध्यक्ष राधेश्याम लेकालीको...
कलंकित नेताहरू: लोकतान्त्रिक प्रणालीका चुनौतीहरू

कलंकित नेताहरू: लोकतान्त्रिक प्रणालीका चुनौतीहरू

डा. विधुप्रकाश कायस्थ लोकतान्त्रिक प्रणालीहरूमा  नेतृत्वको अवधारणा आदर्श रूपमा अखण्डता, उत्तरदायित्व र जनताको सेवाका सिध्दान्तमा आधारित हुन्छ। तर नेपालको यथार्थमा प्रायः यो आदर्शबाट नेतृत्व विचलित...
कराते र महिला क्रिकेटमा ऐतिहासिक जित निकाल्ने खेलाडीलाई खेलकुदमन्त्रीले दिए बधाई

कराते र महिला क्रिकेटमा ऐतिहासिक जित निकाल्ने खेलाडीलाई खेलकुदमन्त्रीले दिए बधाई

मिना अर्याल काठमाडौं , ४ साउन। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले भुटानको थिम्पुमा भएको ८ओै साउथ एशियन कराते प्रतियोगितामा नेपाली टिम प्रथम तथा एसीसी वुमन्स...
अस्ट्रेलियाको प्रतिष्ठित एक्सेलसिया कलेजमा संगीतमा उच्च शिक्षा पढ्ने अवसर

अस्ट्रेलियाको प्रतिष्ठित एक्सेलसिया कलेजमा संगीतमा उच्च शिक्षा पढ्ने अवसर

Suresh Sayanju  १५ हजार डलरसम्मको छात्रवृत्ति पाउने अवसर एक्सेलसिया कलेज, सिड्नीले अस्ट्रेलियामा संगीतमा स्नातक र स्नातकोत्तर अध्ययनका लागि ७औं अडिसन सुरु गर्ने भएको छ ।...

सौन्दर्यकी खानी, पहाडकी रानी भनेर चर्चित नेपालको पूर्वी क्षेत्रमा अवस्थित मनोरम जिल्लाको नाम हो इलाम

इलाम , सौन्दर्यकी खानी, पहाडकी रानी भनेर चर्चित नेपालको पूर्वी क्षेत्रमा अवस्थित मनोरम जिल्लाको नाम हो इलाम । पर्यटन क्षेत्रका लागि अत्यन्तै आकर्षक गन्तव्य स्थलको...
भनाइ पत्रकारको निर्वाचन, गराइ राजनीतिक स्वार्थसिद्धिको खेल

भनाइ पत्रकारको निर्वाचन, गराइ राजनीतिक स्वार्थसिद्धिको खेल

शालिग्राम पाण्डे रूपमा सदस्यता शुद्धीकरणका नाममा मनपरी भएकाले तालाबन्दी, धर्ना, हात हालाहाल, बहिस्कार आदि कारणले नेपाल पत्रकार महासङ्घको निर्वाचन घोषित समयमा हुन नसकेको देखिए पनि...
भक्तपुर जिल्ला अदालतबाट १३ सय ९६ वर्ष कैद भुक्तान भएन  

भक्तपुर जिल्ला अदालतबाट १३ सय ९६ वर्ष कैद भुक्तान भएन  

सन्जिब दुलाल  भक्तपुर । भक्तपुर जिल्ला अदालतबाट १३ सय ९६ वर्ष ६ महिना ३ दिन कैद तथा जरिवाना भुक्तान बाँकी रहेको पाइएको छ ।  भक्तपुर...
युवाहरुलाई मुलुकभित्रै भविष्य देखाउनुपर्छ : युवा मन्त्री चौधरी

युवाहरुलाई मुलुकभित्रै भविष्य देखाउनुपर्छ : युवा मन्त्री चौधरी

मिना अर्याल ४ साउन, काठमाडौं। नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाली युवाहरुलाई मुलुकभित्रै भविष्य खोज्‍ने वातवरण बनाउनुपर्ने बताएका छन्। शुक्रबार सिंहदरवारस्थित युवा तथा...
डिष्ट्रिक्ट ३२५ जे ले खोल्यो सबैभन्दा धेरै लायन्स क्लब, गभर्नर मिलन थापा सम्मानित

डिष्ट्रिक्ट ३२५ जे ले खोल्यो सबैभन्दा धेरै लायन्स क्लब, गभर्नर मिलन थापा सम्मानित

पुरूसाेत्तम बस्नेत काठमाडौं । नेपालको डिष्ट्रिक्ट ३२५ जे लायन्स वर्ष सुरु भएको १८ दिनमा सबैभन्दा धेरै क्लब खोल्न सफल भएको छ । लायन्स इन्टरनेसनलले तोकेको जुलाई १८ तारिखको साँझ ५ बजेसम्मको समयसीमा भित्र ३२५ जे १७ वटा क्लब चार्टर गरेको हो । डिष्ट्रिक्ट ३२५ जे ले २६ वटा क्लब खोल्ने प्रतिबद्धता जनाएको थियो । कार्यकालको सुरुवातमै विश्वमा नै सबैभन्दा बढी क्लब खोल्न सफल डिष्ट्रिक्ट ३२५ जे का डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापालाई काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा लायन्सका इन्टरनेसनल प्रेसिडेन्ट लायन फेब्रिसियो ओलिभेराले  ‘हाईएस्ट क्लब चार्टर अवार्ड’ बाट सम्मान गरेको डिष्ट्रिक्ट ३२५ जे का मिडिया चिफ लायन पुरुषोत्तम बस्नेतले बताए । तोकिएको समयभित्र १६ वटा क्लब चार्टर गर्दै नेपालको डिष्ट्रिक्ट ३२५ आई दोस्रो भएको छ । डिष्ट्रिक्ट आईले ३४ वटा क्लब खोल्ने प्रतिबद्धता गरेको थियो । कार्यक्रममा इन्टरनेसनल प्रेसिडेन्ट लायन फेब्रिसियो ओलिभेरा, फस्ट लेडी अमार्लेस ओलिभेरा, पास्ट इन्टरनेसनल डाइरेक्टर लायन सञ्जय खेतान, इन्टरनेसनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटी लगायत नेपालका सिनियर लायन्स लिडरहरुका साथै व्यवसायीहरुको पनि उपस्थिती थियो । इन्टरनेसनल प्रेसिडेन्ट ओलिभेराले आफ्नो कार्यकालको पहिलो विदेश भ्रमणको सुरुवात नेपालबाट गरेका हुन् । ओलिभेराले विश्व लायन्स  इतिहासमा नेपालका लायन्स क्लबहरुले दिएको योगदानको खुलेरै प्रशंसा गरे ।  उनले नेपालमा डिष्ट्रिक्ट ३२५ ई को पहिलो क्याबिनेट मिटिङमा पनि सहभागिता जनाए । सानो देश भए पनि विश्व लायन्समा नेपाल निकै चर्चित छ । हाल नेपालमा लायन्स इन्टरनेसनलको १५ वटा डिष्ट्रिक्ट रहेका छन् ।