क्यापिटल न्युज नेटवर्कले ल्यायो दोस्रो जीवन बीमासम्बन्धी सचेतनामूलक भिडियो ‘समय’

क्यापिटल न्युज नेटवर्कले ल्यायो दोस्रो जीवन बीमासम्बन्धी सचेतनामूलक भिडियो ‘समय’

राज्यसत्ता , काठमाडौं । इन्स्योरेन्स खबरको प्रकाशक क्यापिटल न्युज नेटवर्कले जीवन बीमासम्बन्धी सचेतनामूलक अर्को एउटा श्रव्यदृश्य सामग्री समय सार्वजनिक गरेको छ। सर्वसाधारणलाई जीवन बीमा, बचत र छोराछोरीको शिक्षाका लागि अभिभावकले गर्नुपर्ने पूर्ववित्तीय तयारीको महत्वबारे सन्देश दिन खोजिएको छ। एउटा सामान्य व्यापारीको परिवारको छोरी १२ कक्षाको नतिजापछि उच्च शिक्षाका लागि विदेशिने ध्याउन्नमा हुन्छिन्। उनको भिसादेखि लिएर शिक्षासम्मको खर्चको जोहो गर्नका लागि अभिभावकलाई धौधौ पर्छ। केही समययता देखिएको आर्थिक शिथिलताले बैंकको कर्जा सेवा, व्यापारदेखि लिएर आपसी व्यवहारसम्ममा पारेको प्रभावलाई झल्काउँदै अप्ठेरो परेका बेला कर्जा वा सापटी हात पार्न असहज भएको अवस्थालाई मर्मस्पर्शी ढंगबाट झल्काइएको छ। सापटीका लागि अनेक प्रयास गर्दा पनि केही उपाय नलागेपछि अन्ततः ७ महिनाको पर्खाइपछि ती व्यापारीले छोरीको उच्च शिक्षाका लागि बैंकबाट शैक्षिक कर्जा पाउँछन् र छोरीलाई विदेश पठाउने सपना साकार पार्न सहज हुन्छ। छोरी विदेशिने भएपछि खुसी साट्न खाना खाने निम्तोमा आएको छोरीको साथीको अभिभावकले छोरी जन्मिएलगत्तै जीवन बीमा गरिदिएकाले उच्च शिक्षाका लागि चाहिने पैसाको जोहो गर्न कुनै तनाव नभएको सुनाउँदा ती व्यापारी पिता समय छँदै आफूले जीवन बीमा नगरेकोमा पछुतो मान्छन्। ढिलै भए पनि उनी जीवनको उत्तराद्र्धका लागि पनि जीवन बीमा चाहिन्छ भन्ने निष्कर्षसँगै बीमा गर्न तत्पर हुन्छन्। यो श्रव्यदृश्य सामग्रीले छोराछोरीको उच्च शिक्षाका लागि नेपालको निम्न मध्यम वर्गीय परिवारका अभिभावकले भोग्नुपरिरहेको साझा समस्या र चुनौतीको प्रतिनिधित्व गर्ने प्रयास गरेको छ। जीवन बीमालाई लिएर आमनागरिकमा अझै पनि विद्यमान अज्ञानता, आर्थिक रुपमा सम्पन्न भए पनि भविष्यका लागि आवश्यक पर्ने पैसाको जोहोका लागि समय रहँदै बचत, लगानी गर्नुपर्छ भन्ने चेतना र अभ्यासको पनि अभाव रहेको परिवेशलाई दर्शाइएको छ। क्यापिटल न्युज नेटवर्कका अध्यक्ष केशवप्रसाद भण्डारीले बीमा सचेतनाका लागि भन्ने मूल मन्त्र बोकेको इन्स्योरेन्स खबरका तर्फबाट तेस्रो सचेतनामूलक श्रव्यदृश्य सामग्री पस्किन पाएकोमा सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेका छन्। उनले बीमाको सचेतनाका माध्यमबाटै संकटको समयमा काँध थापिदिने विश्वासिलो सहयात्री बीमाको सुरक्षा छातामुनि सबैलाई समेट्न सम्भव हुने भएकाले नेटवर्कले निकट भविष्यमा थप श्रव्यदृश्य सामग्री प्रकाशनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे। यो श्रव्यदृश्य सामग्री इन्स्योरेन्स खबरको आधिकारिक युट्युब च्यानलमा उपलब्ध छ। यो सामग्रीको पटकथा लेखन तथा निर्देशन रोमियो गुरुङको रहेको छ भने छायांकन ईश्वर बल्लभ उप्रेतीले गरेका हुन्। केशवप्रसाद भण्डारीको परिकल्पनामा बनेको यस पटकथाको व्यवस्थापन आकाश कुँवर गरेका हुन्। विशेष सिलवाल र पुष्कर महत्वनको संगीत तथा सन्तोष दवाडी र रोमियो गुरुङको सम्पादनमा रहेको छ। यस श्रव्यदृश्य सामग्रीमा सन्दीप डंगोल, निरु खड्का, रोशिका पौडेल, राधा गिरी, प्रभाष लिम्बू र ईश्वर बल्लभ उप्रेतीको अभिनय रहेको छ। विशेष भूमिकामा कृष्ण मल्ल देखिएका छन्। https://www.youtube.com/watch?v=8YteUsxos4s
तिगेलाद्धारा विद्यालयलाई जग्गा, मञ्च भवन र खेलमैदान हस्तान्तरण

तिगेलाद्धारा विद्यालयलाई जग्गा, मञ्च भवन र खेलमैदान हस्तान्तरण

राज्यसत्ता , धनकुटा,गत २१ माघ २०८१ का दिन विश्वास दीप तिगेलाले आफूले अध्ययन गरेको विद्यालयलाई जग्गा खरिद गरेर, खेलमैदान बनाई, स्थायी कार्यक्रम स्टेज भवन बनाई...
गायक राजु परियारको आवाजमा ‘कल कल बगेको खोली’ (भिडियो सहित )

गायक राजु परियारको आवाजमा ‘कल कल बगेको खोली’ (भिडियो सहित )

राज्यसत्ता ,काठमाण्डौं : नेपाली मौलिक लोकदोहोरी गीत संगीतमा राम्रो सम्भावना भएकी गायिका मन्दिरा थापा मगर र गायक राजु परियार को आवाजमा रहेको मौलिक भाकामा आधारित...
‘द स्कुल वाल’ ले जित्यो उत्कृष्ट राष्ट्रिय बालचलचित्र पुरस्कार

‘द स्कुल वाल’ ले जित्यो उत्कृष्ट राष्ट्रिय बालचलचित्र पुरस्कार

राज्यसत्ता , काठमाडौं । ‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना आट्र्सको...
शान्ति आधारभूत विद्यालयको ६८ औँ वार्षिकोत्सव सम्पन्न

शान्ति आधारभूत विद्यालयको ६८ औँ वार्षिकोत्सव सम्पन्न

रबिन्द्र प्रबासी पोखरा, माघ २२ गते । पोखरा महानगरपालिका, वडा नं. ३०, शिशुवास्थित शान्ति आधारभूत विद्यालयको ६८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ...
प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्डको प्रतिनिधि सभाकाे सम्बाेधन

प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्डको प्रतिनिधि सभाकाे सम्बाेधन

२०८१ माघ २४ | पूर्ण बहादुर राना २०८१ माघ २४ गतेका दिन प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा सम्बाेधन गरेका छन् । उनकाे...

१९९० देखि अहिलेसम्म विश्वमा ३४ वटा नयाँ देशहरू बने

-खिलध्वज थापा विगत ३४ वर्षमा (१९९० देखि २०२४ सम्म) विश्वभर ३४ वटा नयाँ देशहरू बने। यीमध्ये धेरैजसो सोभियत संघ, युगोस्लाभिया, र चेकोस्लोभाकिया जस्ता ठूला राष्ट्रहरूको...
छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल भव्यताका साथ सम्पन्न

छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल भव्यताका साथ सम्पन्न

राज्यसत्ता , काठमाडौँ । ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’ (एनसिआईएफएफ)को छैटौँ संस्करण सम्पन्न भएको छ । काठमाडौंको राइजिङ मलको क्युएस सिनेमामा मोहन अभिलाषीको लघुचलचित्र पाउलोको...
आजपा अध्यक्ष साह र  बाैधीमाई नगरप्रमुख बीच सिधा ट्टकर

आजपा अध्यक्ष साह र  बाैधीमाई नगरप्रमुख बीच सिधा ट्टकर

प्रेमचन्द्र झा , रौतहट , माघ २० गते ।रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित संघीय सांसद तथा आम जनता पार्टी आजपाका अध्यक्ष प्रभु साह विरुद्ध...
आर्य र अनार्यबारे बौध्द दर्शनमा आध्यात्मिक जागरण यात्रा

आर्य र अनार्यबारे बौध्द दर्शनमा आध्यात्मिक जागरण यात्रा

डा. विधुप्रकाश कायस्थ नेपालको संविधान  २०७२ ले नेपाली जनतालाई जातियताको आधारमा आर्य र अनार्यमा अन्यायपूर्ण रूपमा विभाजन गरेको छ । यो संविधान अनुसार नेपालका जनसंख्या...