हामी मगरहरुले गर्व गर्नसक्नुपर्छ आफ्नो धर्म र जातिको, अभिभारा हाम्रै हो जगेर्ना गर्ने मौलिक कला र संस्कृतिको | पूर्व-पश्चिम, उत्तर-दक्षिण मगर त हामी एउटै हौँ, मतभेद हटाई एकताबद्ध भई एक अर्कालाई साथ दियौ | जहाँको धर्तीमा हामी रहे पनि आखिर मगर हौँ भन्ने बुझ्नुपर्छ | परदेशमा छौं हामी आज एकबद्ध भई काँधमा काँध दिनु पर्छ | एकतामा बल हुन्छ सधैं एकताबद्ध बनौँ, आफ्नो मौलिक भाषा भेस-भूषाको संरक्षण गरौँ| माघे संक्रान्ति मनाई संस्कृतिको सम्वर्धन गरौँ | कु- संस्कार, कुरीतिलाई फालेर आफ्नो संस्कृति जोगायौँ | कस्तो हुन्छ हाम्रो रहन सहन ? के हो हाम्रो कर्तब्य भनि, हाम्रा सन्ततिलाई हस्तान्तरण गर्दै जानुपर्छ, हाम्रो संस्कृति विविधतामा एकता इमान्दारी मगरको विशेषता ! सभ्यताको परिसूचक हो हाम्रो शिष्टता ! हाम्रो संस्कृति भेस-भूषा जोगाउनलाई गरौँ प्रतिबद्धता | अरुको धर्म भेस-भूषालाई घृणा गर्नु कदापी होइन यसको अर्थ | हाम्रो अस्तित्व हाम्रो पहिचान धाराशायी हुनबाट बचायौँ, आपसी सदभाव र समन्वयको वातावरण कायम गरौँ | अहंकार फाली सबै जना हामी हाते मालो गरौँ | मितव्ययिता अपनाई बौद्धिक सभ्यताको अनुसरण गरौँ | नानु राना मगर, Swindon, UK