आमा

 नपुंसक होइनन हाम्रा आमाहरू, माया देवीहरू हुन चिन्नु पर्छ ।

नामर्द होइनन हाम्रा बाबाहरू, शुद्दोधनहरू हुन जान्नु पर्छ ।

गौतमको चिहान किन बिउझाउने ब्यर्थै, अब हामी पो बुद्ध बन्नु पर्छ ।

यो कलियुग हो माहसय मध्यकली, यहा मागेर पाइन्न केही ।

बुद्ध त एउटा उपाधी हो केवल जो योग्य हुन्छ उसैले लिन्छ ।

त्यसैले आफ्नो विवेकले स्वयं हामि ले नै भविष्य को रेखा कोर्नु पर्छ ।

 सिद्दार्थ गौतमबाट गौतम बुद्धको उपाधी खोस्नु पर्छ ।

 गौतमको चिहान किन बिउझाउने व्यर्थै अब हामी पो बुद्ध बन्नु पर्छ ।

यो २१ औ शताब्दीको परिप्रक्ष्यमा मुर्दा फर्कन्न भन्ने जान्दा जान्दै,

एउटा पत्थारको मुर्तीसँग हे इश्वर फेरि अर्को बुद्ध पठाउ भन्दै पुकार्नु के अर्थ !

त्यसैले आफ्नो चिन्तन स्वयं हामीले नै भविष्यको बाटो खोज्नु पर्छ !

वियोगले आक्रन्त मस्तिष्कहरूमा शान्तिको सन्देश छर्नु पर्छ ।

गौतमको चिहान किन बिउझाउनु ब्यर्थै अब हामी पो बुद्ध बन्नु पर्छ ।    

 

 

Bhikshu Magar