थ्रीस्टार र आरसीटी विजयी

Read Time:1 Minute, 35 Second

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा थ्रीस्टार र आरसीटी विजयी भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोस्रो खेलमा थ्रीस्टारले हिमालयन शेर्पालाई ३–२ गोलअन्तरले पराजित गरेको हो । जितसँगै १२ अंक बनाएको थ्रिस्टार एक स्थान माथि उक्लिंदै अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ भने हिमालयन शेर्पा ४ अंकका साथ पुच्छारबाट चौथो स्थानमा छ । जितका लागि थ्रीस्टारका सन्तोष साहुखलले ह्याट्रिक गरेका थिए ।

यसअघि आजै भएको पहिलो खेलमा रानीपोखरी कर्नर टिम आरसीटीले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । आरसीटीले जाउलाखेल युथ क्लवलाई १–शुन्यको अन्तरले पराजित गरेको हो । जितसँगै १३ अंकका साथ शिर्ष स्थानको मच्छिन्द्रसँग बराबरी गरेको आरसीटी गोलअन्तरका आधारमा पछि पर्दै दोस्रो स्थानमा छ भने समान खेलबाट ६ अंक बटुलेको जाउलाखेल १० औं स्थानमा यथावत छ । आरसीटीका अमर डंगोलले खेलको ५३ औं मिनेटमा गरेको एकमात्र गोल नै निर्णायक गोल बन्यो ।
 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %