गोविन्द घर्ती
देवदह भद्रौ २९, रुपन्देहीको देवदह नगरपालिका बजार क्षेत्रबाट निस्कने फोहोर मैलाको उचित व्यवस्थापन नहुदा वातावरण प्रदुषित भईरहेको छ । बजार क्षेत्रबाट निस्कने फोहोरको उचित व्यवस्थापन नुहदा स्थानीयवासी बढि प्रभावित भएका छन् । देवदह बजार क्षेत्रबाट दैनिक रुपमा निस्कने फोहोर व्यवस्थापनको लागि सरोकारवाला जिम्मेवार नहुदा फोहोर व्यवस्थापनको समस्या दिन प्रति दिन जटिल बन्दै गएको छ । मुख्य गरी देवदह नगरपालिका–८, शितलगर बजारबाट दैनिक रुपमा निस्कने फोहोर घोडाहा खोलाको किनारामा फाल्ने गर्दा लोकमार्गमा हिड्ने मानिसलाई समेत समस्या भएको छ । खोला किनारामा फालिएको फाहोरको कारण निस्कने दुर्गधले स्थानीयवासीलाई नकारात्मक प्रभाव पारेको स्थानीयवासी दिपेश वस्यालको भनाई रहेको छ । वस्यालको अनुसार सोमवारे हाटबजारको नजिकै फोहोरको थुप्रो भएका कारण सोमवारे हाटबजारका व्यापारीलाई समेत समस्या हुने गरेको बताए । स्थानीय वजारबाट निस्कने फोहोर सही ठाउमा लगेर फाल्नु पर्ने भएतापनि बाटो र खोलाको किनारामा लगेर फाल्ने गर्दा सो फोहोरबाट निस्कने दुर्गन्धले स्थानीयवासीको स्वास्थ्यमा समेत असर गर्ने गरेको स्थानीयवासी तथा समाजसेवी कृष्ण ढकालको भनाई रहेको छ । बजार क्षेत्रबाट दैनिक रुपमा निस्कने फोहोर देवदह नगरपालिकाले अस्थाई रुपमा संचालन गरेको डम्पिङ्ग साईडमा लगेर फाल्नु पर्ने ढकालको भनाई रहेको छ । शितलनगर बजारका व्यापारीले फोहोर व्यवस्थापनको वारेमा देवदह नगरपालिका संग छलफल गर्न नआएकोले यसको सम्पूर्ण जिम्मेवारी व्यापारीले नै लिनु पर्ने देवदह नगरपालिकाका सवईन्जिनियर नारायण काप्लेको भनाई रहेको छ । गैर जिम्मेवारी तरिकाले बाटो र खोलाको किनारमा फोहोर फाल्ने व्यापारीहरुको कारण फाहोर व्यवस्थापनमा समस्या आएको काफ्लेको भनाई रहेको छ । फोहोर व्यवस्थापनको काम अरुभन्दा समवेदनशिल र महत्वपूर्ण काम भएकोले देवदह नगरपालिका जिम्मेवार हुनु पर्ने र देवदह क्षेत्रको बजारबाट निस्कने फोहोरलाई व्यस्थित रुपमा व्यवस्थापन गर्न नगरपालिका लाग्नु पर्ने देवदह उद्योग बाणिज्य सघका अध्यक्ष गोपाल ढकालको भनाई रहेको छ । देवदह उद्योग वाणिज्य संघले फोहोर व्यवस्थापनको लागि दीर्घकालिन योजना बनाएर अगाडि बढ्ने सोच बनाएको अध्यक्ष ढकालले बताए । उद्योग व्यापार संगठन देवदह शाखाका अध्यक्ष गोविन्द ठड्राई आफुहरुले वारम्वार देवदह नगरपालिकालाई बजार क्षेत्रबाट निस्कने फोहोरलाई व्यवस्थान गर्न आग्रह गरेको बताए । देवदह नगरपालिकाका कार्यकारी अधिकृत टेकराज भट्टराई भने फोहोर गर्नेले नै फोहोरको व्यवस्थापन गर्ने भएको हुदा शुल्कमा आधारीत भएर देवदह बजार क्षेत्रबाट निस्कने फोहोरलाई नगरपालिकाले व्यवस्थापन गर्नेु पर्ने बतबए । सके सम्म फोहोर व्यवस्थापनको लागि दीगो र स्थायि किसिमको समन्त्र नै बनाएर नगरपालिका अगाडि बढन खोजेको भट्टराईले बताएका थिए । देवदह नगरपालिका पर्यटकीय हिसावले महत्वपूर्ण क्षेत्र भएकोले सफा र सुन्दर नगरी बनाउन सम्पूर्ण देवदहवासीले फोहोर व्यवस्थापनमा ध्यान दिनु पर्ने अधिकत भट्टराईको भनाई रहेको छ । समयमै फोहोर व्यवस्थापनको काम गर्न सकिएन भने दीर्घकालिन असर पर्ने हुदा सरोकारवाला निकाय फोहोर व्यवस्थापनमा उचित तरिकाले लाग्नु पर्ने देखिन्छ ।
