पौडीखेल्दा डुबेर आकास कामु मगरको ज्यान गयो

Read Time:1 Minute, 16 Second

देब पचभैया

पाल्पा, श्रावण १७ – पौडीखेल्ने क्रममा पाल्पामा  एक बालकको ज्यान गएको छ । तानसेनको काजीपौवामा रहेको स्वीमिङ्गपुलमा पौडीखेल्ने क्रममा न्युहोराईजन उच्चमाबि कक्षा ८ मा अध्ययनरत आकास कामु मगरको ज्यान गएको हो ।

आज दिउसो साथीहरु संगै पौडीखेलीरहेका आकासलाई डुबेको धेरै समय पछि मात्रै साथीहरुले थाहा पाएकाले बेलैमा उद्धार गर्न नसकिएको स्वीमिङ्गपुलका संचालक नबिन थापाले जानकारी दिए । शरिर डुबेको र हात मात्रै देखेपछि मात्रै साथीहरुले आफुलाई खबर गरेको भन्दै उनले बाहिर निकाल्दा उनको ज्यान गईसकेको बताए । जिल्ला प्रहरी कार्यालय पाल्पाले घटनाको बारेमा अनुसन्धान भैरहेको बताएको छ ।

पुर्बखोला घर भएका मृतक आकास कामु बिशालबजारमा रहेका आफन्तको घरमा बसेर न्यु होराईजन उच्चमाबिमा अध्ययन् गर्दे आएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %