हे ! शहिद गुरुङ तिम्रै कारण गोर्खा शौर्य जिन्दावाद

Read Time:6 Minute, 33 Second

स्थान ः जम्मु कास्मिर, तंगधार, भारत–पाकिस्तान सिमानामा अवस्थित ईगल पोस्ट
दिनांक– ०६ अगस्ट २०१३
समय ः बिहानको ४ः३२

घटना बृतान्त
मेजर टोकिबीको नेतृत्वमा ५/५ गोरखा राईफल्सको एक युनिटलाई सिमाना ( एलओसी –लाईन अफ कन्ट्रोल) पार गरिरहेका पाकिस्तानी उग्रवादीहरुलाई लखेट्न त्यसतर्फ पठाईयो । उग्रवादी देख्नासाथ हाम्रा जवानहरुले तिनलाई रोक्न खोजे । दुबै तिरबाट गोलीबारी शुरु भयो । यो कार्वाहीमा दुई उग्रवादी मारिए । मुठभेडमा पल्टनका एक बहादुर सिपाही राईफलमैन रन बहादुर गुरुङ पनि शहिद भए ।

म यो घट्ना यहाँ किन लेखिरहेकोछु ? देशको सिमानामा थुप्रा सिपाहीले शहादत प्राप्त गर्छन । तर यो राईफलमैन रनबहादुर गुरुङको शहादतबारे किन लेखिरहेकोछु ? राईफलमैन गुरुङको जन्म नेपालको प्रसिद्ध पर्यटकिय क्षेत्र नागार्जुन गाविस, वडा नं.१, ताङतिङ गाँउमा भएकोथियो । उनको बुवा गंगाबहादुर गुरुङ पनि भारतीय सेनाको नायक पदमा सेवानिवृत्त भएकाथिए । पोखराबाट प्लस टू सकाई रनले सेनामा जाने सोंच बनाएकाथिए । सैनिक पृष्ठभूमीमा जन्मि हुर्किएका उनी पढाई लेखाईका वावजुद  स्वभावैले ईमान्दार, कर्तब्यनिष्ठ र वफादार थिए । गुरुङ शिलांग स्थित ५८ गोरखा ट्रेनिङ सेन्टरमा भर्ति भएकाथिए । रनबहादुर गुरुङ ‘चार्ली कम्पनी’ का अग्रपक्तिका लडाकु जवान थिए ।

 ४४ साताको रिग्रुट तालिम समाप्तिपछि उनी ५/५ गोरखा राईफल्समा युवा सैनिकको रुपमा भर्ना गरिएकाथिए । भारतीय सेनामा ९ बर्षे सेवा कालको अवधिमा रनबहादुर गुरुङले कयौं साहसी तथा अनुकरणीय काम गरेर देखाएकाथिए । दुई चोटी आर्मी कैडेट कोर (-ACC) को लिखित परिक्षा उत्तिर्ण गरि छनौट बोर्ड ( Sßß) मा साक्षत्कार दिने अवसर पनि प्राप्त गरेकाथिए । शिक्षित र योग्य हुँदैमा सेनाभित्र सबैलाई यो शुअवसर प्राप्त हुँदैन ।
१९ डिसेम्बर २०११ मा गुरुङ कर्मकाण्ड अनुसार मनकुमारी गुरुङसंग बैवाहिक सम्बन्धमा बाँधिएका रनबहादुरको ११ महिनाको छोरी छ ।  ३ सितम्बरमा त्यो नानीको जन्मदिन आँउदैछ । छोरीको जन्मदिन सबै परिवार जम्मा भई भब्य रुपमा मनाउने बाचा गरेर पल्टन फर्किएका रनबहादुरलाई ईश्वरले यो अवसर नै दिएनन । छोरी र श्रीमतीलाई फर्कने बाचा सहित पल्टन फर्किएका गुरुङको पैदलका निशान गाँउका पखेराहरुबाट राम्ररी नमेटिदैं २९ बर्षको उमेरमा अकस्मात अकल्पनिय र ह्दयबिदारक समाचारले श्रीमती र उनका परिवारजनको के हाल भो होला हामी कल्पना मात्र गर्न सक्छौं ।
दुर्भाग्य हेर्नाेस, भारतमा सेनाको रुपमा ज्यानको बाजी लगाउन र शहादत प्राप्त गर्न कुनै कानुनी अड्चन छैन, तर नेपाली नागरिकको हैसियतले रनबहादुर जस्ता भारतीय सेनाका मृत शरिर तिनका गाँउमा पुर्याउन भने सरकारसंग कानुनी बन्देज छ । भारतीय कानुनी बन्देजका कारण गुरुङको पार्थिव शरिर उनको परिवार समक्ष पुर्याउन नसकिएतापनि ५/५ गोरखा राईफल्सका कमाण्डिङ अफिसर कर्नेल एसएल धालिवाल, शौर्य चक्र सुवेदार मेजर नन्द बहादुर गुरुङ तथा पल्टनका सम्पूर्ण उच्च पदाधिकारीहरुको रोहबरमा पल्टनमै एउटा शहिद सेनाले पाउने उच्च राष्ट्रिय सम्मानका साथ दाहसंस्कार गरियो ।
पार्थिव शरिरलाई उनको घर पुर्याउन नपाएको दुख पक्कै पनि छ तर पल्टनले आफ्नो परम्परा अनुरुप शहिदको अस्तु ससम्मान र सुरक्षित किसिमले शोक सन्तप्त परिवारको हातमा पुर्याईदियो । यसले शोकाकुल परिवारलाई केहि मात्रामा भएपनि सान्त्वना प्राप्त भो र ति पल्टनका पदाधिकारीहरुको अतुलनीय सहयोगको निम्ति ह्दयदेखि नै कृतज्ञ छन । एउटा वीर गोर्खालीको शौर्य, बहादुरी, कर्तब्यनिष्ठ र बलिदानको कथा उनको पल्टन, परिवार र गाँउमा मात्र सिमित नरहि भारतीय सेनामा सेवारत सम्पूर्ण गोर्खाको निम्ति सम्मानको बिषय बन्यो । उनको पूर्खा जस्तै आज पनि गोर्खाको सन्ततिका बहादुरी, कर्तब्यनिष्ठता र बलिदान मुक्त कठंले प्रशसां गर्न लायक छ भन्ने यथार्थ विश्वभरका सबैलाई थाहा होस भनि मैले कलम उठाएकोहुँ । भारतको ६७औं स्वतन्त्रता दिवसको शुभ अवसरमा शहिद रनबहादुर गुरुङलाई नमन गर्दछु ।

कायर हुनु भन्दा मर्नु राम्रोले,
गोरखालीलाई वीर बनायो,
यही गोरखालीको वीरताले,
हामी नेपालीलाई विश्वमा चिनायो।

(सुवेदार मेजर श्रीप्रसाद गुरुङले लेखेको यो लेख देहरादुनका क्याप्टेन तिलकराज  गुरुङले हिन्दीमा रुपान्तरण गरेकाथिए । त्यहि हिन्दी लेखको भावानुवाद हो, यो ।)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %