काठमाडौं ११ साउन नेपाल आदिवासी जनाति पत्रकार महासंघ फोनिज का केन्द्रीय कोषाध्यक्ष तथा नयाँ पत्रिकाका सम्वाददाता टेकराज थामीलाई विना कारण प्रहरीले दुई घण्टा नियन्त्रणमा लिई छाडेको छ । साउन १० गते बेलुका घर फर्कने क्रममा महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरले उनलाई नियन्त्रणमा लिईएको हो ।
विना कारण प्रहरीले गरेको व्यवहारप्रति सामान्य जिज्ञासा राख्दा प्रहरीले ज्यादतीपूर्ण ढंगले नियन्त्रणमा लिने, हत्कडी लगाउने, मापसे नै नगरेका व्यक्तिलाई स्वास्थ्य परीक्षणको नाममा रकम असुलेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज ले प्रेस विज्ञप्ती जारी गरेको छ । ‘नयाँ पत्रिकाको कार्यालयबाट घर जाँदै गर्दा तीनकुनेमा प्रहरी चेकिङमा मोटरसाइकलको लाइसेन्स र बिलबुक मागि सो कागजात दिएपछि प्रहरीले दुई घण्टासम्म नियन्त्रणमा लिई तीनकुनेस्थित प्रहरी बृत्तमा राखी स्वास्थ्य परीक्षणको नाममा पैसा तिर्न लगाएको फोनिजका कोषाध्यक्ष तथा पत्रकार थामीले बताए । आफू पत्रकार भएको बताउँदा पनि डीएसपी भीम ढकालको निर्देशनमा असईले हत्कडी लगाएर नियन्त्रणमा राखी अमानवीय र दुव्र्यवहार गरेको कोषाध्यक्ष थामीले बताएकाछन । ‘प्रहरीले गरेको अमानविय ब्यबहार र ज्यादतीपूर्ण दुव्र्यवहारप्रति फोनिज घोर आपत्ति र भर्त्सना गर्दछ ।’विज्ञप्तीमा भनिएको ।
अपराधसम्वन्धी समाचार लेख्ने पत्रकार थामीलाई विनाकारण प्रहरीले नियन्त्रणमा लिने कार्यको घोर निन्दा गर्दै घटनाको तत्काल छानविन गरी ज्यादती गर्ने र गर्न आदेश दिने प्रहरी अधिकृतलाई तत्काल कारवाही गरी पत्रकार थामीमाथि परेको मानसिक पीडाको क्षतिपूर्ति उपलव्ध गराउन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज ले जोडदार माग गरेको छ ।
प्रहरी हिरासतबाट छुटेपछि थामीले फेसबुकमा लेखेको स्टाटस
पुलिस हिरासतबाट भर्खर छुटेर कोठामा आएको अवस्था हो । करिब साढे आठ बजे कार्यालयबाट मोटर साइकलबाट त्रिपुरेश्वर स्थित कोठा आउँदै थिएँ । तीन कुनेमा सदा झै चेकिगं रहेछ । मोटरसाइकल रोक भन्यो । मैले रोकेँ । लाइसेन्स विलबुक झिक भन्यो । मैले झिकेर दिए‘ । मापसे गरेको छ की छैन भन्यो । मैले छैन भने । यसको झोलादेखि जुत्तासम्म चेक गर भन्यो । सँगैको हवल्दारले चेकिङ्ग गर्यो । कार्यालयबाट कोठा आउँदै गरेको ब्यक्तिलाई प्रहरीले अपराधिलाई जस्तो व्यवहार गरेपछि मैले सोधेँ–सर लाइसेन्स विलबुक चेक गर्ने काम त ट्राफिक प्रहरीको होइर र रु मैले यति के भनेको थिएँ । बढ्ता बोल्छस भन्यो । होइन मैले सोधेको मात्र हो । मेरो लाइसेन्स विलबुक दिनुस न’ मैले भनेँ । साला यो बढ्ता बोल्द रहेछ । यसलाई थुन्दे ।’ उसले आदेश दियो । मलाई महानगरीय प्रहरी वृत बानेश्वर लगियो । एक छिनपछि डिएसपी भिम ढकाल हल्लिन्दै आए । यसलाई एक घण्टा थुन अनि मान्छे बोलाएर जिम्मा लगाइदे ।’ यसो भनि रहँदा डिएसपी सापको मुखबाट आएको रक्सिको गन्ध यति कडा थियो की मुखै थुन्नु पर्ने स्थिति आयो ।
डिएसपी साप रक्सिको नशामा कति धुत थिए, यसैबाट पुष्टि हुन्थ्यो । अव मेरो तिन पुस्ते सोधपुछ भयो । हिरासतमा रहेको अर्का अभियुक्तलाई उठाइयो । उसलाई हतकडि लगाइयो । सँगै भएको मेरो हात थुतियो । र ऊसँगै हत्कडी लगाइयो । तेरो स्वस्थ्य परिक्षण गर्नु छ, अस्पताल हिंड भन्यो । हत्कडीसंगै कान्तिपुर अस्पताल लगियो । काउन्टरमा विल भर्न लगायो । विल भरे । भित्र लगियो । केही नगरि फेरी हिरासत कक्षमा लगियो । अन्तमा त्यतिकै छाडियो । यति बेला मेरो मथिङ्गल प्रश्नै–प्रश्नले भरिएको छ । प्रहरीले मलाई किन पक्राउ गरे ? मैले अपराध नै गरेको हो भने किन छाडियो ? ट्राफिक नियम उलंघन गरे कारवाही गर्ने अधिकार ट्राफिक पुलिसको हो, तर मेरो लाइसेन्स विलबुक अरुले नै लिएका थिए । उसको गलत काममा प्रश्न गर्नु मेरो अपराध हो ? मेरो मोटरसाइकल नियन्त्रणमा के कारणले लिइयो र पछि किन छाडियो ? बिनाकारण हिरासतमा लिइ हत्कडी लगाउनु र मानसिक याताना दिनु यही हो, प्रहरीको मावअधिकार ?
आनन्द गुरुगं , काठमाण्डू, देव पचभैया, पाल्पा