झाबार्याबाट झामर्या भएको हाे

Read Time:8 Minute, 31 Second

२०८१ श्रावण ९/पूर्ण बहादुर राना

झाबार्या नाच वा झामरे वा झ्याउरे नाच

झाबार्या वा झामरे नाच मगर समुदायमा प्रचलित प्राचीन नाच हाे । राेडीघरमा बिहे नभएका केटीहरूसँग नचाउने र गाउने नाच हाे । राेडीघरमा बस्न केटीहरू बिहे नभएकै हुनुपर्छ । याे मगर समुदायकाे साँस्कृतिक नियम वा प्रथाजनित कानून(Customary Law) हाे । बिहे भईसकेका महिलाहरू राेडीघरमा नाचगान गरेर राेडी बस्न पाउँदैन । राेडीघरमा राेडी जाने भनेकै बिहे नभएका केटाहरू हुन् । राेडीघरमा बिहे नभएका केटीहरू जम्मा भएर बस्छन् । कुनै केटाले कुनै केटीलाई र केटीले केटालाई मन परेकाे छ । तर केटा बाेल्न लजाउँछ वा केटाले आँट गर्दैन, वा जानेकाे छैन भने बिहे भईसकेका अधवैंशेहरू वा बुढापाकाहरूलाई राेडीघरमा सँगै लगेर केटी फकाउन पठाउने चलन पनि छ । त्यतिबेला केटा र केटीसँगै नजिकै हुन्छ र ती अभिभावककाे भुमिकामा गएका व्यक्तिले केटा यस्तो हाे उस्तो हाे भनेर बताउने गर्छ । यसरी ती बुढाहरूले फकाएर केटाकेटीकाे बिहे गराई दिने चलन पनि छ । तर कतिपय अवस्थामा ती बिहे भएका अधवैंशेहरूले आफुलाई नै केटी फकाएर बिहे गरेर लाने गरेकाे घटनाहरू पनि छन् ।

झाबार्या नाच दशैंकाे फुलपातिदेखि पन्ध्र पुससम्म घरगाउँमा नचाउने चलन छ । कतैकतै पन्ध्रपुस पछि पनि नचाउने गरेकाे पाईन्छ । तर प्राय: ठाउँमा चाैध पुसकाे राति आई पन्ध्र पुसमा खट्टेभट्टे खाई झाबर्या नाच गाउने र नचाउने चलन छ । याे नाच जाडाे माैसम सुरू भएपछि नचाउने भएकोले ताल हानेर नाच्ने चलन छ । झाबार्या नाचमा मायप्रेमका कुरा, सुखदुःखका कुरा, ठट्यौली कुरा, संयाेगान्त र बियाेगान्तका कुरा समेटेर गित बनाउने चलन छ ।

ताल हान्नुकाे अर्थ ईतिहाससँग पनि जाेडिएकाे छ । हिजाे मानिसहरूले जुत्ता र चप्पल लगाउने चलन थिएन । खालि खुट्टाले हि्ड्ने, काम गर्ने, नाच्ने र गाउने गर्दथ्याे । यसरी खालिखुटाले नाच्दा चिसाे महिनामा पैतला बढि चिसाे भएपछि खप्न नचकेर नाच्नेवाला उफ्रिए । र पछि नाच्नेहरूले पहिला नाचेकाे व्यक्ति उफ्रेकाे देखेर उनिहरू पनि उफ्रिनुपर्ने रहेछ भनेर उफ्रिन थाले । यसरी उफ्रिने कार्यलाई नै ताल हान्नेमा विकास गरेको हाे ।

झाबर्यामा नाच्दा केटा मात्रै पनि नाच्छ वा केटीमात्रै पनि नाच्छ । वा केटाकेटी दुवै पनि हुन्छन् । गाउँदा बरू सालैज्याे, फेन्नाम भाका(तेर्साे भाका), ठाडाे भाका आदि भाका भन्ने गितहरू गाउने, बजाउने र नचाउने गर्छन् ।

झ्याउरे वा झामर्या जे भनेपनि । वास्तवमा “झाबर्या” हाे । अझैसम्म पाल्पामा झाबार्या भन्ने गर्छ । झामार्याबाट “झा+बार्ह्या” भएको हाेईन । बरू झाबार्याबाट झामर्या भएको हाे । झाबार्या काे अर्थ प्रष्ट छ । झा+बार्या(माटाे+मिसियाे) “माटाे मिसियाे” भन्ने हुन्छ । हुनपनि हिँउद अर्थात सुक्का महिनामा झाबर्या नचा नाच्ने गाउने गर्छ । गाउँदै र नाच्दै गर्दा खट्टेभट्टे खाँदै जाँडरक्सी पनि बटुकाेमा लिएर पिईराखेकाे हुन्छ । अनि याे झाबर्या नाचमा फेरि ताल हान्नुपर्छ । यसरी ताल हान्दा झा(माटाे, धुलाे) उडेर जाँडरक्सि र खट्टेभट्टेमा मिसिँदा झाबार्या नाच भएको हाे ।

मगरहरूले उच्च जीवन बिताएकाे प्रमाण

राेडीघरमा केटाकेटी जम्मा भएर गाउने, नाच्ने गर्दछन् । यसरी माैसम अनुसारकाे नाच नचाउँदा माैसम अनुसारकै खान्कि खान पाउँछन् । दिनभरि जति दु:ख गरे पनि मगरहरू राेडीघरमा केटाकेटी र बुढापाका भेट भएर गफ गर्दा, जिस्किंदा आनन्द छुट्टै पाउँछ । अझ जिस्किने मात्रै हाेईन ती अविवाहित केटीहरूसँग गाउँदै नचाउँदै मिठामिठा खानेकुरा र अर्गानिक जाँडरक्सी खाएर नचाउ पाउँदा कति आनन्द हुन्छ । त्याे त कल्पना भन्दा बाहिरकाे विषय हाे । मगरहरूले पैसाकाे विकास नहुँदै याे साँस्कृतिक जीवन बिताएर आएकाे हाे ।

अन्य जातिका मानिसहरूले डिस्काेथेक, बार र दाेहाेरि जान थालेकाे त भर्खरै त हाे । डिसकाेथेक(Discotheques) सुरू भएकाे १९४० तिरबाट हाे । दाेहाेरि साँझ सुरू भएको २०६२/०६३ आन्दोलन पछि हाे । मगरकाे बार त घरमै हुन्छ । माटाकाे घैंटाेमा झाेल, जाँड र रक्सि बनाएर पिउने गर्दछ । धेरै छिप्पिएकाे जाँडमा आफै झाेल बनेर बसेकाे हुन्छ । कहिले झाेल गुलियो हुन्छ । कहिले जाँडकाे झाेल अमिलाे हुन्छ। गुलियो वा अमिलाे जुनसुकै जाँडकाे झाेल खाएपनि लाग्ने गर्दछ । मिठाे गुलियाे भएको जाँडकाे झाेल(सरूवा)सँग तुलना गर्न मिल्ने संसारकाे कुनै पनि ब्रान्डेड रक्सि छैन । चाहे ती ब्रान्डेड रक्सि लाखौं करोडौं पर्ने किन नहाेस । झाेल निकाले पछि छापाका(जाँड) हुन्छ । छापाका भिजाएर छानेपछि पिउने जाँड बन्छ । त्यहि छानेकाे जाँडकाे छापाकालाई छाेक्रा भन्छ । छाेक्रालाई फेरि पानी थपेर रक्सि बनाउँछ । रक्सि बनाएपछि बाँकि रहेकाे छाेक्रालाई कट भन्छ । कट सुँगुर, बाख्रालाई काम लाग्छ । झाेल ननिकालेर जाँड नछानेर रक्सी पार्दा सार्है मिठाे रक्सी झर्छ । याे अर्गानिक छापाकाबाट बनेकाे जाँड, झाेल, रक्सि जे खाएनि भाेलिपल्ट बिहान टाउकाे(Hangover) दुखाउँदैन । मगरकाे राेडी आदिमकाल देखि सुरू भएको हाे । आजभोलि सुरू भएको हाेईन । मगरले अन्य जातीय समुदायले भन्दा हजाराैं वर्ष पहिलेदेखि परिष्कृत(Sophisticated) जीवन बिताएकाे थियाे र छ ।

झामर्या कसरी झाभुरा भयाे? याे जबर्जस्त लादेकाे जस्ताे देखिन्छ । यस्ताे देखिन भएन । सबै मगरकरण गर्छु भन्याे भने पत्याउँदैनन् अरूले । जस्तै दुबै(दु भनेकाे किरा र बै भनेकाे बाबा हुन्छ भनेर मगरले दाबि गर्न नमिल्ला र नसुहाउँला । यसरिनै साउदी भनेकाे मगरभाषामा साउसाउ र डि मिलेर बनेकाे हाे । साउसाउ भनेकाे किरा कमिला र पानीको हिंडेकाे वा बगेकाे र डि भनेकाे पानी भनेर दाबी गर्नु नमिल्ला ।किनकि दुबै र साउदीमा मगर गाउँबस्ती थिएन र छैन । अन्य ठाउँ जस्तै बुरून्डि, भारत, मलेसिया पनि मगर शब्द भन्नू नमिल्ला । कुनै भाषाकाे नाममा रहेकाे ठाउँ, चिज र बस्तुकाे अर्थ खाेज्दा विज्ञानसम्मत र अर्थपूर्ण पनि हुनुपर्छ ।

3 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
50 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %