२०८१ जेष्ट ३२ /पूर्ण बहादुर राना

वातावरण बिगारेको किरा कमिलाले हाेईन? हात्ती, गैडा, चिल, गिद्धले हाेईन । पर्यावरण बिगारेकाे बाघ, कुकर बिरालोले हाेईन मानिसले हाे मानिसले । अहिलेसम्म पशुपंक्षि र जिवजनावार प्रकृतिको विरूद्धमा छैन । दिनमा सुत्ने र रातमा सक्रिय रहने जनावरहरूलाई निशाचर प्राणी(Nocturnal Animals) भनिन्छ। जस्तै, ब्वाँसा, चमेरो, लाटाेकाेसेराेहरूले दिउँसाे उठेर खाएर हिंडेकाे देखिंदैन ।
दिनमा सक्रिय हुने दैनिक जनावरहरू(Diurnal animals) हुन् । यसभित्र चील, गिद्ध, भँगरा, ढुकुर, बाघ, भाले काग,बाख्रा, भैंसी, गाई, बिरालाे, कुकर, मानिस पर्दछन् ।
यी जिवजनावार मध्ये मानिसले बाहेक चील, गिद्ध, भँगरा, ढुकुर, बाघ, भाले काग,बाख्रा, भैंसी, गाईहरूले घाम अस्ताए पछि खाएकाे देखिंदैन । उनिहरू प्रकृतिको नियममा छन् ।
मान्छे र मान्छेसँग बस्ने जनवार बिरालाे, कुकरहरूले चाहिँ मानिसले झैं दिन र रात नभएनि दुवै पहर खान्छन् । घाम अस्ताएपछि साँझ, बेलुकि, मध्यरात, बिहानी पख पाएसम्म खान्छन् । त्यसैले मानिस प्रकृति विराेधि जनवार हाे । मानिस अनुशासनहिन जनवार हाे । सबैचिजलाई टक्कर दिने मानिसले अहिले आफै ठक्कर खाईराखेकाे छ । कुद्ने जनवारलाई टक्कर दिन गाडि, बाईक रेल बनायाे । पाैडिने जनवारलाई टक्करदिन पानी जाहाज बनायाे । उड्ने पंक्षिलाई टक्कर दिन जाहाज र हेलिकप्टर बनायाे । घाम, जुन र तारालाई टक्कर दिन बिजुलि बनायाे । तिमी मूला मानिस जति बाठाे बनेपनि नयाँ राेगब्याधि, समस्या आकाे आई छ । बाढिपहिराे गाकाे गई छ ।
रिस, ईर्ष्या र डाहा गरेकाे हाेईन । एउटा तिताे सत्य किन एउटै मानिसले साईकल, बाईक, कार, हेलिकप्टर र जाहाज राख्न पर्याे? ताेला हाेईन केजिका केजिका सुन किन चाहियाे? ती साईकल बन्ने प्रकृति दाेहाेन गरेरै हाे । त्याे जाहज, कार बन्ने र सुन निकाल्ने प्रकृति खाेस्रेरै हाे । प्रकृति सबैकाे हाे । प्रकृति कमिलाकाे हाे । प्रकृति सर्प, गाेहि, छेपाराेकाे पनि हाे । प्रकृति चराचुरुङ्गी, जिवजनवार काे पनि हाे । प्रकृति भनेकाे बाेटबकिरूवाकाे पनि हाे । प्रकृति पानी, ढुङ्गा माटाे सबैकाे हाे । प्रकृति मानिसकाे मात्रै पेवा हाेईन ।
अहिलेसम्म किरा कमिला बाईकमा हिंडेकाे देखेकाे छैन । हात्ती गैंडाहरू रेल र पानीजहाजमा चढेकाे देख्या छैन ।
चील र गिद्धहरू हेलिकप्टर र जाहाजमा हिंडेकाे छैन । पशुपंक्षि र जिवजनवारले पकाएर खाकाे छैन । जिवजनवार, पशुपक्षि र किराकमिलाले उनिहरूकाे लास अन्त्येष्टि गरेर जलाएको देखेकाे छैन ।
अब बिचार गराैं!
खाना बनाउँदा दिनमा कति धुँवा निस्कदाे हाे । बाईक, बस, पानीजहाज, रेल, हवाईजहाज गुड्दा र उड्दा दिनमा कति धुँवा निस्कँदाे हाे । मान्छे अन्त्येष्टि गरेर पाेल्दा कति धुँवा निस्कँदाे हाे । उद्योगधन्दा कलकारखना र ईट्टाभट्टिबाट दिनमा कति धुवाँ निस्कँदाे हाे । यहि धुँवा र धुलाले आज बायुमन्डल बिगारेकाे छ । ओजन लेयर खिएकाे छ । गर्मि बढेकाे छ । खडिर बढेकाे छ । कतै पानी परेकै छैन । कतै पानी परेर बाढिपहिराे र डुबानले घरखेत र गाउँनै बगाएको छ र डुबेकाे छ । खण्डबृष्टि, अतिवृष्टि बढेकाे छ ।
प्रकृति तर्फ फर्काैं
अब प्रकृति तर्फ फर्काैं । बढि लाेभ नगराैं । मानिसले, एकवर्षकाे लागि खानेकुरा जम्मा गरे त ठिकै थियाे सात सात पुस्तालाई पुग्ने जाेगाउने, बचाउने कार्य बन्द गराैं । आफुलाई मात्रै हाेईन छाेरा, नाति, पनाती, खनाति र जनातिलाई पुग्ने कमाउने तर्फ ध्यान नदिअाैं । नत्र तिमी त बाँच्याै तर तिम्रो छाेरा, नाति, पनाती, खनाति र जनातिकाे यस धर्तिमा अस्तित्व नामेट हुनेछ । अनि तिमीले तिम्रा सात पुस्ता छाेरा, नाति, पनाती, खनाति र जनातिलाई बचाएकाे के काम? यदि उनिहरू डाईनाेसर भईसकेकाे हुन्छ भने ।
प्रकृति तर्फ फर्काैं । धुँवाधुलाे निकाल्ने बाईक,गाडि, जाहाजहरू सके बन्द गराैं । नसके साेलरपावरबाट चल्ने बनाउँ । हामीले संकल्प गराैं कि ठूलाठूला जलाशययुक्त हाईड्राेपवर बन्द गराैं । ठूलाठूला ड्यामले कति किरा कमिला, बाेटबिरूवा, जिवजनवार, चराचुरुङ्गी ध्वस्त पार्याे हाेला? साेलर र हावाबाट बत्ति बालाैं । खुट्टाले हिंडाै । हिजाे घर गाउँका मानिस बिहान गाउँबाट बेसि झर्थे । दिनभरि खेतबारीमा काम गर्थे । खेतीपाती लगाउँथे । राति बास बस्न प्राकृतिक एसि(Natural AC) भएको गाउँमा उक्लेर बास बस्थे । दिनभरिकाे थकाई, गर्मि र चारप्रहर रातमा आनन्दले मेटाउँथे । त्यसैले पानीलाई आफ्नै गतिमा बग्न दिउँ । हामीले घाम नअस्ताउँदै खाउँ ।
नत्र मानिसले हाम्राे स्वार्थको लागि मात्रै हेर्ने भए भिरमा गएकाे गाेरूलाई रामराम भन्न सकिन्छ काँध थाप्न सकिंदैन । मानिसले आफू भयंकर चेतनशील भन्ने दम्भ र भविष्यकाे बचतकाे लागि भनेर स्वार्थ नत्यागेमा मानिससँग अब बाँकि केही रहने छैन् । केवल रहने छ त “नमाे बुद्ध”, “जय श्रीराम”, “जय माङ्गेन”, “जय मसिहि” र “जय अल्लाह” बाँकि रहनेछ ।