गाईवस्तु, बाख्रा, जंगली जिवजनवार र मानिसकाे चाहिपाहि हुने ठाउँ र वाहाद्वाहा हुनुपर्ने जंगलमा तारजालि लगाउनु अनाैंठाे भएन र! यी दुवै बनका उपभोक्ताहरूले दुवै बनमा घाँसदाउरा र चरनवर्तन नगरि सुखै छैन

Read Time:5 Minute, 23 Second

पूर्ण बहादुर राना

याे तारजालिले घेरेकाे कुनै पनि उन्नत खालकाे आधुनिक व्यावसाय वा खेतिपाति, पशुपंक्षि पालन, वा माछापालन गर्नकाे लागि हाेईन । याे तारजालि लगाएकाे दुई सामुदायिक बन अर्थात् (१) अाैंशरा जुडि सामुदायिक बन उपभोक्ता समिति र (२) लामडाँडा माईतिघर समादुयिक बन उपभोक्ता समितिलाई छुट्याउन अाैंशरा जुडि बन उपभोक्ता समितिद्वारा लगाईएकाे लाँकुरिपाेखरि र दुलेगौंडा नजिककाे सिमाना क्षेत्रकाे तारजालि हाे । याे तारजालि लगाएकाे ठाउँ रिसिङ गाउँपालिका वडा नं. ४ भिरकाेटकाे तनहुँ हाे ।

आदिम कालदेखि यस ठाउँमा कुनै खालकाे मानव निर्मित पर्खाल, सुरूङ, वाल, काँधेतार, पिलर थिएन । गाउँगाउँ बिचकाे बन छुट्याउँदा बुढापाकाले चाैपारि, डाँडा, खाेला, नदि र पहारा वा झरना, ठूलो बाेट वा बाटाेलाई साँध किल्ला बनाउने चलन थियाे । तर यसरी भारत र पाकिस्तानकाे झगडिया बाेर्डरमा जस्ताे फलाम र जालि प्रयाेग गरेर पस्न नदिने अवस्था थिएन । यसाे गर्दा परापुर्व कालदेखि गाईडिंगा , बाख्रा चराएर जिविकाेपार्जन गर्ने गरिब किसानलाई अप्ठ्यारो परेकाे छ । एउटा बन उपभोक्ता समितिले यसरी तारजालि लगाउँदा भाेलि अर्काे सामुदायिक बन समितिले पनि तारजालि लगायाे भने के हाेला? एउटा सामुदायिक बन समितिले गाई गाेरू बाख्रालाई राेक्छु भन्दा खेरि अर्काे सामुदायिक बनले स्कुल पढ्ने बालबालिकालाई स्कुल जान राेक्ने खालकाे काँधेतार लगाई दियाे भने काे जिम्मेवारी हुन्छ? याे त अर्थहिन( Meaningless) र अन्तहिन(Endless) विवादकाे सुरूवात भएन र? यसले त डाेन्याल्ड ट्रम्पले मेक्सिको बाेर्डरमा वाल लगाउँछु भन्ने भान गराउँछ ।

यदि विवाद हुँदै गयाे भने अर्काे सामुदायिक बन उपभोक्ता समितिले बजार जान नदिने र रअर्काेले लासै लान नदिने हाेडबाजि हुनसक्छ । यस्तो हुनु किमार्थ राम्रो हुँदै हाेईन ।

बन जंगल जाेगाएकाे राम्रो हाे । बनजंगल जाेगाउनुपर्छ । हामी सबै समुदाय मिलेर बनजंगल जाेगाउनुपर्छ । याे हाम्राे कर्तव्य हाे । बन विनास गर्ने जिवमा मानिस नै अग्रपंक्तिमा पर्छ । बनजंगलले दिने आश्रय, अक्सिजन ग्याँस, बन पैदावर वा घाँसदाउरा, खानिपानी, जडिबुटी, फलफुल सबै मानव जाति, बनस्पति, चराचुरुङ्गी, जंगली प्राणि, घरपालुवा प्राणि, किराकमिला सबैसबैलाई आवश्यक छ ।

एउटै जिल्ला, एउटै पालिका र एउटै वडाभित्र यस्ताे साँघुराे चिन्तन नगराैं । बरू काठ, खानि र बन पैदवार चिज आदि चाेरि भए दुवै पक्ष मिलेर कडा निगरानी गरि दाेषि पाईएमा कडा कारबाही गराैं । दुवै बन क्षेत्र प्रयाेग गर्न आवश्यक सदस्यहरूलाई सामुदायिक बनकाे सदस्य बनाएर अघि बढाैं । मैले बुझेदेखि याे जंगलमा गाईवस्तु चरनवर्तन गर्ने, सुकेकाे दाउरा र घाँस काट्ने ठाउँ हाे ।

याे जंगलकाे चिहान जाेगाउँ । याे चिहान कहिलेकाे हाे पुरातात्त्विक अनुसन्धान गराैं । मगरजातिकाे पनि चिहान डाँडैमा बनाउने र गाड्ने चलन छ । यसरी लास हालसम्म पाल्पा, म्याग्दी बागलुङ र अन्य क्षेत्रका मगरहरूले गाड्ने चलन थियाे र छ । याे मगर जातिकाे चिहान हुनुपर्छ । याे चिहान वरिपरि मगर जातिकाे घना बस्ति छ । कतिपयले यसलाई चुराटेकाे चिहान भन्छ । याे ठाउँ अर्थात भिरकाेट सेतिनदिकाे दक्षिण भेगमा पर्छ । दमाैलि देखि याे ठाउँ अर्थात रिसिङ भिरकाेट पुग्न ६/७ घण्टाकाे बाटाेमा पर्छ । चुराटे अर्थात मुस्लिमहरूकाे पुरानाे बस्ति तनहुँकाे सम्जुर र नयाँ बस्ति दमाैलिमा छ । सम्जुरबाट भिरकाेट पुग्न १०/१२ घण्टा लाग्छ । मानिसले लासलाई ६/७ घण्टा वा १०/१२ घण्टा बाेकेर हिंड्दैन । याे चिहानलाई जाेगाउँ । कतै पर्यटनमा टेवा पाे पुर्याउँछ कि! जथाभावी चिहानकाे ढुङ्गा निकालेर चाैतारि नबनाउँ । ऐतिहासिक चिजबिजलाई संरक्षण गराैं ।

2 1
Happy
Happy
33 %
Sad
Sad
0 %
Excited
Excited
33 %
Sleepy
Sleepy
0 %
Angry
Angry
33 %
Surprise
Surprise
0 %