ईन्द्र आङ्बाे काेशि प्रदेश प्रमुख हुने भएँ भनेर उनकाेओँठ हाँसेकाे छ । पुन:निर्वाचन नहुने भाे भनेर भित्रभित्रै एमालेकाे मन मात्रै हाेईन हड्डि हाँसेकाे छ ।
पूर्ण बहादुर राना
१) ईन्द्र आङ्बाे अब प्रदेश १ काे प्रमुख हुने भए । अब बहुमत आउने भयाे । यदि राजनीतिक भुँईचलाे गएन भने र बैमानि भएन भने । काङ्ग्रेस, माओवादी, जसपा र राप्रपा मिलेकाेमा एमालेकाे हड्डी हाँसेकाे छ । किनकि काेशि विराेधिले एमालेका नेता ओलिलाई लखेटेकाे छ । महेश बस्नेतकाे कार ताेडफाेड गरेकाे छ । काङ्ग्रेस, एमाले, राप्रपा र माओवादीहरूले “तँ पिटे जस्ताे गर म राेए जस्तै गर्छु” भनेजस्तै नाटक मञ्चन गरेका हुन् । भित्री मनमा यि सबै पार्टी काेशि नामकै पक्षमा छन् । त्यसैले त काेशि प्रदेश नामाकरण गरे यिनले ।
हिजाे ताराे शाह राजा थियाे । राजाले लुट्याे, ठग्याे, चुस्याे भन्थ्याे । तर अब राजा छैन । कसलाई दाेष दिने बाहुन नेताहरूले । बरू दाहाल बाहुनले ओलि बाहुनलाई दाेष दिने र ओलि बाहुनले दाहाल बाहुनलाई दाेष दिने । चुनावी एजेन्डा त बनाउनै पर्याे । अब त जाहनिया निरंकुश राणा शासन पनि छैन र शाह वंशिय निरङ्कुश शासन पनि छैन । भएको एकल जातीय निरंकुश शासन हाे । त्याे एकल जातीय निरंकुश शासन आफै दाहल र ओलिले गरिरहेका छन् । अब के गर्ने त भन्दा ओलिकाे प्रतिगामि दाहाल र दाहालकाे प्रतिगामि ओलि । एक आपसमा दाेषाराेपण गर्ने र आलाेपालाे चुनाव जित्ने ।
ईन्द्र आङ्बाे जस्तै चुनावकाे बेलामा भाेट हाल्ने आदिवासी, मधेसी, दलित, मुस्लिमहरू रूख, सुर्य हँसियाहथौडामा भाेट हाल्छन् । झाँकि देखाउँछन् । मासु, रक्सि र चिउरा खान्छन् । उनिहरूकाे ओँठ हाँस्छ । किनकि ति मधेसि, मुस्लिम, आदिवासी, दलित भाेटरहरूले चुनाव जित्ने हाेईन । मधेसि, मुस्लिम, आदिवासी, दलित नेताहरू चुनाव उठे पनि जित्ने हाेईन । उनिहरू प्रधानमन्त्री, मन्त्री, राजदुत हुने पनि हाेईन । तिनका नाम पत्रपत्रिकामा, रेडियो, टेलिभिजनमा, बिबसि अलजजिरामा आउने पनि हाेईन । रूख, सुर्य र हँसियाहथौडामा भाेट हालेकाेले ति पार्टीका कार्यकर्ताहरूकाे मन र हड्डी हाँस्छ र नेताहरूकाे मन सहित हड्डी भित्रकाे मासि हाँस्छ ।
२) पूर्व सभामुख सुभाष नेम्बाङकाे अन्तेष्टिमा राजकिय सम्मान र राष्ट्रिय विदा दियाे । याे राम्रो गरेकाे थियाे । तर राज्यसत्ताधारिहरूले राम्राे गरे तिमी आदिवासीका मान्छे मर्दा पनि त हामीले राजकिय सम्मान गर्छाैं । राष्ट्रिय विदा दिन्छाैं भनेर देखाई दिनका लागि त्यसाे गरेका हुन् । वास्तवमा २०६४ काे संविधानसभाले पहिचान र सामार्थ्यकाे आधारमा प्रदेशकाे नामाकरण नगराउन भंग गरेकाे थियाे । २०६४ काे संविधानसभा भंग गर्नुकाे तात्पर्य १०+१ काे सट्टा ७ प्रदेश बनाउनकाे लागि थियाे । र २०६४ काे संविधानसभा भंग गर्नुकाे मूल उद्देश्य जातीय समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली राज्यकाे हरेक निकायमा लागु नगराउनका लागि गरिएकाे थियाे । त्यतिबेला स्वर्गीय सुभाष नेम्बाङले हाउस कल गर्न आँट देखाएनन् । अन्ततः उनले ओलि, दाहाल र देउवाकाे अर्डर अनुसार चुपचाप बसिदिए । किनकि त्यतिबेला ६०१ सभासद मध्ये ४१८ पहिचान र सामार्थयकाे आधारमा राज्य पुनर्संरचना चाहान्थ्याे र सभामुख समक्ष हस्ताक्षर समेत बुझाएका थिए । यहि गुण तिर्न काङ्ग्रेस, माओवादी सरकारले उनकाे अन्त्येष्ति राजकीय सम्मान सहित गरेकाे थियाे । मेराे मतलब राजकिय सम्मान दिन हुन्थेन भनेकाे कदापि हाेईन । किन्तु दिनुपर्छ । तर नश्लवादि नेताले भनेकाे मान्याे भने मात्रै राष्ट्रिय सम्मान पाउने नत्र नपाउने भन्ने हुनुहुँदैन भनेकाे हुँ । राम्रो काम गर्दा गर्दै पनि कति व्यक्तिहरूलाई राष्ट्रिय सम्मान नपाएका धेरै दृष्टान्तहरू छन् । यसाे गरिनु हुन्न भन्न खाेजेकाे मात्र हुँ ।
स्वर्गीय सुभाष नेम्बाङले त हाउस कल त गरेनन् गरेनन् अग्रगामी पार्टी , छलाङ मार्ने पार्टी , उचाई र नयाँ चिज भन्ने माओवादी पार्टीले पनि पहलकदमि लिएन । किनकि त्यतिबेला सरकार प्रमुख अर्थात प्रधानमन्त्री माओवादी पार्टीको विद्धान नेता डा. बाबुराम भट्टराई नै थिए र उपसभामुख पनि माओवादीकाे नै थियाे ।
३) काेहिकाे मृत्यु हुँदा जाेकाेहि दु:खि हुन्छ । जतिसुकै शत्रुनै किन नहाेस् । स्वर्गीय सिता दाहाल जस्ताे ईमानदार र पदकाे लाेभ नहुने महिला र राष्ट्रिय नेताकाे श्रीमतीकाे मृत्यु हुँदा सबैलाई दु:ख लागेकै हाे । मलाई पनि उनकाे सदगि, पक्षपातरहित व्यवहार र याेगदान देखेर उनकाे मृत्युुमा गहिराे दु:ख लागेर फेसबुक मार्फत समवेदना दिएकाे थिएँ ।
मृत्यु स्वभाविक हाे । याे प्राकृति नियम हाे । यहि बुझेर छाेरि रेणु दाहालहरूले आमाकाे लास अन्तेष्टि गर्ने बेलामा जलाउनै दिन्न भनेर राेएनन् । तर बिना बेस्सरी राेईन् । स्वर्गीय सिता दाहालकाे अन्त्यष्टिमा बुहारी बिना मगरले लासै जलाउन दिन्न भनेर हठ गरिन । उता पुर्व सभामुख ओनसरि घर्ती मगर घाँटीभरि गाँठाे परेर भक्कानिन । लगभग बाेल्नै असमर्थ भईन । याे उनिहरूकाे ईमानदारी र भावुकता थियाे । मेराे मतलब दु:ख शाेक मान्नै हुँदैन भनेकाे पटक्कै हाेईन । ईमानदारहरू दु:ख माने भने र राेए भने मनै देखि दु:ख मान्दा रहेछन् र रूँदा रहेछन्।
४) राजेन्द्र लिङ्देन
पशुपति शमशेर राणा जस्ता अक्सफोर्डमा अध्ययन गरेका, अरबपति र प्रकाश लाेहनि जस्ता एसएलसी टपर बाैद्धिक व्यक्तिहरूले राजेन्द्र लिङदेन अचाक्ली विद्धान, धनि, ज्ञानि भनेर राप्रपाकाे अध्यक्ष बनाएकाे हाेईन । राजेन्द्र लिङ्देनकाे अनुहार देखाएर हेर हामी जनै लगाउने आर्यन अनुहारले मात्रै हिन्दु राज्य राजतन्त्र वा राजसंस्था चाहेकाे हाेईन तिमीहरू आदिवासी मंगाेल अनुहारले पनि चाहेकाे छ भनेर काउन्टर उत्तर दिएका हुन् । लिङ्देन पनि अध्यक्ष बनाएकाेमा मख्ख छन् । उनि अब उप्रान्त नमरून्जेल अध्यक्ष बनाएकाे गुण तिर्न राप्रपा छाड्ने छैनन् । राजेन्द्र लिङ्देन जिवनपर्यन्त राजसंस्था र हिन्दु राज्य स्थापनाकाे लागि लडिरहनेनै छन् ।