ठूला काण्डकाे नाभि र चाभि कथित ठूला मान्छेसँगनै जाेडिएकाे छ

Read Time:2 Minute, 42 Second

पूर्ण बहादुर राना

जुनसुकै काण्डकाे नेक्सस(Nexus) र कनेक्सन(Connection) कथित ठूला नेता र मान्छे भनाउँदासँग जाेडिएकाे छ । यि ठूला काण्डहरू मलेसिया, साउदिमा काम गर्ने कुल्लिसँग, काठमाडौं, पाेखरामा भाँडा माझ्नेसँग, गाडिकाे खलासिसँग र झाँक्रि पहार र तारेभिरमा घाँस काट्नेसँग तथा पखेरा बारिमा जाेत्ने हलिसँग केकाे कनेक्सन र नेक्सस छ हाेला र?

भुटानी प्रकरण, बालुवाटार काण्ड, सुनकाण्ड, ठूलाठूला परियाेजना र आदि सबै काण्ड छानबिन जनताको आँखामा धुलाे हाल्ने कार्य नहाेस् ।

उच्चस्तरीय स्वतन्त्र र निष्पक्ष छानबिन समिति गठन गर्दा सम्बन्धित विषयवस्तुसँग अनुभवि एक्सपर्टिज राखि निर्मार्ण गरिनु पर्छ । उच्चस्तरीय स्वतन्त्र र निष्पक्ष छानबिन समिति गठन गर्दा सर्वपक्षीय र सर्वदलियल समेतकाे अनिवार्य उपस्थिति र जिम्मेवारीमा गरिनुपर्छ ।

उच्चस्तरीय स्वतन्त्र र निष्पक्ष छानबिन समिति गठन गर्ने र प्रतिवेदन बुझाउने तर कार्यान्वयन नगर्ने खालकाे कदापि नहाेस् । छानबिन सत्यतथ्य, निष्पक्ष, स्वतन्त्र हाेस् ।

उच्चस्तरीय स्वतन्त्र र निष्पक्ष छानबिन समिति गठन हुनुपुर्व सांसदहरूले कडा नियम बनाउनु पर्छ । कानुन निर्माण गर्दा भुतलक्ष्य वा भुतप्रभाविलाई सर्त हेर्ने हाेईन अहिले बनेकाे कानुनले हिजाे, आज र भाेलि सधै कारबाही गर्न मिल्ने हुनपर्छ । याे कानुन मूलतः भ्रष्टाचार, बलात्कार , बिचाैलिया, तस्कर, राष्ट्रहित विपरितकाे कार्य, संगठित अपराधमा लागु हुनु पर्छ ।

सुरूमा उच्चस्तरीय स्वतन्त्र र निष्पक्ष छानबिन समितिले छानबिन गर्दा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रधानसेनापति, आईजिपि, मुख्यसचिवबाट सुरू गर्नुपर्छ । तत्पश्चात क्रमशः अन्य मनुवाहरूकाे छानबिन गर्दै जानुपर्छ ।

3 0
Happy
Happy
33 %
Sad
Sad
0 %
Excited
Excited
67 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %