संवैधानिक नैतिकताको नियम(Rules of constitutional morality)-कानुन व्यवसायीलाई कसरी थाहा भएन ?

Read Time:6 Minute, 31 Second

मगर ,तामाङ लगायतका आदिवासी जनजातीहरु पशु जस्तै हुन्छन , दाजुभाई ,दिदिबहिनी बिच विहे गर्ने गर्दछन र धेरै अपराधी उत्पादन भएको मेरो अध्ययनले देखाएको छ – अधिवक्ता ,भगवोती पाण्डे शितल

Dear Madam Bhagawoti Pande(Sital),

तपाईंले प्राईम टिभिमा मगर, तामाङ र मुस्लिम समुदायमा दाजु बहिनिबिच विहे हुन्छ भन्नु भयाे । तपाईंले हेर्दा यस्ताे देखेकाे हाेला । जंगलमा बाघ र बघिनि विच मागि विहे हाेकि भागि विहे हाे? कुकुर र कुकुरनि बिच, ढुकुर ढुकुर र पेरवा परेवा विचकाे विहे कस्तो विहे हाे? यहाँ विहे भन्नाले बच्चा उत्पादनलाई जाेडेकाे हुँ । हिजाे जंगली युगमा नाङ्गै बस्दा के बारे हाेलान मानिसले? प्रकृतिमा हेर्याे भने जनवार जनवार बिच र बाेटविरूवामा बच्चा उत्पादन (विहे) जन्मजात आ-आफुमै भएको देखिन्छ । तपाईंले त भैंसि र बाख्रामा बार्छाैं हामीले भन्नु भयाे । १/२ वटा भैंसि र बाख्रा हुँदा त बार्नुहाेला तर ७०/८० वटा भैंसि र बाख्रा पाल्नेले कसरि बार्दाे हाे? वास्तवमा भैंसि र बाख्रा आफैले बर्या हाेकि तपाईंले बार्या हाे? के जनवारलाई थाहा हुन्छ र याे मेराे दिदीबहिनी र दाजुभाई हाे भनेर? यि मेरा बाबाआमा हुन् भनेर? यि र यस्ता कुराले अहिले साउने गर्मिमा नेपालि सामाजिक मिडिया तातेकाे छ ।

नाम भगवतीबाट सितल नफेरेकाे भए अहिले सामाजिक संजाल तातिने थिएन कि! धन बहादुर भन्दैमा धनि र बल बहादुर भन्दैमा बलियाे हुँदैन । नुन बहादुर भन्दैमा आफ्नै शरिर नुनै नुन भएकाेले जिवनभर नुन किन्नै नपर्ने पनि हाेईन । प्रेम भन्नाले माया र प्रेमले भरिपुर्ण पनि हुँदैन । बरू भगवती नै सहि थियाे पुजनिय नाम ।

तपाईंलाई थाहै हाेला कानुनमा Rules of constitutional morality अर्थात् संवैधानिक नैतिकताको नियम भन्ने हुन्छ । संवैधानिक नैतिकताको नियम भन्नाले प्राचीनकाल देखि चलि आएको मुल्य, मान्यता, सँस्कार र प्रचलन हाे । जसलाई प्रथा भनिन्छ । त्यसैले कानुनका ७ वटा श्राेतहरू मध्य प्रथालाई पनि कानुनकाे प्रमुख श्राेत नै मानिन्छ ।

सातवटा श्राेतहरू निम्न छन् ।
१) जनताकाे जनादेश(People’s Mandate)
२) कानुनहरू(Statutes)
३) द्वितीय विधायनहरू र अरू नियमहरू(Secondary legislation and other rules)
४) न्यायिक निर्णय(Judicial decision)
५) प्रथा, परम्परा र मान्यताहरू( Convention and
custom)
६) अन्तर्राष्ट्रिय सन्धिसम्झाैताहरू(International
Treties)
७) कानुनविद्का लेख, रचना र पुस्तकहरू(Books of
authority)

दृष्टान्तकाे लागि सिंजालि मगर केटाले ढेङ्गा मगर केटिसँग विहे गर्याे । अनि उनिहरूबाट छाेरा जन्म्याे । त्याे छाेराकाे थर सिंजालि हुन्छ । ढेङ्गा हुँदैन । केटिकाे माईति खलकका दाई वा भाईकाे छाेरि जन्म्याे । ढेङ्गा खलकबाट जन्मेकाेले ति छाेरिकाे थर ढेङ्गा नै हुन्छ । पछि उनिहरू लक्का जवान भएपछि सिंजालिबाट जन्मेका छाेराले उसकाे मामा घरमा जन्मेकाे छाेरिसँग विहे गर्नसक्छ । हुन त आजभोलि अन्तर्राष्ट्रिय विवाह, अन्तरजातीय विवाह र स्वलिङ्गिय विवाह पनि हुने गरेकाे छ ।

प्राय: नेपालि समाजमा महिलाहरू विहे भएर जुनथरकाे केटासँग विहे भएकाे छ उसकाे थर ग्रहण गर्ने चलन छ । त्यसैले विवाह पश्चात महिलाहरूकाे थर र घर दुवै परिवर्तन गर्ने प्रचलन छ । हुन त याे पुरूषवादि समाज भएकोले यस्ताे भएको हाे । याे महिला माथिकाे अन्याय र अत्याचारनै हाे ।

हेक्का रहाेस मगर समाजमा केटाकाे आमा ढेङ्गा मगर र केटिकाे आमा ढेङ्गा मगर भए दाजुबहिनि वा दिदीभाई पर्छ । यस्ताे बेलामा विहे हुँदैन् । सिंजालि सिंजालि पनि विहे हुँदैन । अनि ढेङ्गा ढेङ्गा पनि विहे हुँदैन ।

हुन त तपाईहरू बाहुनमा लम्साल लम्साल पनि विहे हुन्छ कि क्याहाे बाबातिर सात पुस्ता कटेपछि र आमातिर पाँच पुस्ता कटेपछि विहे हुन्छ भनेर तपाईंलेनै भन्नुभयाे । पुस्ता कटेपनि बाबाआमाका जिन त पछिल्लो पुस्ताहरूमा पनि कायमनै रहन्छ हाेईन र? एकपटककाे दिदीबहिनी र,दाजुभाइ परेपछि सधैं त्यहिनै पर्नुपर्ने हाेईन र? वा गाेत्र नमिलेपछि विहे हुन्छ भन्नुभयाे । लम्साल लम्साल पनि त दाजुभाइ र दिदिबहिनी नै पर्छ भन्न मिल्ला कि नमिल्ला! बाहुन र बाहुनिहरूमा मामा छाेरी र फुपु छाेरामा दाजुबहिनि बाेल्छन् । अनि भेट्याेकि निधार चिलाउँछ र ढाेगुँ ढाेगुँ लाग्दाे हाे । तर मगरमा सालिभेना पर्छ । भेना र सालि देखेपछि निधार हाेईन याैनिक ईच्छा जाग्छ । याैनिक अङ्ग चिलाउँन सक्छ । सम्भाेग गराैं गराैं लाग्न सक्छ । त्यसैले मगर समाजमा भेनालाई सालि देख्दा र्याल चुहुन्छ । संसार बिचित्र छ म्याम ।

पूर्णबहादुर राना

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %