मगरकाे पन्ध्र पुस ,गुरूङकाे तमु ल्हाेसार

Read Time:9 Minute, 26 Second
मगर राेधिघर

राेधिघर
“पन्ध्र पुस” मगर समुदायले पन्ध्र पुस र गुरूङ समुदायले ल्हाेसार भनेर मान्ने चाड हाे । पन्ध्र पुसमा मगर समुदायले झाबार्या/झामर्या नाच्ने चलन छ । मगर समुदाय समुहमा बस्ने र रमाउने जाति हाे । मगरका नाचगान झाबार्या/झामर्या, साेरठि, नचरि, घाँटु, पैंसरू, मयुर नाच, हुर्रा काैरा समुहमै नाच्ने चलन छ । मगरकाे एकल नाच(Single Dance) छैन ।

पन्ध्र पुसमा मगर समुदायका केटाहरू राेधि घरमा गएर तरुनी तन्नेरी भेला भएर झामर्या वा झाबर्या नाच (सालैज्याे, ठाडाे भाका र तेर्साे भाका)का गितहरू सँगै बसेर गाउने, बजाउने र नाच्ने चलन छ । राेधिघरमा तरूनिहरू बस्दछन् । मगर समुदाय महिला प्रधान समुदाय हाे । मगर समुदाय गाउनबजाउन वा रमाइलो गर्न वा माया प्रेमकाे प्रस्ताव गर्न पुरूषहरू महिलाकाे घरमा जानु पर्दछ ।

झाबार्या/झामर्या
तनहुँका मगरहरूले झामर्या पाल्पाका मगरहरूले झाबर्या भन्ने चलन छ । झाबर्या वा झामर्या शब्दमा दुईवटा मगर शब्द छ । “झा” भनेकाे “माटाे” र “बार्या” भनेकाे “मिसियाे” हाे । झामर्या वा झाबर्या नाच नचाउँदा मकैभट्टा र जाँडरक्सी दिने चलन छ । गाउँदा गाउँदै र नाच्दा नाच्दै मकैभट्टा र जाँडरक्सी खाने चलन छ । खाने कुरामा माटाे मिसिएर झा(माटाे) बार्या(मिसियाे) झाबार्या भन्दा कतै झाबार्या र कतै झामर्या भएकाे हुनुपर्छ । “-ब-” बाट “-म-” भएर झाबर्याबाट झामर्या भएकाे हाे । किनकि “झ” वर्ण पनि घाेष र “ब” वर्ण” घाेष भएकाेले उच्चारण गर्दा बढि शक्ति लाग्ने भएकाे कम शक्ति लाग्ने अघाेष “म” वर्ण प्रयाेग हुन गई झाबार्या बाट झामार्या र अहिले झाबर्या र झामर्या हुन गएकाे हाे । खस भाषिहरूले त बिगारेर झामरे र झ्याउरे बनाई दिएकाे छ । झाबार्या/झामर्या नाच समुहमा छिटोछिटो गाउने, बजाउने र घुमिघुमि र उफ्रि उफ्रि नाच्ने चलन छ । झामरे नाचमा नाच्ने मानिसले पहिला छिटोछिटो घुमिघुमि नाच्ने र छिटोछिटो ताल हान्ने अर्थात उफ्रिउफ्रि नाच्ने चलन छ । झाबार्या नाचमा बाद्यबादनका साधनहरू मादल, डम्फा र झर्रा प्रयाेग हुने गर्दछ ।

छिटोछिटो नाच्नुकाे पनि आफ्नै कारण छ । यसकाे मूल(Root) कारण केलाउँदा झामर्या नाच जाडाे माैसम नाच्ने नाच हाे । आदिमकालमा मगरहरूले चप्पल र जुत्ता लगाउने चलन थिएन । अहिलेसम्म घरगाउँका मगर बुढापाकाहरूले जति जाडाे भएपनि र जति गर्मि भएपनि जुत्ताचप्पल लगाउँदैनन् । झामरे नाचकाे समय जाडाे महिनामा पर्ने र खालि खुट्टाले चिसाे भुईमा टेकेर नाच्ने चलन छ । ताल हान्नु भनेकाे खुट्टालाई बढि चिसाे भएर चिसाे छल्न र खप्न तथा खुट्टा तताउन उफ्रेकाे हुनुपर्छ । सुरूमा नाच्ने व्यक्तिले चिसाे छल्न उफ्रेकाे देखेपछि पछि पछि नाच्ने व्यक्तिहरू पनि त्यसरिनै उफ्रिंदै नाचे हाेलान । कालन्तरमा चिसाे छल्न उफ्रेकाे उफ्राई लाई ताल भन्न थालियाे। अहिले त ज्याकेट, काेट र जुत्ता लगाएर नाच्ने मानिसले पनि उफ्रि उफ्रि ताल हान्छ । ताल बिनाको झामरे राम्राे पनि देखिंदैन । मगर समुदायमा झामर्या वा झाबर्या नाचकाे सिजन पछि फागुन पूर्णिमादेखि काैरा नाच नचाउने चलन छ । फागुनदेखि नाच्ने काैरा नाच समुहमै नाच्छ । काैरा नाच नाच्दा हाउभाउ लगाएर आनन्दले जिस्कि जिस्कि नाच्ने गर्दछ । किनकि फागुनदेखि माैसम न्यानाे र जमिन ताताे हुन थाल्छ ।

मगर समाजमा “राेधि घर”लाई दिनभरिकाे थकान मेटाउने थलाेकाे रूपमा लिईन्छ। संसारमा डिस्काेथेक, पब, दाेहाेरि, गजलहरू खाेलिनु भन्दा हजारौं हजार वर्ष पहिलेदेखि मगर र गुरूङ समुदायमा राेधि घर थिए । राेधि घरमा बसेर सुखदुःख साटासाट गर्ने चलन थियाे र छ । फुलपातिदेखि सुरू भएकाे झामरे नाच पन्ध्र पुसमा गएर अन्त्य गर्ने चलन छ । चाैध पुसकाे राति राेधि घरमा गएर केटाकेटीहरू आमनेसामने बसेर बिचमा आगाे ताप्दै गाउने नाच्ने चलन छ ।

साँस्कृतिक समुहकाे ब्यानर

मगरात क्षेत्रमा यस चाडलाई ‘ओहाेरा/राे-इन’ अर्थात मगर समुदायकाे प्रेम दिवसकाे रूपमा पनि लिने गरिन्छ । झामरे नाच गाउन, बजाउन र नाच्नकाे लागि चाैध पुसलाई अन्तिम रात मानिन्छ । चाैध पुसकाे रातिमा गएपछि झामरे नाचेर पन्ध्र पुसमा अन्त्य गरिन्छ । पन्ध्र पुसपछि प्रायः झामरे नाच गाउने र नाच्ने चलन छैन । कतिपय रङ्गिला र जाेसिला तरुनी तन्नेरी बिच कडा जुवारि(दाेहारि) चले पन्ध्र पुस, साेर्ह पुस र सत्र पुससम्म नाच्ने र गाउने प्रचलन छ ।

राेधिघरमा केटिहरू

कतैतिर मगरात क्षेत्रमा यस चाडलाई ‘ओहाेरा/राे-इम’ अर्थात मगर समुदायकाे प्रेम दिवसकाे रूपमा पनि लिने गरिन्छ । राे भनेकाे माया र ईम भनेकाे घर अर्थात मायाप्रेम साटासाट गर्ने घर पनि हाे । झामरे नाच गाउन, बजाउन र नाच्नकाे लागि चाैध पुसलाई अन्तिम रात मानिन्छ । चाैध पुसकाे रातिमा गएपछि झामरे नाचेर पन्ध्र पुसमा अन्त्य गरिन्छ । पन्ध्र पुसपछि प्रायः झामरे नाच गाउने र नाच्ने चलन छैन । कतिपय रङ्गिला र जाेसिला तरुनी तन्नेरी बिच कडा जुवारि(दाेहारि) चले पन्ध्र पुस, साेर्ह पुस र सत्र पुससम्म नाच्ने र गाउने प्रचलन छ ।

राेधिघरमा झामरे नचाउन जाँदा तरूनिहरूले भुटेको मकै, भट्टा र जाँडरक्सी दिने चलन छ । झामरे नचाउन राेधि जाँदा विवाह नभएका तन्नेरी र तरूनिहरू बिच चिनजान गर्ने र कतिपय मन परापर भएमा माया प्रेम साटासाट गरि पछि बिहे गर्ने प्रचलन छ । याे चाडमा मगर समुदायले आफ्ना चेलबटिलाई बाेलाएर चिंचार(लट्टे), मासु र मिठाे परिकारका खानाहरू बनाएर खुवाउने चलन छ । गुरूङ समुदायले यी माथिका कार्यक अलावा पन्ध्र पुसलाई नयाँ वर्ष अर्थात् ल्हाे(वर्ग) फेरिने दिनकाे रूपमा मनाउने प्रचलन छ ।

आजको रातलाई बर्षकै लामो रात र अब उप्रान्त दिन लामाे र रात छाेटाे हुँदैजाने जनविश्वास छ । आजकाे दिनदेखि एक पाला छिटाे घाम उदाउने र एक पाला घाम ढिलाे अस्ताउँछ र दिनमा दुई पाला समय लामाे हुँदै जाने जनविश्वास छ । आजकाे रात पनि लामाे हुने जाडाे पनि अधिक हुनेहुँदा कतिपय अवस्थामा फिस्टेले मुर्छा खाएर मर्न सक्ने बुढापाकाकाे विश्वास छ । जनविश्वासकाे आधारमा पन्ध्र पुस मगरकाे नयाँ वर्ष जस्ताे पनि देखिन्छ । तर मगर, थारू र घलेहरूलाई घाम १ गतेलाई नयाँ वर्ष भनेर मान्ने गरिन्छ ।२०६२/०६३ जनआन्दोलन अघि गुरूङ समुदायले पन्ध्र पुस र वर्ग फेरिने दिन ल्हाेसार(नयाँ वर्ष) भनेर मान्दै आएकाे थियाे । र जनआन्दोलन-२ पश्चात् तमु ल्हाेसार भनि सरकारद्वारा घाेषणा गर्याे । जनआन्दोलन-२ पश्चात सरकारले घाेषणा गरेपछि यी समुदायहरूले हाम्रो चाड भनेर खुल्ला ठाउँमा ल्हाेसार, माघि मनाउन सक्ने आँट देखाए ।

3 0
Happy
Happy
67 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
33 %