–पूर्ण बहादुर राना
२०६४ साल चैत्र २८ गते पहिलाे संविधानसभाकाे चुनाव हुँदै थियाे । तनहुँकाे श्री बाल विकास मा. वि. भिरकाेट बुथमा चेत्र २७ गते सर्वदलीय बैठक बस्याे । बैठक सिद्दिए पछि हामी घर आउन लागेका थियाैं । त्यतिनै बेला एकजना माओवादि पार्टीका रानाभाट थरका व्यक्तिले राष्ट्रिय जनमुक्ति पार्टीले किन पढ्दै नपढेकाे उम्मेदवार उठाएकाे भनी मलाई प्रश्न गरे । ती महिला उम्मेदवार क्षेत्री थिईन । उनिले हाेटल व्यवसाय गर्थिन । मैले भने पार्टीको निर्णय हाे । त्यहि अनुसार उठेकि हुन् भने । ती महिला पार्टी स्थापना पश्चात जनमुक्तिमा लागेकि थिईन । उनी साक्षर सम्म थिईन ।
म विवाद गर्न चाहान्न थिएँ । तर ती रानाभाटले पटक पटक मलाई खिसिटिउरी पाराले प्रश्न गरिरहे । पढ्दै नपढेकाे महिलाले के संविधान लेख्छ? संविधान भनेकाे थाहै नहुनेले संविधानमा हक अधिकार कसरी लेख्छ, के लेख्छ भनेर प्रश्न गरिरहे ।
धेरै प्रश्न गरेपछि मलाई अब बहस गर्नुपर्याे जस्ताे लाग्याे । त्यस ठाउँ वरिपरि प्रहरिहरू उभिई रहेका थिए । अनि उनलाई मैले त्यहाँ राईफल बाेकेर उभिरहेकाे प्रहरीलाई देखाएर साेधें तपाईं पढेकाे मान्छे के तपाईंलाई थाहा छ त्याे राईफलमा कतिवटा गाेलि जान्छ? अनि मैले भने म पढेकाे छु तर मलाई त थाहा छैन भने । त्यसपछि उनले भने मलाई नि थाहा छैन । अनि मैले ती रानाभाटलाई भने साेकरेट्स, प्लेटाे, आईन्सटाईनले कुन विश्वविद्यालयमा पढेका थिए? राईटब्रदर्शले कुन विश्वविद्यालय पढेर जहाज बनाएका थिए? उनिहरूले आफ्नो क्षेत्रका अनेकन सिद्धान्त पत्ता लगाएका छन् । शेक्सपियर एसएलसि फेल थिए। तर उनले लेखेकाे नाटक र कविताहरू हामीले मास्टर्स र पिएचडि लेभलमा पढ्नुपर्छ भने ।
अनि मैले भने हेर्नुहाेस फेसबुक बनाउने मार्क जुकरवर्गले कुन विद्यालय र विश्वविद्यालयमा पढेका थिए भनेर प्रतिप्रश्न गरें । नयाँकुरा सिर्जना गर्ने भनेकाे मानिसकाे सिर्जनात्मक क्षेमताले हाे । त्यहि सिर्जना पछि पाठ्यक्रम बनाई विद्यालय तथा विश्वविद्यालयमा पढाई हुन्छ । मित्र आ-आफ्नाे क्षेत्रमा सबै विज्ञ हुन्छन् । राईफल कति प्रकारकाे हुन्छ र राईफलमा कतिवटा गाेलि जान्छ त्याे पुलिसलाई थाहा छ । घरकाे गाराे कसरी हाल्नुपर्छ डकर्मिलाई थाहा छ । मेरि आमालाई कहिले मकै छर्नुपर्छ, कहिले गाेड्ने र कहिले मकै छुट्याउनु पर्छ र कहाँ कुन बनकाे पाखा र खाेल्सिमा दुधिलाे घाँस पाउँछ मेरि आमालाई थाहा छ । त्यसैले प्रहरिले हतियार सम्बन्धि ब्याचलर पास गरेकाे छ । कसरी हतियार चलाउनुपर्छ र कतिवटा गाेलि जान्छ भन्ने विषयमा ब्याचलर र माष्टर्स गरेकाे छ । घरकाे गाराे लगाउने डकर्मिले आफ्नाे विषयमा ब्याचलर गरेका छन् । मेरि आमाले पनि खेतीपाती गर्ने बारे र घाँस काट्ने विषयमा ब्याचलर गरेकि छिन् भने ।
मैले दक्षिण अफ्रिकाको उदाहरण दिएँ । दक्षिण अफ्रिकामा संविधान बन्दै गर्दा सरकारले जनतासँग राय माग्दा अनपढ घाँस दाउरा गर्ने महिलाहरूले भनिन रे मेराे घरमा कुखुरा स्यालले लान्छ अब बन्ने संविधानमा कुखुरा स्यालले लान नपाउने भनेर लेखिनु पर्छ भनिन रे । दाेश्राे महिलाले मलाई लाेग्नेले दिनभरि रक्सि खाएर राति कुट्छ । अब बन्ने संविधानमा मेराे लाेग्नेले कुट्न नपाउने भनेर लेख्नु पर्छ भनिन रे । अर्कि महिलाले म बच्चा पढाउन मन छ । तर पैसा छैन अब बन्ने संविधानमा मेराे बच्चा पढाउन पाउनु पर्छ भनिन रे । यी सुझाव संवैधानिक आयाेगमा पुगेपछि संविधानविदहरूले छलफल गर्दा कुखुरा स्यालले लान नपाउने भनेकाे शान्तिसुरक्षा हुनुपर्छ, लाेग्नेले पिट्न नपाउने भनेकाे महिला अधिकार हुनुपर्छ र बच्चा पढाउन पाउनु पर्छ भनेकाे निःशुल्क शिक्षा भनेर संविधानमा लेखिएकाे थियाे रे । त्यसैले जनता पढेका हुन वा नपढेका उनिहरू आफुले बुझेकाे भाषामा बाेल्छन भनी दिएँ । संविधान बनाउने संविधान विदहरूले हाे । त्यसैले तपाईं हामीले पढेकाे घमण्ड नगराैं । सबैले आ-आफ्नाे जिन्दगि गुजारा गरेका छन् भनिदिएँ ।
हामी बहस गरिरहेकाे चाैपारि अगाडि हुलाक थियाे । अहिले त्यहाँ आरसिसि घर बनेकाे छ । त्यस हुलाककाे भित्तामा प्रचण्डकाे फाेटाे थियाे । अनि मैले भने माओवादिले १३,००० मान्छे मारे त्यसमा मगर मात्रै ८००० मरेकाे छ । अनि दलित मरेकाे छ । खसआर्य थाेरै मरेकाे छ । मुसाकाे नेता मुसा र बिरालाे नेता बिरालो हुनुपर्छ भनें। किनकि उनिहरूले जनमुक्ति पार्टीको बिचार केही छैन भनेकाे थियाे ।
आज कान्तिपुर पत्रिकामा राष्ट्रिय दलित आयाेगका अध्यक्ष देवराज विश्वकर्माकाे लेखले त्यहि पुरानाे कुरा सम्झायाे र याे लेख लेखेकाे हुँ । देवराजले अहिले सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाकाे निर्वाचनबाट एक जना दलित प्रतिनिधि सांसद बनेकाे र मुस्लिमबाट एक जना पनि सांसद नबेनेकाे बारे चिन्ता जाहेर गरेका छन् । त्यतिबेला काङ्ग्रेस पार्टीबाट उम्मेदवार पाैडेल, माओवादि पार्टीबाट बिश्वकर्मा, जनमुक्ति पार्टीबाट मगर उम्मेदवार थिए । मुसाकाे नेता मुसा र बिरालाेकाे नेता बिरालाे भन्ने कुराले मेराे गाउँमा निकै चर्चा पायाे । माअाेवादि दलितहरू रनानभाट र मेराे बहसमा निकै आक्राेसित भए ।
अझै पनि मलाई विश्वास छ मुसाकाे नेता मुसानै हुनुपर्छ । बाघकाे नेता बाघ र बाख्राकाे नेता बाख्रानै हुनपर्छ । र चिलकाे नेता चील र कुखुराकाे नेता कुखुरानै हुनुपर्छ । किनकि मधेसी, दलित, मुस्लिम आदिवासीहरू राजनीतिक र शैक्षिक रूपमा मुसा, बाख्रा र कुखुरा सरह छन् । यी समुदाय अहिले सम्म नत नागरिकनै भईसकेकाे छन् नत राष्ट्र नै भएका छन् । यी समुदाय नत पार्टी हाँक्ने राष्ट्रिय पार्टीका अध्यक्ष र सभापतिनै भएका छन् । यसकाे समाधान केवल राष्ट्रिय जनमुक्ति पार्टीसँग मात्रै छ । त्याे हाे राज्यकाे हरेक निकाय र तहमा जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व सिद्धान्त लागू हुनुपर्छ । याे सिद्धान्तमा कसैलाई घाटा छैन । सबै जातीय समुदाय; खसआर्य, दलित, मधेसी, मुस्लिम, आदिवासी जनजाति, महिला र पिछडिएको क्षेत्रका जनता सबै नेपाली दिदिबहिनी र दाजुभाइले राज्यसत्तामा आफ्नो जनसंख्या अनुसार भाग पाउनेछन् । काेहि जित्ने र हार्ने(winner and looser) नभई सबै जातीय समुदायले जित-जित(win-win) काे अवस्था हुनेछ । बल्ल १२५ जाति नेपाली दाजुभाइहरू राज्यसत्तामा आफ्नो जातीय जाहानकाे संख्याकाे जगमा बराबर अंशवण्डा र भागवण्डा पाई हाँसिखुसि रहनेछन् र नेपाल शान्त समृद्ध हुनेछ ।