वीरलखनथापा ः प्रथमविद्रोह र सहादत

Read Time:13 Minute, 7 Second

त्रिलोक सिंह थापा मगर
पृष्ठभूमिः
वि.सं. १९३३ फागुन २ गते (सन १८७६ इं.सं.)माअत्यन्तनिर्ममता, निर्यदता, यातना र कोर्रा हानेर कप्तानलखनथापाको हत्यागरिएको थियो । पक्राउपरेकाउनका सहयोगी साथीहरूलाई गोलीहानेर तथाजयसिङ्गचुमीलाई रुखमा झुन्डाएर मारिएको थियो । अन्य सहोगीहरू ज्ञान दिलास र कालु लम्साललाई ब्राम्हण जातिकाभएको हुँदाक्षमादानदिइयो । नेपालको राजनैतिकइतिहासमापहिलो पटक प्रजातन्त्रको पक्षमालखनथापाले पैरवी गरेकाथिए । तत्कालीनप्रधानमन्त्रीजङ्गबहादुरको तानाशाही, एकतन्त्रीय, हुकुमी र निरकुंशशासन पद्धतिको विरुद्ध जनतामाजागरण, चेतनाजगाउने, जनतालाई संगठित गर्ने तथा सशस्त्र जन विद्रोह गरेकाथिए ।
सहिद घोषणाः
लामो अवधिको जनदबावमा १ सय २२ वर्ष पछि कप्तानलखनथापालाई नेपाल सरकारले २०५६ फागुन ११ गतेमा सहिद घोषणा ग¥यो । त्यस पछि २०७२ असोज ३ गतेमामन्त्रिपरिषदले नेपालको प्रजातान्त्रिकआन्दोलनको पहिलो सहादतप्राप्तगर्ने कप्तानलखनथापाहुन् भनेर विधिवत ऐतिहासिक निर्णय ग¥यो । तै पनिआजसम्मउनलाई नेपालको राष्ट्रिय विभूतिको दर्जाप्रदान गरेर सम्मानप्रदानगर्न सकेको छैन । कारण लखनथापाआदिवसीजनजाति मगरको छोरा हुन् भनेर ?
टिप्पणीहरूः
केहिविद्वानइतिहासकारहरूले पुर्वाग्रहवशकप्तानलखनथापाको विद्रोह माथिहल्का र हास्यास्पदटिप्पणीहरू पनि गरेका छन् । जस्तो लखनथापाको विद्रोह “एकनयाँ र हास्यास्पदकिसिमकाविद्रोह बालचन्द्र” (बालचन्द्र शर्मा नेपालको ऐतिहासिक रुप रेखा, २०३३) तथा“एकलुच्चे मगरले श्री ३ महाराजधिराजमादगा.. ” (नेपाल देशको इतिहास, २०३१) आदि । तर जङ्गबहादुरका साहिला छोरा पदमजङ्ग राणा (ई.सं. १९०९), बेल्पटन (ई.सं. १९८८) विक्रमगीत हसरत (वि.सं. २०२७) महेशचन्द्र रेग्मी (ई.सं. १९८०),पुरुषोतम शमशेर राणा (वि.सं. २०४७), आदिविद्वानइतिहासकारहरूकाअनुसार नेपालको इतिहासमापहिलो पटक लखनथापाले विद्रोह गरेकाथिए । जङ्गबहादुरको आदेशमाउनको हत्यागरिएको थियो भनेरआ–आफ्ना पुस्तकमाउल्लेख गरेका छन् । यसरी इतिहासकारहरूमालखनथापाको बारेमासहमति देखिन्छ ।
युवाअवस्थाः
अधिकाशं विद्वानइतिहासकारहरूले लखनथापाको जन्मवि.सं. १८११ (ई.सं. १८३४)मागोर्खा जिल्लाको बुङ्गकोट गा.वि.स. वडा नं. ४ काहुले भँगारमाभएको र त्यही नै उनलाई मृत्युदण्ड दिइएकोमा सहमति जनाउँदछन् । प्रारम्भिकशिक्षाभारतको अलमोडा शहरमाआफन्तको घरमाभएको पनिइतिहासकारहरूमाएकमत छ ।
लखनथापाआफ्नो बालाअवस्था देखि नै राष्ट्रभक्त, मुलुकप्रतिबफादार, स्वतन्त्र र स्वाभिमानी स्वभावकाथिए । अङ्ग्रेज सरकारको गोर्खा सेनाको सुख सुविधा सम्पन्नजागिरले उनलाई लोभ्याउन सकेन । आफ्नै मुलुकको पुरानो गोरखा गणमा विसं १९११ (ई.सं. १८५४) मा २० वर्षको उमेरमाभर्ना भए । सन् १८५७को भारतीयसिपाहीविद्रोहलाई दमनगर्न कमान्डर इनचीफजंगबहादुर राणाको कमान्डमा गएको २५ वटा पल्टनमा उनीपनि सहभागीभएर लखनउपुगेकाथिए।
नेपालको तिब्बत(भोट)सँगको युद्ध (वि.संं १९११)तथाभारतीयसिपाहीविद्रोहलाई दमन(वि.सं. १९१४) गर्ने रणनीतिमा कौशलताएवं वीरताको प्रदर्शनले गर्दागैर राणा सैनिकहरुलाई पदोन्नतिको बाटो खुलेको थियो । खसलाई क्षेत्रीसरह र मगर गुरुङ्लाई कर्णेलको पद सम्मपदोन्नतिगर्ने प्रावधानभयो । (रेग्मी १९७०) सोहीअनुसार लखनथापामा युद्ध कुशलता, नेतृत्वक्षमता, संगठन गर्ने गुण, रण योजनातर्जुमाशीपतथा साहसिलो आँट लिनुकासाथै युवराज त्रैलोक विक्रमशाहको आठ पहरिया अर्थात अंगरक्षकको बलियो आधारहरू थिए ।फलस्वरुपजागिरको छोटो अवधि र सानो उमेरमा नेपाली सेनाकाकप्तानपदमापदोन्नतिप्राप्त गरेको किटान गर्न सकिन्छ ।
लखनथापाको विद्रोहकाकारणहरूः
क) नेपालकातत्कालीनप्रधानमन्त्रीजङ्गबहादुर राणाको तानाशाही, निरुकुंश, हुकुमीतथाएकतन्त्रीयशासनतथाजनतामाथिदमन, अत्याचार एंव अनन्यायबाट लखनथापा असन्तुष्ट थिए ।
खं) जङ्गबहादुरले अंग्रेज सरकारलाई खुशीपार्न भारतीयप्रजातन्त्रकापक्षधर तथा स्वतन्त्र सेनानीमाथि गरेको पशुवतव्यवहार, हिंसा, हत्या, लुटपाट र अत्याचारआफैले देखेकाथिए । उनको अन्तरमनमाजङ्गबहादुरको अन्यायलाई सधैकालागि समाप्तगर्न भारतीय स्वतन्त्र सेनानीहरूको आन्दोलनबाट प्रेरणा मिलेको देखिन्छ । तत्कालीनअँग्रेज शासकहरूसँग जङ्गबहादुरको मिलेमतो पनि स्वतन्त्रतथा स्वाभिमानीलखनथापालाई स्वीकार थिएन । “मुलुकमलेच्छलाई बेच्यो भनेर नारा समेत गरे”
ग) जङ्गबहादुरले केही असन्तुष्ट ब्राम्हणहरूलाई खुशीपार्न लागु गरेको मुलुकी ऐन (वि.सं.१९१०)ले जनजातिआदिवसीहरूको सामाजिक स्तर तलझा¥यो । लखनथापालाई असहय पीडाभयो । जङ्गबहादुले “मच्चाएको त्राहि त्राहिबाट जनतालाई मुक्तिदिलाउनतथा नेपालमा सतयुगफिराउन”अर्थात प्रजातन्त्र स्थापितगर्न केही सहयोगीहरूका साथउनले दृद्द संकल्प गरे । प्रतिज्ञा गरे ।
घ) गोर्खाको बुङ्गकोटमा नेपाली सेनाका सेनापतिधीर शमशेरसँग युद्ध भयो । गोलीगट्ठा र रासनपानीको आपुर्ती हुनसकेन ।लखनथापाको पराजयभयो । तिब्बत(भोट)मा राजनीतिक शरण सजिलोसँग लिन सक्दथिए तर स्वाभिमानी राष्ट्र प्रेमी र राष्ट्रभक्त लखनथापालाई आफ्नै माटोमाबिलाउन र समाउन सहर्ष स्विकार थियो ।
जङ्गबहादुरको अन्तिमअवस्थाः
भनिन्छ वि.सं. १९३३ फागुन १ गतेको रातीजङ्गबहादुर बुङ्गकोटको नजीकआई पुगेकाथिए । लखनथापाको ८ मिटरको उचाँइबाट हामफालेर धारिलो हतियारबाट जङ्गबहादुरमाथिप्रहार गरे ।जङ्गबहादुर घाइते भए । मृत्युदण्डको समयमालखनथापाले घोषणा गरेकाथिए, “मेरो मृत्युको १० दिनमाजङ्गबहादुरको पनिअवसानहुनेछ ।” न भन्दै लखनथापाको हत्या भएपछि दशदिनमाजङ्गबहादुरको पनिवि.सं. १९१३ फाल्गुन १३ गतेकादिन मृत्यु भयो । अनुत्तरित प्रश्न छ, के लखनथापाको धारिलो हतियारको प्रहारबाट घाइते भएकावा सेतो बाघको आक्रमणबाट वा पेटको रोगबाट जङ्गबहादुरको मृत्यु भएको थियो? भनिन्छ उनको लाशपनिउनकाभाईभरदार र आफन्तहरूलाई बुझाइएन । यो रहस्यमय घटना खोज र अनुसन्धानको विषयहो ।
जंगबहादुरको विरुद्धअन्यविद्रोहहरूः
तत्कालीनप्रधानमन्त्रीजङ्गबहादुर राणाले छल, कपट, जालझेल तथा षड्यन्त्र गरेर सत्ताप्राप्त गरेकाथिएफलस्वरुपउनको उदयहुनुका साथै उनको विरुद्ध दर्वारिया षड्यन्त्रपनि शुरु भै सकेको थियो । पारिवारिक, व्यक्तिगत र आवेशमाआएर आदिवासीजनजातिका केहीयुवाहरू समेतले जङ्गबहादुर राणाको हत्यागर्ने असफलप्रयास गरेकाथिए ।
लखनथापाको विद्रोहतानाशाही, एकतन्त्रीयशासनतथाअधिनायवादीशासन प्रणालीको विरुद्ध पहिलो जनयुद्ध र जनक्रान्तिथियो । जङ्गबहादुर राणाको अत्याचार, दमन, निर्मम हत्या र कठोर मृत्युदण्डको सजायपाउने पनिपहिलो जननेतालखनथापा नै थिए । अतः राज्यले निम्नलिखित सुझावहरू प्राथामिकताको आधारमाकार्यान्वयनगर्नु गराउनु उपयुक्तहनेछ ।
सुझावहरूः
१) इतिहासकार र विद्वानहरूको दल गठन गरेर उनको योगदानकोविषयमाविस्तृत अध्ययन अनुसन्धानएंवखोज गरिनु पर्दछ ।
२) उनले निमार्ण गरेकाकिल्ला, मन्दिर र अरु भवनहरू जस्ताको त्यस्तै निर्माण गर्ने तथात्यसबेलाका सम्पूर्ण सामग्रीहरूको प्रदर्शन गर्न लगाउनकालागिम्युजियम स्थापनागरिनु पर्दछ ।
३) लखनथापाको जीवन र मगर समाजको विषयमा डकुमेन्ट्री तयार गरि नियमितप्रर्दशनगर्ने व्यवस्थामिलाउनु पर्दछ ।
४) वि.सं २००७ सालको प्रजातान्त्रिकआन्दोलन, पहिलो र दास्रो जनआन्दोलन र १० वर्षीय जनयुद्धमा सहादतप्राप्तगरेकासम्पूर्ण मगरहरूको सालिकक्रमशःबुङ्गकोट किल्लाको परिसरमा स्थापनागर्नु पर्दछ ।
५) पर्यटकीय मगर गाउँविकास प्रर्वद्धनका लागिबुङ्गकोट परिसरमा“मगर पर्यटक गाउँ”विकसितगर्ने र स्वदेशीतथाविदेशीपर्यटकहरूलाई आकर्षित गर्ने । घले राजाको लिगलिगदौड प्रतियोगिताको दोश्रो दिनलखनथापाको जनयुद्ध र बाँसको पिञ्जराकोप्रदर्शन बुङ्गकोट गाउँमाआयोजन गर्नेव्यस्थामिलाउनु पर्दछ ।यसरी मगर सँस्कृतिपर्यटनको प्रवद्धन स्वदेशीविदेशीपर्यटकहरूलाई अवलोकनगर्ने गराउने ।
६) बुङ्गकोट देखि विभिन्न मगर गाउँमा“मगर यात्रा”पर्यटकीय भ्रमणको व्यवस्था गरेर आन्तरिक एंव अर्नराष्ट्रिय प्रर्यटन प्रर्वद्धन योजनालागुगर्ने । यस प्रकारले मगर तथा मगरातको ऐतिहासिक सँस्कृति र सामाजिकजीवनको जानकारी विदेशीतथा स्वदेशीपर्यटकहरूलाई दिनुपर्ने ।
निरक्योलः
नेपालको राजनैतिकइतिहासमापहिलो पटक प्रजातान्त्रिकतथालोकतान्त्रिकआन्दोलनको बिउ रोप्ने तथाजगबसाल्ने प्रथमशहीदकप्तानलखनथापा मगर कुनै एउटा जाति, समुदायतथा समाजकाप्रतिनिधीहोइनन् । उनि सम्पूर्ण नेपालीतथासिँगो राष्ट्रका प्रतीक, आदर्श व्यक्तित्वतथाप्रतिनिधीहुन् ।
उनको प्रतिमा र शालिकको उपयुक्त ठाउँ काठमान्डौको शहीद गेट हो । उनलाई राष्ट्रिय सम्मानप्रदानगर्नकालागिगोरखको बुङ्गकोट गाउँको परिसरमा साततल्ले किल्लाको पुर्ननिमाण र जिर्णोधार कार्य गर्नुपर्ने हो । लखनथापाले आरम्भ गरेको प्रजातन्त्रको युद्ध २००७ सालमा समाप्तभयो । अतःउनको निस्वार्थ त्याग, तपस्यातथाप्रजातन्त्र स्थापनाकालागिगरिएको बलिदानको कदर गर्नकालागिउनलाई विधिवत राष्ट्रिय विभूति घोषणा गर्नु हो । के राज्य र राष्ट्रले यस विषयमागम्भीरता साथध्यानदिनेछ?
triloksthapa@gmail.com

1 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %