देब पचभैया

पाल्पा, कार्तिक ६ – बिहेको दुर्गन फर्काएर घर फर्किएकी २१ बर्षिया नायिका रुपा थापा मगरको स्कुटर दुर्घटनामा ज्यान गएको छ । उहाँका श्रीमान् २७ बर्षिय महेश पुन गंभिर घाईते भएका छन् ।
मृतक थापा मगरी चलचित्र लर्फु (पछ्यौरी) मा नायिकाको रुपमा अभिनय गर्नुभएको छ भने पाल्पाका बिभिन्न एफ,एम रेडियोमा समेत काम गर्नुभएको थियो ।
स्याङ्जाको कालिगण्डकी गाउँपालिका ४ विर्घास्थित माइतीमा बिहेको दुर्गन फर्काएर मालिका गाउँपालिका १ नेटा गुल्मीमा रहेको श्रीमान्का् घर फर्कने क्रममा स्याङ्जाको मालुङ्गा नजिकै उनीहरू सवार लु ३७ प ३०९० नम्बरको स्कुटरलाई र विपरीत दिशाबाट आएको लु १ च ७२५६ नम्बरको जिपले ठक्कर दिएको थियो ।
घाईते थापाको उपचारको क्रममा पाल्पा स्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाईते थापाकी श्रीमान् महेशको लुम्बिनी मेडिकल कलेज प्रभासमै उपचार भैरहेको छ । उनको अवस्था समेत गंभिर रहेको अस्पतालले जनाएको छ ।
उनीहरुको ११ दिन अघि मात्रै मागी बिहे भएको थियो । मगर बिद्यार्थी संघ पाल्पाकी पूर्व अध्यक्ष समेत रहनुभएका मृतक थापाको शबलाई जिल्ला अस्पताल पाल्पामा पोष्टमार्टम पछि आफन्तलाई शब बुझाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।
