देब पचभैया
पाल्पा, साउन १२ – तानसेन पाल्पाकी स्वर्गिय बिन्द्रा कुमारी गाहा मगरको कर्मकाण्डको लागी युके बाट आर्थिक सहयोग प्राप्त भएको छ ।
हुम बहादुर थापा (गाहामगर ) की धर्मपत्नी uk magar Association wembley middlesex branch का आजिवन सदस्य बिन्द्रा कुमारी गाहा मगरको निधन प्रति दुख ब्यक्त गर्दे कर्मकाण्डको लागी यूके बाट तीन लाख उनान्सय हजार रकम प्राप्त भएको हो । थापाकै घरमा एक कार्यक्रमको आयोजना गरी सो रकम यूके मगर संघका सल्लाहकार हुम बहादुर थापा (पचभैया) ले हस्तान्तरण गर्नुभएको हो । सहयोग रकमको चेक लिदै स्वर्गित बिन्द्रा कुमारीका श्रीमान् हुम बहादुर गाहा मगरले यूके बाट प्राप्त आर्थिक सहयोगमा केही रकम थपेर श्रीमतीको संझनामा आफ्नो गाउ रिब्दीकोट ६,ठिमुरे पाल्पामा बौद्ध बिहार निर्माण गर्ने जानकारी दिनुभयो । सहयोग गर्ने सबैलाई धन्यबाद दिदै उहाले आफु आगामी दिनमा पनि निरन्तर रुपमा समाजसेवामा लाग्ने बताउनु भएको छ ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेपाल मगर संघ का पुर्ब केन्द्रिय सदस्य गम बहादुर थापा, जनजाति महासंघ जिल्ला समन्वय समिति पाल्पाका अध्यक्ष केहर सिंह राना, महिला मगर संघ पाल्पाका सचिब शाबित्रा राना, सल्लाहकार मोहन कुमारी थापा, कोषाध्यक्ष राधा थापा, राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष नारायण बहादुर कुवर, निवर्तमान अध्यक्ष खुम बहादुर सिंजाली, मगर पत्रकार संघका केन्द्रिय महासचिब देब पचभैया, पत्रकार भबिश्वर पौडेल लगाएतको सहभागीता थियो ।
