विश्वकै सवैभन्दा ठूलो थान्का लुम्विनीमा प्रदर्शनी हुने !

Read Time:2 Minute, 27 Second

गोविन्द घर्ती

रुपन्देही, मंसीर ७ – विश्वकै सवैभन्दा ठूलो थान्का लुम्विनीमा प्रदर्शनी हुने भएको छ । यही मंसीर १० र ११ गते प्रदर्शन हुने आयोजकले जनाएको छ ।

नेपाल बौद्ध महासं तदर्थ समिति रुपन्देहीको व्यवस्थापनमा उक्त प्रदर्शन हुन लागेको बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । जापान र नेपालको कुटनैतिक सम्वन्ध ६० बर्ष पुगेको अवसरमा तथा नेपालमा हत्या हिंसा बढिरहेकोले उक्त थान्का प्रदर्शन गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

भगवान गौतम बुद्ध संग सम्वन्धीत रहेको ऐतिहासिक वस्तुहरुको चित्रण गरिएको थान्का प्रदर्शन गर्न लागिएको र उक्त थान्का ७० मिटर लम्वाई र ५० मिटर चौडा रहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । भगवान गौतम बुद्धको ऐतिहासिक दस्तावेजको रुपमा राखिएको थान्का ८१ वटा टुक्रामा विभाजन गरिएको उक्त थान्का सूर्यबहादुर थकालीले निर्माण गरिएको नेपाल बौद्ध महासंघ रुपन्देहीका अध्यक्ष ईन्द्रबहादुर गुरुङ्गले जानकारी दिनु भयो । सो थान्का १६ वटा देशको सहभागित, १० हजार स्वयमसेवकले ८ बर्षमा तयार गरेको जनाएको छ ।

लुम्विनीमा प्रदर्शन गरिने थान्काको करिव ५० हजार देखि १ लाख सम्मले अवलोकन गर्ने र करिव ४ लाख खर्च हुने आयोजकले जनाएको छ । उक्त थान्कालाई जापानमा नराखेर भगवान गौतम बुद्धको जन्म स्थल लुम्विनी राख्ने योजना रहेको अध्यक्ष गुरुङ्गले जानकारी दिनु भयो ।

नेपाल बौद्ध महासंघ तदर्थ समिति रुपन्देहीका अध्यक्ष ईन्द्रबहादुर गुरुङ्गको अध्यक्षता र कमल थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %