माया घले मगर
इजरायल, नोभेम्बर ५ – लुम्बिनी कपिल बस्तु दिवश (प्रबर्दन) अभियान इजरायलले भैलो देउसीको अवसर पारी घर दैलो कार्यक्रम गरियो |
भैली खेल्ने कार्यक्रमको सुरु सुरज प्रताप मादेनको अपार्टमेन्ट बाट सुरु गरिएको थियो भने अन्त्य सिमा तामांगको घर बाट गरिएको थियो |
उक्त कार्यक्रम लुम्बिनी कपिल बस्तु अभियान मिना बान्तवा राईको संयोजकतामा भएको छ | भैलो खेल्न जाने बीच लिबिनिसकी पार्कमा भेटघाट भेला भै आ-आफ्नो बिषय बस्तुमा भाग लिई पूर्णता तरिकाले टोलि हिडेका थिए उक्त भैलो देउसी टोलिमा सहक्रिय मिना बान्तवा राई, भीमा नेम्हांग मुना सिवाकोटी, कविता सुरुवर, सावित्रा सुनुवार राई, लमु सेर्पा, अस्मिता बनिया, हुनु हुन्थ्यो लगायत…साथमा अरु मित्रहरु..पनि.. सहभागिता मा रहेको थियो |
लुम्बिनी कपिलबस्तु दिवश अभियान नेपालको आफ्नो रास्ट्रियता अन्तरास्ट्रिय जगत सम्मको हेर्दा नपत्याउँदो प्राय त्यत्ति थाहा नभएको हुन् सक्ने, नसुनेको हुन् सक्ने, बुझ्ने लाई मात्र चासो भएको कारण झन्डै ३० ओटा राष्ट्रमा स्थापना भै सक्दै धेरै गहन कामहरु गरी सकेको र न्यून न्युतम स्तरमा रही उच्च जो देशले पनि सोच्नु नसकेको काम गरिरहेको छ, यो यौटा संघ सस्था र पार्टी नभई बुद्द जन्म स्थानको बुद्द महामानवको मानव अधिकारलाई फिर्ता ल्याउनुको लागि बुद्दको जन्म घर जन्म भूमिको स्थानको संरक्षणको लागि बुद्ध भूमी चिनाउनुको लागि बिस्वोमा २००९ सालमा खडा भई अगाडी बढेको अभियान मात्र रहेको हो |
त्यसै गरी कोहि आउनु नसक्ने, समय दिनु नसक्ने, छुट्टि नभएको सदस्य र पधाधिकारीहरुले उक्त देउसीमा सम्मिलित हुन् नपाउनुको कारण आफ्नै कारण आर्थिकले कमजोरी घस्री रहेको अवस्था र इजरायलमा बेग्लई खालको कार्यक्रम गर्दै आएको अभियानलाई दयामायाले आफ्नो सो इच्छाले देउसी भैलो कार्यक्रमको आफ्नो देउसी भैली भाग लुम्बिनी अभियानलाई सहयोग रकमहरु दिने निधो गर्नु भएको छ |
अभियानले आफ्ना कमिटीमा बसेका पधाधिकारी पद सम्भालेर बस्नु भएकाहरुलाई देउसी खेल्न आउनु अनिवार्य गराएको थिएन विदेसी भूमिमा आफ्नो काम भन्दा ठुलो अरुकुरा नभएको कारण जसले चाहिं भियाउनु हुन्छ, समय दिनु सक्नु हुन्छ, जसको छुट्टि छ उहाँहरु मात्र भैलो खेल्न आउने भनि आफ्ना अभियानका पधाधिकारीहरुलाई बाहिरी सूचना दिएको थियो |
त्यसै अनुसार भियाउने र समय दिनु सक्ने मेम्बरहरु मात्र आउनु भएको हुदा समुह सानै भय पनि कार्यक्रम पूर्ण बिधि पुर्वक र रमाईलो भएको थियो | देउसे भैले नेपाली सस्कृति कल्चरको सम्मानको लागि तत्पर नेपाली सस्कृति झल्किने पोशाकमा सज्जित थिए उहाँहरु जो सबेरै तेलाभी आएर सजिनुमा केहि समय लागेको थियो |
अपार्टमेन्टमा बस्ने अपार्टमेन्टका नेपालीहरु समेत खुसियाली माने आफुलै गर्वंसली माने आफ्नो गाउँघरको झाझाल्को सम्झनु र उक्त भैलो देउसे नेपाली कलाले गाउँघर पखेरा बिर्साई देको थियो घर घरका दाजुभाई दीदीबहिनीहरुले साथ साथै नाचेर खुसि हुदै अत्ति रमाइलो मानेका थिए |
अर्को रोमान्टिकमा ढिलो दक्षिना आएमा घरमुलीलाई गीतैले घुर्क्याउने काम समेत भएको थियो | उत्तिखेर साचिकै सबैलाई नेपालकै गौन्घर्मा भएको महासुह हुन्थ्यो | अन्तिममा दक्षिन दिदा देउसे भैलेलाई कदर गर्दै नांगलोमा सेलरोटी थालमा चामल करुवा कलसमा पानी र फुल राखेर दियो बत्ति बलि त्यसको ओरिपरि भेटि फूल आदिले सजि सजाऊं बीच प्रागणमा देउसे भैलेको अगाडी राखीदिनु भएको हुन्थ्यो |
अन्तिममा आशिष दियारै मात्र त्यो घर छाडेर जाने चलन रह्यो | आशिषमा बिधिबिधान अनुसार मजेत्रो अथवा ढाकाको मजेत्रोमा देउसे भएहरु बाट घर मुलीलाई आशिष थप्नु लगाई टीको लगाई पानी वा अरु कुनै चिज सानो चोखो ग्लास मा पिउनु दिएका थिए |
यक प्रकारले नेपालमा पनि सबै ठाउँमा त्यस्तो चलन नहुन सक्छ र आशिष दिने मुलीमा कविता सुनुवार सावित्रा राई हुनुहुन्थ्यो भने उक्त भैलो देउसी कार्यक्रममा सावित्रा सुनुवारको नाच्ने भाग नाच्ने कलाले सबैलाई चकित बनाको थियो उहाँको नाच सबैले मनपराई बारबार नाच्नु भनि अफ्फ़र भएको थियो उहाँहरुले पुर्बेली पक्षिमेलि दुवै खाले गितहरुमा मैदान तताउनु भएको थियो |