आदीवासी जनजातीको संयुक्त बेमौसमी तरकारी खेती तालिम सम्पन्न

Read Time:1 Minute, 26 Second

देव पचभैया मगर

 पाल्पा, असार १७  – बौघागुम्हा कृषि संञ्जाल र आदीवासी जनजातीको संयुक्त बेमौसमी तरकारी खेती तालिम सम्पन्न भएको छ ।  बौघागुम्हा कृषि संजाल र आदीवासी जनजातीको आयोजना तथा बौघागुम्हा गाविसको आर्थिक सहयोगमा तालिम सम्पन्न भएको हो ।

तालिममा ९  वडाका ६० जना कृर्षकहरुको सहभागिता रहेको थियो । तालिम पछि कृषकहरुलाई नगदे बालीका विउ विजन र किटनासक  औषधी समेत वितरण गरिएको थियो ।  बौघागुम्हाको गाविस भवनमा संचालित एक दिने तालिममा कृर्षी सेवा केन्द्र खस्यौलीका लबकुस प्रसाद कुर्मीले प्रशिक्षण दिनु भएको थियो ।  

तालिम समापन कार्यक्रम प्रेमनाथ घिमिरेको अध्यक्षता, गाविस सचिव दिपक जिटीको प्रमुख अतिथ्यता र लोक रेश्मीको  संचालनमा सम्पन्न भएको थियो । समापन कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनीधि, शिक्षक, बुद्धिजीवी, विभिन्न संघसंस्थाका प्रतिनिधी लगायतको सहभागिता थियो ।  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %