विश्व वातावरण दिवसको अवसरमा डस्तविन हस्तान्रण कार्यक्रम सम्पन्न

Read Time:2 Minute, 17 Second

गोविन्द घर्ती मगर

 जेठ, २३ – विश्व वातावरण दिवसको अवसरमा सामुदायिक विद्यालयमा फोहोर राख्ने डस्तविन हस्तान्रण कार्यक्रम सम्पन्न भएको छ । नेपाल मगर संघ, नेपाल मगर युवा संघ र नेपाल मगर महिला संघ देवदह नगरसमितिले संयुक्त रुपमा विद्यालयलाई डस्तविन हस्तान्तरण गरेको हो ।

वातावरण स्वच्छ राख्ने उद्देश्यले विश्व दिवसको अवसरमा देवदह क्षेत्रमा रहेका ३ वटा सामुदायिक विद्यालयलाई डस्तविन हस्तान्तरण गरेको हो । देवदह–२, ढेकावरमा रहेको सूर्यदय प्रावि, देवदह–३, सेमहरानामा रहेको कोटही निमावि र देवदह–१०, बुद्धनगरमा रहेको सन्दीप प्राविलाई २/२ वटा डस्तविन प्रदान गरेको नेपाल मगर युवा संघका नगर अध्यक्ष विनोद थापामगरले बताउनु भयो ।

 एक कार्यक्रमका वीच सूर्यदय प्राथमिक विद्यालयका प्रधानाध्यापक यमकुमारी शर्मा, कोटही निम्न माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक नरेन्द्र शर्मा, सन्दीप प्राथमिक विद्यालयका सहायक प्रधानाध्यापक सुमित्रा पराजुली र रमेश काफ्लेलाई संघले विद्यालयमा गई उक्त डस्तविन हस्तान्तरण गरेको हो ।

 नेपाल मगर युवा संघका देवदह नगर अध्यक्ष विनोद थापामगरको अध्यक्षतामा भएको डस्तविन हस्तान्तरण कार्यक्रममा संघका सहसचिव टेकबहादुर थापा, संघका सल्लाहकार प्रेम थापा, नेपाल मगर महिला संघका नगर अध्यक्ष उमाया थापा लगायतले आ–आफनना भनाई राख्नु भएको थियो । संघका सचिव रिम थापाको संचालनमा भएको कार्यक्रममा संघका पदाधिकारी, सदस्य, सल्लाहकारहरुको सहभागिता रहेको थियो

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %