३ दिने उद्घोषण तालिम तानसेनमा शुरु पाल्पा

Read Time:2 Minute, 44 Second

देब पचभैया

 जेठ ,२३- शनिबार देखि तानसेनमा ३ दिने उद्घोषण तालिम संचालन भएको छ । आदिबासी जनजाती उत्थान राष्ट्रिय प्रतिस्ठानको सहयोग तथा नेपाल मगर महिला संघ र जिल्ला बिकास समिति पाल्पाको आयोजनामा संचालन भएको तालिममा मगर महिला, विधार्थी र अगुवा गरी ४० बढीको सहभागीता छ । नेपालमगर संघको सभाहल, बडिज्ञानटोलमा संचालित तालिमको उद्घाटन गर्दे मगर महिला संघ पाल्पाकी पुर्ब अध्यक्ष पुष्पा थापाले दुई चार जना मान्छेको अगाडि बोल्न नसक्दा र सार्बजनिक स्थलहरुमा आफ्ना कुरा राख्न नसक्दा पछी परिने भएकाले निर्धक्क भएर आफ्ना कुरा राख्नुपर्नेमा जोड दिनुभयो ।

तालिम उद्घाटन कार्यक्रमका बिशिष्ट अतिथि मगर संघ पाल्पाका अध्यक्ष बल बहादुर गाहाले एकता नै बल भएकाले आपसी एकता र सम्बन्धलाई नजिक बनाउदै कुनै पनि समस्या समाधानका लागी सामुहिक प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । धर्म,सस्कृति , भाषा, भेषभुषा र रहनशहन कुनै पनि समुदायको सम्पत्ती भएकाले त्यसको रक्षा गर्नुपर्नेमा गाहाले जोड थियो । ३ दिन सम्म संचालन हुने तालिममा उद्घोषण र उद्घोषक, उद्घोषणका किशिम, तौरतरिका , भाषण लगाएतका बारेमा ब्यवहारिक ज्ञान प्रदान गरिने मगर महिला संघ पाल्पाका अध्यक्ष प्रतिक्षा सिंजालीले जानकारी दिनुभयो ।

 तालिमको सहजीकरण श्रीनगर एफ,एमका स्टेशन म्यानेजर देब पचभैया र नवसंवाद साप्ताहिकका सम्पादक रेखिराम रानाले गर्नुभएको छ । तलिम उद्घाटन कार्यक्रममा मगर बिधार्थी संघका अध्यक्ष राधाकृष्ण दंगाल, मगर संघ तानसेन नगर समितिका अध्यक्ष धनसिंग थापा, मगर संघ पाल्पाका कार्यालय सचिब नगेन्द्र सिंजाली लगाएतले बोल्नु भएको थियो । प्रतिक्षा सिंजालीको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रमको संचालन सचिब साबित्रा रानाले गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %