मगराँतले सशक्त संघर्ष गर्ने ,संघर्षका कार्यक्रमहरु सार्बजनिक

Read Time:1 Minute, 39 Second

ज्ञानेन्द्र पुन मगर

  काठमाडौ , अशोज १ गते – मगरात संघर्ष समितिको २०७२ अशोज १ गते काठमाडौमा बसेको केन्द्रीय बैठकले तपशिल बमोजिमका निर्णयहरु गरेको छ ।

मगरात संघर्षको कार्यक्रमहरुः

१) मिति २०७२ अशोज ३ र ४ गते मगरात क्षेत्र बन्द गर्ने ।

२) मगरात क्षेत्र भित्र पहिचान र उत्पीडितहरुको अधिकार विरोधी गतिविधी गर्ने सभासद्/नेताहरुलाई सामाजिक बहिस्कार गर्ने ।

३) मिति २०७२ अशोज ५ गते देखि १४ गते सम्मः मगरातको संगठनात्मक गतिविधीहरु र प्रचारात्मक गतिविधीहरु गर्ने ।

क)मगरात भित्रको सबै जिल्लाहरु, गाउनगरहरुमा नेपाल मगर संघको नेतृत्वमा “मगरात संघर्ष समिति” गठन गर्ने ।

ख) मगरात क्षेत्रमा स्वमसेवी गतिविधीका लागि “मगरात युवा दस्ता” निर्माण गर्ने ।

ग) मगरातको प्रचारात्मक कार्यहरुः भित्ते लेखन, पत्रकार सम्मेलन आदि कार्यहरु गर्ने ।


४) २०७२ अशोज १५ गते देखि मगरात क्षेत्रलाई एउटै प्रदेशमा नसमेट्न सम्मका लागि अनिश्चितकालिन मगरात क्षेत्र बन्द गर्ने नेपाल मगर संघ केन्द्रिय समितिका सचिब ज्ञानेन्द्र पुन मगरले बैठक पछि जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %