नेपाल पत्रकार महासंघकाे ध्यानाकर्षण

Read Time:2 Minute, 48 Second

मिति ः २०८०।१२।२६
श्री अध्यक्ष ज्यू,
नेपाल पत्रकार महासंघ
  बारा शाखा ।

विषय ः ध्यानाकर्षण सम्बन्धमा ।
नेपाल पत्रकार महासंघ लुम्बिनी घोषण पत्र अनुसार सदस्यता शुद्धिकरण अभियानमा नेपाल प्रेस युनियनको पूर्ण साथ र सहयोग रहेको सर्वविदित्तै छ । नेपाल पत्रकार महासंघलाई विशुद्ध पत्रकारहरुको संस्था बनाउन नेपाल प्रेस युनियनले निर्वाह गरेको भूमिकाबारे पत्रकार महासंघ पनि अनभिज्ञ छैन् ।

तर, पूराना सदस्यको नविकरण तथा नयाँ सदस्यताको नामावली टुंगो नलागाई नेपाल पत्रकार महासंघले शुद्धिकरण अभियानलाई थाँती राखेर सार्वजनिक रुपमा प्रेस विज्ञप्ती जारी गरी जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशन घोषणा गरेको प्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ ।
पत्रकार महासंघको यस्तो निर्णयबाट शुद्धिकरण अभियानलाई नै ओझेलमा पार्ने काम भएको हाम्रो बुझाई छ । नेपाल प्रेस युनियन केन्द्रीय समितिको मिति २०८० चैत १७ गते सुनसरी जिल्लाको इटहरीमा सम्पन्न बैठकले पत्रकार महासंघले सदस्यता र मतदाता नामालीको टुंगो लगाएर मात्र नेपाल पत्रकार महासंघका जिल्ला, प्रदेश र केन्द्रको अधिवेशन÷साधारणसभा गर्न निर्णय गर्दै पत्रकार महासंघलाई आग्रह समेत गरेको जानकारी गराउँदछौं ।
तसर्थः पत्रकार महासंघको सदस्यता टुंगो नलगाई साधारणसभा, अधिवेशन सहितका कुनै पनि प्रक्रिया अगाडी नबढाउन नेपाल पत्रकार महासंघ शाखा बारासंग आग्रह गर्दै  ध्यानाकर्षण गराउँदछौं ।
अन्त्यमा, नेपाल पत्रकार महासंघले प्रेस युनियनको माग विपरित अधिवेशन÷साधारणसभा सहितका कुनै पनि प्रक्रिया अगाडी बढाएमा सोबाट उत्पन्न हुन जाने परिस्थितिको जवाफदेही स्वयं नेपाल पत्रकार महासंघ शाखा बारा नै हुने समेत यसै ध्यानाकर्षण–पत्र मार्फत जानकारी गराउँदछौं ।
अध्यक्ष
श्यामबाबु प्रसाद यादव

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %