नेपाल मगर संघमा अध्यक्ष र महासचिवबाट आर्थिक हिनामिना

Read Time:11 Minute, 36 Second

राज्यसत्ता सम्वाददाता
नेपाल मगर संघको वर्तमान कार्यसमिति व्यापक आर्थिक अपादर्शिताबाट जकडिएको छ । अध्यक्ष नवीन रोकामगर र महासचिव ज्ञानेन्द्र पुनले कोषाध्यक्षको सम्पूर्ण अधिकार आफ्ना हातमा ल्याएर आर्थिक हिनामिनाका कार्य गर्दे आएका छन् । विदेश र स्वदेशमै सङ्कलन गरेका र खर्च भएका रकमका बारेमा कहीँ पनि प्रस्ट हिसाब देखिँदैन ।

मगर जातिलाई हरेक क्षेत्रबाट सक्षम, सबल र समुन्नत बनाउने सपना बोकेर हाम्रा अग्रजहरूले स्थापना गरेको पूर्णतः मगर जातीय संस्था नेपाल मगर संघ अहिले धेरै पक्षबाट मगर संघजस्तो छैन । संघका पदाधिकारीहरूले केबल मनोमानी र अनियमितता मात्र गरेका छैनन्, पार्टीका इशाराहरूमा संस्थालाई भातृसङ्गठनजस्तो बनाएका छन् । जो मगर मगर संघका आन्तरिक कुरामा थोरबहुत मात्र जानकार छन्, उनीहरू यस संघको नाम लिँदा मात्र पनि नकारात्कम प्रतिक्रिया जनाउँछन् । विदेशमा कार्यरत धेरै मगरहरू आफ्ना आर्थिक सहयोग रोकेर संस्थालाई दवाव दिन वाध्य बनेका छन् ।

नेपाल मगर संघमा जुन बेला अहिलेको कार्यसमिति आयो, त्यही समयदेखि संस्था क्रमशः आर्थिक र राजनीतिक रूपले अनेक विवादमा मुछिँदै आउन थाल्यो र अहिले यो मुख्यतः आम मगहररुको गाली र नकारात्मक टिप्पणीको तारो बनेको छ । यस्तो भइरहँदा पनि संस्थाका अध्यक्ष नवीन रोका र महासचिव ज्ञानेन्द्र पुन आफ्नै हठ र व्यक्तिवादी हैकमको बाटोबाट अगाडि बढिरहेका छन् । यिनीहरूले गर्दै आएका आर्थिक अपादर्शिताको विषयमा सरसर्ती नजर लगाउँदा धेरै कुराहरू भेट्न सकिन्छ ।

नेपाल मगर संघका वर्तमान वरिष्ठ उपाध्यक्ष गुरुप्रसाद घर्तीकाअनुसार यस संघको ११ औँ महाधिवेशन, चितवनमा उठेको रकममध्ये खर्च कटाएर बचेको रु। १७ लाख रुपैयाँको हिसाब हालसम्म देखाइएको छैन । त्यस्तै आदिवासी जनजाति महासंघको जनजाति सशक्तीकरण कार्यक्रमका लागि सो महासंघलाई बुझाउन भनी मगर संघबाट निकासा गरिएको रु। २ लाख अझैसम्म महासंघसंघलाई भुक्तानी गरिएको छैन तर मगर संघको २६ औँ राष्ट्रिय प्रतिवेदनको खर्चमा भने यो हिसाब देखाइएको छ । बोष्टन मगर समाज अमेरिकाबाट गोरेबहादुर खपाङ्गीमगरलाई आर्थिक सहयोगस्वरुप प्राप्त रकममध्ये रु। १ लाख गोरेबहादुर खपाङ्गी फाउन्डेशनलाई हस्तान्तरण गरियो तर २६ औँ राष्ट्रिय प्रतिवेदनमा खर्च रु। १,५०००० देखाइएको छ ।

आर्थिक वर्ष २०७४÷०७५ को आर्थिक प्रतिवेदन हेर्दा संस्थाको आम्दानी रु। ४२३५४९६ देखाइएको छ भने खर्च रु। ४३८२९५६ देखाइएको छ र अपुग अर्थात् घाटा रकम रु। १४८४६० भनिएको छ । तर यो घाटा रकम कहाँबाट पूर्ति भयो भन्ने कुरा खुलाइएको छैन । दिलबहादुर घर्तीमगर बचाऊ अभियानमा विभिन्न व्यक्ति र संस्थाबाट चन्दा रु। ६५००३० सङ्कलन गरिएको भए तापनि आम्दानी भने रु। ६५०३० मात्र देखाइएको छ र रु। ६ लाख रकम लुकाइएको छ । भूकम्पबाट अभिभावक गुमाएका बालबालिकाहरूको शिक्षाका लागि अक्षयकोष स्थापना गर्ने भनेर राइज दैम अप शीर्षकमा हङकङबाट उठाइएको रकम रु। ५००००० पनि दिलबहादुर घर्तीमगर बचाऊ अभियानमै खर्चेको देखाइएको छ । वास्तवमा दिलबहादुर घर्तीमगर बचाऊ अभियानमा भुक्तानी रकम बराबर आम्दानी समावेश गर्ने हो भने रु। ५२७००० नगद देखिनुपर्छ । तर यसलाई नियोजित तरिकाले अपारदर्शी बनाइको छ । यसमा मगर संघ हङकङकी तत्कालीन अध्यक्ष चन्द्रज्योति ९हीरामाया० आले र नेपाल मगर संघका पदाधिकारीहरूबीचको मिलेमतो देखिन्छ ।

डा। महावीर पुनलाई हङकङ निमन्त्रणा गरी आविष्कार केन्द्रलाई आर्थिक सहयोग गर्ने भन्दै हङकङमा विभिन्न कार्यक्रम गरी लाखौँ रकम उठाइयो । मगर संघ हङकङको अगुवाइमा संघकै कार्यालयमा आयोजित एक कार्यक्रममा विभिन्न व्यक्ति र संस्थाले रु। ८१६९०० आर्थिक सहयोग गरे । तत्कालीन अध्यक्ष चन्द्रज्योति आलेले वर्षौंसम्म सो रकम हस्तान्तरण नगरेको भन्ने एक समाचार बाहिरिएपछि उनले नेपाल मगर संघलाई बुझाएको भन्ने कुरा राखिन् र केही समयपछि सुशीला थापा नामक व्यक्तिगत खाताको चेकबाट राष्ट्रिय आविष्कार केन्द्रलाई जम्मा रु। ६५०००० भुक्तानी गरेको देखिएको छ । जसमा महावीर पुनले संस्थाका नाम र रकमै तोकेर धन्यवाद पोस्ट्याएका थिए । जसमा लेखिएको छ–

‘१। मगर संघ हङकङबाट प्राप्त दान रु ३०००००
२। झापामञ्च हङकङबाट प्राप्त दान रु १०००००
३। श्रीनगर पाल्पा समाज हङकङबाट प्राप्त दान रु १०००००
४। तमु समाज हङकङबाट प्राप्त दान रु १०००००
५। तनहूँ समाज हङकङबाट प्राप्त दान रु ५०००००
जम्मा रकम रु ६५०००० ।

तत्कालीन फेसबुक म्यासेन्जरमा भएको कुराकानीअनुसार ८१६९०० आर्थिक सहयोगमध्ये रु। १६६९०० रकम नेपाल मगर संघ र मगर संघ हङकङकी तत्कालीन अध्यक्ष चन्द्रज्योति आलेको मिलेमतोमा यो रकम हिनामिना भएको स्पष्ट छ । स्मरण रहोस्, चन्द्रज्योति आलेले आफू अध्यक्ष हुँदा मगर संघ हङकङको भवन खरिद गर्दा लाखौँलाख हङकङ डलर हिनामिना गरेको कुरा सामाजिक सञ्जाल र समाचारमा छ्यापछ्याप्ती भइसकेको छ । यस हिनामिनाका बारेमा मगर संघ हङकङले उनलाई ताकेता गर्दा पनि उनी हालसम्म गुम्नामजस्तै बनेकी छन् ।

राइज दैम अपका लागि जगत्राम थापा र दुर्गाप्रसाद थापाबाट रु। १,५०,०००, मगर महहिला संघबाट रु। १,५०,०००, मगर नौमती समूहबाट रु। १,००,०००, पुन लेडिज भलिबल टिमबाट रु। १,१०,०००, प्रिया रानाबाट १,००,०००।–, नेत्र पुलामीमगरबाट १,००,०००, नेत्र पहराई नमस्ते लिबाट १,००,००० गरी रु। ८,१०,००० ९आठ लाख दश हजार० उठेको देखिन्छ । अक्षयकोष खडा गरी भूकम्पबाट अभिभावक गुमाएका बालबालिकाहरूलाई छात्रवृत्ति प्रदान गर्ने भनेर उठाइएको राइज दैम अपको रकम रु। ५००००० नेपाल मगर संघको खातामा जम्मा गरेको देखिन्छ । नेपाल मगर संघका विदेश सचिव रक्षा रैका सन् २०१५ मा हङकङ गएको बेला मगर संघ हङकङका वर्तमान अध्यक्ष हेमराज थापाले सोबारे सोध्दा रु। ७ लाख रकम आफू स्वयमसँग भएको कुरा थापालाई बताएका थिए । सो रकम मिलेमतोमै हिनामिना भएको देखिन्छ । तत्कालीन अध्यक्ष चन्द्रज्योति आलेले नेपालमा राइज दैम अपको अक्षयकोष खडा गरेको प्रतिवेदन पेस गरे तापनि हालसम्म यस नामको अक्षयकोष कहीँकतै खडा भएको जानकारी छैन । नेपाल मगर संघका अध्यक्ष नवीन रोका, महासचिव ज्ञानेन्द्र पुन, विदेश सचिव रक्षा रैका र चन्द्रज्योति आलेले आपसी मिलेमतो गरेर मगरहरूको पसिनाबाट विभिन्न शीर्षकमा जम्मा भएका रकमहरूमा बडो शानका साथ डुबुल्की मारेका छन् । नेपाल मगर संघको ११ औँ महाधिवेशनबाट निर्वाचित यस समितिले अहिलेसम्म आन्तरिक वा वाह्य लेखा परीक्षणको रिपोर्टसम्म केन्द्रीय समितिमा पेश गरेको छैन । यसबाट प्रस्ट हुन्छ, यिनीहरूले संस्थामा चरम आर्थिक हिनामिना गर्दै आएका छन् ।

विशेषतः नेपाल मगर संघका वैदेशिक शाखाहरूबाट विभिन्न शीर्षक र कार्यक्रमका लागि केन्द्रलाई आर्थिक सहयोग प्राप्त हुन्छ । यसै सहयोगलाई दुरूपयोग गर्न कोषाध्यक्ष कमला थापाको हस्ताक्षरबिनै अध्यक्ष र महासचिको मिलेमतोमा संस्थाको खाता सञ्चालन गर्दै आएका छन् । जनगणना २०७८ मा संघलाई विभिन्न भातृसंघ र अन्य संस्थाहरूबाट पनि आर्थिक सहयोग प्राप्त भयो तर त्यस सहयोगलाई विशेषतः महासचिव ज्ञानेन्द्र पुनले दुरूपयोग गरेको कुरा समाचारमा आइसकेको छ । उनले उठेको सो रकमबाट जनगणना अभिमुखी कार्यक्रम भन्दै गाउँगाउँमा गएर आसन्न महाधिवेशनका लागि नेकपा एमाले निकटका सदस्यहरूलाई निर्वाचन प्रतिनिधि बनाउने कार्यमा गोप्य रूपले तालमेल मिलाए । यस विषयमा व्यपाक रूपले असन्तुष्टि पनि बाहिर आइसकेको छ । सो आर्थिक रकमका बारेमा कुनै हिसाबकिताब देखाइएको छैन । मगर भवन मर्मतका लागि आएको रकमका बारेमा पनि कुनै प्रसङ्ग उठाइँदैन । यी त यस सम्वाददातालाई थोरै मात्रामा प्राप्त प्रमाण र जानकारी हुन् । अध्यक्ष र महासचिवबाट यस संघमा अनेकौँ बहाना, शीर्षक र वेशीर्षक अदृश्य रुपले लाखौँलाख आर्थिक हिनामिना हुँदै आएको छ । यस विषयमा आम मगरहरूले सोधखोजका साथ यथाशीघ्र उचित कदम चाल्नुपर्ने अवस्था देखिन्छ ।

14 1
Happy
Happy
2 %
Sad
Sad
45 %
Excited
Excited
0 %
Sleepy
Sleepy
2 %
Angry
Angry
39 %
Surprise
Surprise
12 %