राज्यसत्ता ,
काठमाण्डौ ,असार १ गते बुद्ध शिक्षा बिकाश प्रतिष्ठान नेपाल(बि.एस.बि) र सर्ब शान्ति बुद्ध बिहार इलामद्धारा स्वस्थ्य सामाग्री वितरण गरिएको छ ।
ईलामको माङ्सेबुङुंगको नांगबुंग १ मा रहेको स्वास्थ्य चौकी मार्फत जेठ ३० गतेका दिन सर्ब शान्ति बुद्धबिहार ईलामका आवासिय भिक्षु गरुको स्थबिर (अर्जुन भन्ते) र बुद्ध शिक्षा बिकाश प्रतिष्ठान नेपालका संयोजक भिक्षु मेधंकर स्थबिर (नारायण बहादुर आले मगर)को नेतृत्वमा धनकुटाको पाख्रीबास नगरपालीका २ नं. वडा कार्यालय माथिल्लो सान्नेमा स्वस्थ्य सामाग्री बितरण गरिएको हो ।
कोबिड – १९ कोरोना महामारीको नियन्त्रणमा सहयोग पुग्ने गरि स्वस्थ्य सामाग्री बितरण गर्न बि.एस.बि.नेपालका सदस्यहरु र बौद्धधमावलम्बिद्धारा संकलन रकमबाट औसधि र स्वस्थ्य सामाग्री खरिद गरि बितरण गरिएको हो ।
बुद्ध शिक्षा बिकाश प्रतिष्ठान नेपालको स्थापना २०७८ साल जेठ ४ गतेका दिन भिक्षु मेधंकर स्थबिरको संयोजकमा बौद्ध शिक्षा विकास तदर्थ समिति गठन गरिएको थियो । जेठ ११ र १२ गते दुई दिन सम्म २५६५ औ बुद्धजयन्तिको अवसरमा भर्चुअल द्धारा बुद्धका जिवानी र दर्शन माथी बिभिन्न भिक्षुहरु र बौदिक बर्गले छलफल गर्नु भएको थियो ।
बुद्ध शिक्षा बिकाश प्रतिष्ठान नेपाल (बि.एस.बि) गठन भए पश्चात प्रतिष्ठानको यो दोष्रो राहात कार्यक्रम रहेको छ ।
https://www.facebook.com/messenger_media?स्वास्थ्य सामाग्री बितरण कार्यक्रम धनकुटमा