बौद्ध शिक्षा विकास तदर्थ समिति गठन !

Read Time:4 Minute, 39 Second

– हुमबहादुर थापामगर

काठमाडौँ जेठ ४ – नेपालमा बुद्ध धर्मलाई गाउँको कुनाकन्दरासम्म पु¥याउने उदेश्यले साथै बौद्ध शिक्षा विकास र प्रवद्र्धन गर्न अपरिहार्य रहेकाले नेपालमा बौद्ध शिक्षा विकास फाउण्डेशनको स्थापना गरिएको छ ।

भिक्षु मध्यङ्कर (नारायणबहादुर आलेमगर) स्थवीरको संयोजकत्वमा २७ वैशाख २०७८ तदनुसार १० मेका दिन भर्चुअल जुम बैठक बसी फाउण्डेशनको नामाकरण गरिएको हो ।

भेलाले निमा ग्याल्जेन शेर्पा अष्टे«लियालाई सहसंयोजक र अष्टे«लियाको संयोजक, राजु भण्डारीलाई अमेरिकाको संयोजक र कोषाध्यक्षमा, कृष्ण दर्लामीमगरलाई बेलायतको संयोजक, राम थापामगर बर्मा/थाइल्याण्डको संयोजक, हुमबहादुर थापामगरलाई सहकोषाध्यक्ष र रिम गलामीमगरलाई सदस्य तोकेको छ ।

भिक्षु मध्यङ्करको अध्यक्षतामा २ जेठ २०७८ तदनुसार १६ मेका दिन बसेको दोस्रो जुम बैठकले फाउण्डेशनमा थप सदस्यहरुमा डा. केशवमान शाक्य , डा. जुनुमैया बासुकला र मनि गुरुङ र पछि एकजना थप गर्नेगरी एघार जनाको तर्दथ समिति निर्माण गरेको छ भने धम्मानुशासकमा भिक्षु विपश्वी महास्थवीरज्यूलाई चयन गरेको छ ।
बौद्ध शिक्षा विकास तर्दथ समितिको नामावली यसप्रकार रहेको छः
भिक्षु विपश्वी महास्थवीर धम्मानुशासक
१. संयोजक– भिक्षु मध्यङ्कर स्थवीर (नारायणबहादुर आलेमगर)
२. सहसंयोजक– एवम् अष्टे«लियाको संयोजक निमा ग्याल्जेन शेर्पा
३. सदस्य– डा. केशवमान शाक्य
४. सदस्य– डा. जुनुमैया बासुकला
५. सदस्य– मनि गुरुङ
६. कोषध्यक्ष– राजु भण्डारी (संयोजक– अमेरिका)
७. सदस्य– कृष्ण दर्लामीमगर (संयोजक– बेलायत)
८. सदस्य– राम थापामगर (संयोजक– बर्मा/थाइल्याण्ड)
९.सहकोषाध्यक्ष – हुमबहादुर थापामगर र
१०. सदस्य– रिम गलामीमगर (बेलायत) रहनु भएको छ ।

बौद्ध शिक्षामा सहयोगी अहम भूमिका निर्वाह गर्न सक्ने तथा चाहना भएका बौद्ध धर्मका लब्धप्रतिष्ठत महानुभावहरुलाई फाउण्डेशनको सदस्यतामार्फत आबद्ध गराउँँदै लैजाने र कम्तिमा १ सय जना पुगेपछि समावेसिताको आधारमा कार्यसमिति निर्माण गर्ने बैठकले निर्णय गरेको छ । फाउण्डेशनमा सदस्य बनेबापतको शुल्क लाग्ने छैन ।
तर , कार्यक्रम गर्न आर्थिक खाँचो टार्न भने फाउण्डेशनको नाममा व्यक्तिगत एकमुष्ट रकम बैँकमा राखेको ब्याज र स्वदेश तथा विदेशमा रहनुहुने बौद्धधर्मका अनुयायी धम्ममित्रहरुको सहयोग रकमबाट गरिने बैठकमा संयोजक भिक्षु मध्यङ्करले जानाकारी गराउनुभयो ।
हालको कोरोनाभाइरस (कोभिड – १९ को) असहज पस्थितिलाई मध्यनजर गर्दै परिस्थिति सामान्य भएपश्चात् फाउण्डेशनको अस्तित्व र उपस्थिति देखाउन समय र पस्थिति अनुकुल तराईका समुदायलाई समेत फोकस गर्ने र नयाँ ढङ्गबाट अरु संघसंस्थाले गरिरहेका काममा अवरोध नहुने गरी विषेशतः सुरुमा नेपालको पूर्वी भाग इलाम/झापामा बौद्ध शिक्षा एवम् धर्मदेशना कार्यक्रम सुरु गर्नुपर्ने निर्णय गरेको छ ।

बैठकले कोरोनाभाइरस (कोभिड – १९ को) महामारीबाट बिचल्लीमा परेकाहरुलाई खाना, सुरक्षाकर्मीहरुलाई मास्क, सेनिटाइजर र बिमारीहरुलाई अक्सिजनको व्यवस्था गरी सहयोग गर्ने पनि निर्णय गरेको छ ।

3 0
Happy
Happy
20 %
Sad
Sad
0 %
Excited
Excited
80 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %