इन्डोनेशियाको श्री बिजय विमान उडेलगत्तै बेपत्ता !

Read Time:1 Minute, 30 Second

राज्यसत्ता
काठमाण्डौ , पुष २५ ।

इन्डोनेशियाको राजधानी जकार्ताबाट यात्रुबोकेर उडेको एक यात्रुवाहक विमान उडेलगत्तै बेपत्ता भएको छ । उक्त यात्रुवाहक विमानमा ५० जना यात्रुले सवार गरेका थिए ।

श्रीविजया एयर बोइङ ७३७ विमान देशको राजधानी जकार्ताबाट वेस्ट कालिमान्तन प्रान्तको पोन्टिआनक जाने क्रममा रहेको अधिकारीहरूले बताएका छन् ।

उडानहरूको विवरण राख्ने वेवसाइट फ्लाइटरडारडटकमका अनुसार एक मिनेट भन्दा कमसमयमा उक्त विमानले १० हजार फिट भन्दा बेसि उचाइ गुमाएको थियो । सरकारका प्रवक्ता अदिता इरावतीका अनुसार शनिबार इन्डोनेसियाको राजधानी जकार्ताबाट टेक अफ भएको १ मिनेटमै श्रीविजय एयरको सम्पर्क हराएको थियो ।

हराएको जहाज हाल अनुसन्धान भइरहेको छ । राष्ट्रिय खोज तथा उद्धार एजेन्सी र राष्ट्रिय यातायात सुरक्षा समितिको समन्वयमा रहेको अदिता इरावतीले विज्ञप्तिमा भनेका छन । देशको यातायात मन्त्रालयले खोजी कार्य सुरु भइसकेको जनाएको छ ।

2 0
Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %