इनासको मेलबर्नमा भिक्टोरिया राज्य समिति गठन

Read Time:4 Minute, 50 Second

प्रभा श्रेष्ठ

अस्ट्रेलियाको भिक्टोरिया राज्यमा छरिएर रहेका नेपाली कलाकार, साहित्यकारहरुको भेलाले सर्बसम्मतबाट अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) को इनास भिक्टोरिया राज्य समितिको गठन गरेको छ । इनासका ओसेनिया को-ओर्डीनेटर, साहित्यकार तथा पत्रकार सुशील चालिसेको सकृयतामा सम्पन्न उक्त भेलामा भिक्टोरियाका बिभिन्न नेपाली संघ संस्थाहरुका प्रतिनिधिहरु, समाजसेवीहरु, संचारकर्मी, शुभचिन्तक लगायत कलाकारितालाई माया गर्ने बिभिन्न विधाका कलाकारहरुको उपस्थिति रहेको थियो ।

भेलाले २०१९-२०२१ का लागि सर्बसम्मंत रुपमा गठित समितिमा गौतम लामिछाने (अध्यक्ष), पार्बती पहारी (उपाध्यक्ष), बिराज थापा (उपाध्यक्ष), उज्ज्वल अधिकारी (सचिव), अनु पाण्डे (कोषाध्यक्ष) र मनोज पौडेल (प्रबक्ता) चयन गरिएको छ भने सदस्यहरुमा अरुण चित्रकार, सुमन गुरुङ, लक्ष्मण सन्ज्याल, इश्वरी पौडेल र कुमार महर्जन रहेका छन । ओसेनिया को-ओर्डीनेटर सुशील चालिसे संरक्षक रहनु भएको उक्त कमिटीको अब बस्ने पहिलो बैठकले आबस्यकता अनुसार संरक्षक तथा सल्लाहकारहरुको चयन गर्ने जानकारी कमिटीका अध्यक्ष गौतम लामिछानेले बताउनु भएको थियो ।

उक्त कार्यक्रममा नबगठित कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुलाई  इनासका ओसेनिया को-ओर्डीनेटर सुशील चालिसेले शपथ ग्रहण गराउनु भएको थियो । चालिसेद्धारा सम्पूर्ण कार्य समितिका पधाधिकारीहरुलाई बधाई तथा कार्यकालको सफलताको शुभकामना सहित प्रमाणपत्र वितरण गर्दै बिधिबत रुपमा ईनास भिक्टोरियाको कार्यभारको जिम्मेवारी सुम्पिएको थियो ।

बिश्वभर छरिएर रहेका नेपाली कलाकर्मी तथा साहित्यकर्मी र नेपाली कला, साहित्य र संस्कृतिलाई माया गर्ने गैर नेपाली कलाकारकर्मी तथा साहित्यकर्मीहरुलाई संस्थागत रूपमा एकत्रित गरी नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण र सम्बर्द्धन तथा नेपाली कलाकारहरूको हितका लागि कार्य गर्ने (International Nepalese Artist Society, INAS) अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजको मुख्य उदेश्यलाई आत्मसात गर्दै अगाडि बढ्ने प्रतिबद्धता कार्यसमिति पदाधिकारीहरुबाट व्यक्त भएका थिए ।

उक्त भेलालाइ भिडियो मेसेजबाट इनास अष्ट्रेलियाका नेसनल प्रेसिडेन्ट बिकास शर्मा पोख्रेल तथा इनास ग्लोबल कमिटीका सिनियर उपाध्यक्ष राम चन्द्र थापाबाट स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गरिएको थियो ।

नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण र सम्बर्द्धन तथा नेपाली कलाकारहरूको हितका लागि कार्य गर्ने उद्धेस्यका साथ वरिष्ठ कलाकारद्धय नीर शाह र मीरा राणा ग्लोबल संरक्षकत्वमा कृयाशिल अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले ७३ भन्दा बढी देशमा आफ्नो उपस्थिति जनाइराखेकोमा डिसेम्बर ८ मा मेलबर्नमा भएको भेला मार्फत २०१९-२०२१ का लागि सर्बसम्मंत रुपमा चयन भएकोमा ईनास भिक्टोरिया कार्य समितिका संपूर्ण पदाधिकारीहरुलाई इनास ग्लोबल सल्लाहकारको हैसियतमा लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले हार्दिक बधाई ज्ञापन गर्दै उल्लेख्य उपलब्धीका साथ आफ्नो कार्यकाल सम्पन्न होस भन्ने शुभकामना ब्यक्त गरेका छन । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %