ब्रिसबेनमा अस्ट्रेलियाब्यापी नेपाली नृत्य प्रतियोगिता हुँदै

Read Time:4 Minute, 15 Second

प्रभा श्रेष्ठ

नेप्लिज एसोसिएसन अफ क्विन्सलाण्डको आयोजना तथा गैर आबासीय नेपाली संघ अस्ट्रेलियाको संयोजनमा यही सेप्टेम्बर २८ र २९ तारिख ब्रिसबेनमा “हाम्रो संस्कृति हाम्रो पहिचान, गरौ प्रबर्द्धन, सम्बर्द्धन अनि सम्मान” नारा सहित अस्ट्रेलियाब्यापी नेप्लिज नृत्य प्रतियोगिता २०१९ हुँदैछ ।न्यूजिल्याण्डको समेत सहभागिता रहने यो कार्यक्रममा अस्ट्रेलियाको ताज्मानिया बाहेक सबै राज्यबाट सहभागिता रहनेछ र प्रतियोगितामा नेपालका बिभिन्न जातजाती, भेषभुषा, कला र लोक संस्कृति झल्काउने नृत्यहरु प्रस्तुत हुनेछन् ।

टाइटल स्पोन्सर Expert Education & Visa Services रहेको यो प्रतियोगितामा एकल, युगल र समूह गरी जम्मा ३ प्रकारका नृत्यहरुको प्रस्तुति रहने छ । प्रतियोगितामा १७ वटा एकल, ९ जोडी र १० समूह नृत्यहरु छनौटमा परी प्रतिस्पर्धाका लागि तयारी मा छन् । आ-आफ्नो नृत्य प्रस्तुत गर्ने क्रममा प्रतियोगीले आफुले प्रस्तुत गर्ने नृत्य र यससंग सम्बन्धित साँस्कृतिक महत्वको बारेमा बढीमा २ मिनेटको जानकारी प्रदान गर्नु पर्ने छ । दुइ चरणमा हुने यो प्रतियोगितामा उत्कृस्टताको आधारमा प्रत्येक समुहबाट पाँच नृत्य दोश्रो चरणमा जानेछन ।

एकल नृत्यमा प्रथमलाई ८००, द्धितियलाई ५०० तथा तृतियलाई ३००, युगल नृत्यमा प्रथमलाई १२००, द्धितियलाई ७०० तथा तृतियलाई ४०० र समूहतर्फ प्रथमलाई १६००, द्धितियलाई ९०० तथा तृतियलाई ५०० डलर नगद पुरस्कारको ब्यबस्था गरिएको छ ।

प्रतियोगितामा चर्चित कोरियोग्राफर, कथ्थक डान्सर तथा कला प्रशिक्षक सुबिमा श्रेष्ठ मुख्य जजको रुपमा रहनु हुनेछ  सन् २००९ देखि ब्रिसबेनमा शुरु भएको उक्त प्रतियोगिताको पाँचौ शृंखलाको रुपमा संचालन हुन गइहेको यो प्रतियोगिता प्रत्येक दुइ बर्षमा आयोजना गर्ने गरिएको छ ।

प्रतियोगितामा सहभागी प्रतियोगीहरुलाई खान बस्न र हवाई टिकटको समेत ब्यबस्था गरिएको  योजक कमिटिका संयोजक डा. केशब शर्माले जानकारी गराउनु हुदै यस कार्यक्रमको मुख्य उद्धेस्य अस्ट्रेलिया र न्यूजिल्याण्डका दोश्रो पुस्ताका नेपालीहरुलाई नेपालप्रतिको माया जगाउनु र नेपालीकला, संस्कृति, भाषा, साहित्य, जातजाति, भेषभुषा, नेपाली लोक गीत संगीत लगायत बिबिध बिषयहरुको जानकारी गराउनु पनि रहेको बताउनु भयो ।

लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले शुभ  कामना सन्देश मार्फत”हाम्रो पहिचानको माध्यम भनेकै हाम्रा कला, संस्कृति र भाषा नै भएकाले बिशेष गरी प्रवासमा यस्को प्रबर्द्धन र सम्बर्द्धन गर्न सकिए मात्रै दोस्रो पुस्ताले नेपाल र नेपालीको महत्व बुझ्न सक्ने भएकोले यो कार्यक्रमको बहुआयामिक महत्व छ ।”भन्दै अभियानको तर्फबाट नृत्य प्रतियोगिताको सफलताको लागि हार्दिक शुभेच्छा ब्यक्त गर्नु भएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %