गृहमन्त्रीलाई ज्ञापन पत्र,संबिधानमा संसोधन हुन्छ – बादल

Read Time:4 Minute, 16 Second

ज्ञापन पत्रको पूर्ण पाठ पढ्नुहोस :

                   नेपाल मगर संघ ,केन्द्रीय समिति
                           कलंकी, काठमाण्डौ

                                        मितिः २०७५ बैशाख २८

माननीय गृहमन्त्री रामबहादुर थापा बादल ज्यू
गृहमन्त्रालय,सिंहदरबार काठमाण्डौ, नेपाल ।

                          बिषयः ज्ञापनपत्र सम्बन्धमा ।

बहुजातिय, बहुभाषीक, बहुधार्मिक र बहुसास्कृतिक मुलुक नेपालमा  सबै जातजाति र समुदायको छुट्टाछुट्टै पहिचान र अस्तित्व सहित ईन्द्रेणी रंगमा बिकाश भईरहदा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पछिल्लो सरकारले नया संबिधान कार्यन्ययन गर्ने र समृद्धि  नेपालको स्थापनाको नाममा केहि जातिवा धर्म समुदायलाई फलाउने फुलाउने र बांकी जाति समुदायलाई  निमोेठेर फ्याक्ने कार्य भई रहेको प्रति ३० लाख मगरहरुको साझा अधिकारबादी सस्था नेपाल मगर संघको गम्भीर ध्यानाकर्षण भएको छ ।
यसरी सरकारले कुनै जाति बिशेषलाई पहिलो दर्जाको  र बांकी समुदाय जाति बिशेषलाई दोष्रो दर्जाको नागरिकको हैसिएतमा ब्यबहार गरिरहदा मगर समुदायले समाबेशी र समानुपातिक सिद्धान्त र पद्दतिको ठाडो उलंधन भएको महसुस गर्दै तपशिल बमेजिमको मागहरु पुरा गर्नका लागी नेपाल सरकार गृहमन्त्रालयसंग यस ज्ञापन पत्र पेश गरिएको छ ।

१) देशको बहुंजातिय र बहुंसास्कृतिक बास्तविक्ता बमोजिम मगर , थारु, कुमाल , छन्त्याल र भूजेल लगााएतका नेपालीहरुको प्रमुख राष्ट्रिय सास्कृतिक चांड माघेसकराति माघ १ गतेमा नेपाल सरकारले दिईरहेको सार्बजनिक बिदा कटौती प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको हुनाले उक्तत बिदा कटौती गर्ने निर्णय अबिलम्ब फिर्ता लिन जोडदार माग गर्दछौ ।

२) मदिरा निषेध गर्ने नाममा मगर समुदायको पाठपुजा वा बिभिन्न सस्कारहरुमा चढाउनका लागी अपरिहार्य रहेको हुनाले घरमा बनाएको रक्सी बन्देज गरेर मगर समुदाय लगायतका नेपालका आदिबासी जनजातिहरुको मौलिकता मेटाउने सरकारको निर्णय प्रति हाम्रो गम्भीर ध्यानाक्र्रषण भएको हुनाले निर्णय सच्याउन जोडदार माग गर्दछौ । यद्यपी मदिराका कारण देशमा भैरहेको दुब्र्यसनी  तथा कुलतलाई नियन्त्ररण गर्ने सरकारको निर्णयमा हाम्रो साथ सहयोग र सर्मथन रहने अवगत गराउदछौ । 


३) मगर लगायत नेपालका आदिबासी जनजातिहरुले परम्परागत मासुको रुपमा प्रयोग गरिरहेको मरेको गाईको मासु खादा पक्रिने र झुट्टा मुद्धा लगाई झेल चलान गर्ने सरकारको गलत कार्यलाई तत्काल रोकी नेपालको संबिधान बमोजिम धर्मनिरपेक्षताको कार्यन्वयन गरि सबैलाई समान ब्यबहार गर्न जोडदार माग गर्दछौ । यस सम्बन्धमा झुट्टा मुद्दालगाई जेल जिवन बिताईरहेकाहरुलाई अबिलम्ब निर्शत रिहा गर्नुहुन जोदार माग गर्दछौ भनि केन्द्रीय अध्यक्ष नबिन रोका मगरको हस्ताक्षर गरिएको ज्ञापन पत्र गृहमन्त्री रामबहादुर थापा मगर बादललाई १५ सदस्यीय प्रतिनिधि मण्डलले उहांकै निवासमा पुगेर ज्ञापन पत्र बुझाएको हो ।  

No automatic alt text available.

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %