जनमुक्ति मन्च अष्ट्रेलियाको अन्तरकृया कार्यक्रम सम्पन्न

Read Time:3 Minute, 39 Second

राज्यसत्ता


सिड्नी, माघ २१ – अष्ट्रेलियाको सिड्नी स्थित टेम्पे पार्कमा राष्ट्रिय जनमुक्ति पार्टीको बिदेश साखा “जनमुक्ति मञ्च अष्ट्रेलिया” ले एक कार्यक्रमको अायोजना गरि अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । मञ्चले पार्टीको २७ अौ स्थापना दिवशको अवसर पारेर अन्तरकृया गरेको हो । मञ्चले अायोजना गरेको विशेष कार्यक्रममा नेपाल देखि घुम्न अाउनु भएका पार्टीका संघीय परिषद सदस्य हुम बहादुर पचभैया थापा मगर विशेष अतिथि हुनुहुन्थ्यो ।

मञ्चका सचिब चित्र तुम्बाहाम्फे लिम्बुको सन्चालन र पार्टीका अध्यक्ष चिराग प्रधानले सभापतित्व ग्रहण गर्नु भएको थियो । अतिथिहरूमा अादिबासी जनजाति मञ्च अष्ट्रेलियाका बर्तमान, अध्यक्ष अरूण तामाङ, निबर्तमान अध्यक्ष एबं संघीय समाजबादी फोरम अष्ट्रेलियाका अध्यक्ष गणेश तामाङ, राई या योख्खा अष्ट्रेलियाका अध्यक्ष सन्तोश राई, मगर समाज अष्ट्रेलियाका अध्यक्ष नवीन राना मगर, तमु समाजका लिल गुरूङ अष्ट्रेलियामा कार्यरत बरिष्ठ ईन्जिनियर परभास राई, घनेन्द्र राज पियाक लिम्बू लगाएतका विशिष्ट ब्याक्तित्व हुनुहुन्थ्यो ।

सबै अतिथिहरूले राष्ट्रिय जनमुक्ति पार्टीलाई सफल्ताको शुभकामना दिनु भएको थियो । पार्टीका संघीय परिषद सदस्य तथा विशेष अतिथि थापा मगरले पार्टीको बिगत देखि बर्तमान सम्मको ईतिहास र स्थापना दिवश, पार्टीले उठाएको मुद्धा संघीयता, गणतन्त्र, धर्मनिर्पक्ष, समानुपातिकले अैले सबै मुलधारका पार्टीहरूलाई जनमुक्ति लाईनमा ल्याउन सफल भएको खुसी ब्यक्त गर्दै स्वयम् जनमुक्ति भने सत्तामा भने पुग्न नसकेकोमा चिन्ता ब्यक्त गर्नु भएको थियो ।

अादिबासी जनजाति मञ्च अष्ट्रेलियामा अाबद्ध जातिय संघ सस्थाका प्रतिनिधिहरूले राख्नु भएको जिज्ञासामा थापा मगरले पहिँचानजन्य पार्टीहरूको एकताको बारेमा पार्टीले अहम भूमिका खेलि रहेको समेत जानकारी दिनु भयो । पार्टी २७ बर्ष पुग्दा पनि सत्ताको नजिक किन नपुगेको भन्ने परस्नमा थापाले हालैमा सम्पन्न जर्मनको नेश्नल पार्टीले ६० बर्षमा पहिलो चोटि चुनाव जितेर चान्सेलर मार्केलको सरकारमा सामेल भएको उदाहरण दिदै हामी २७ बर्षमै हरेस खानु पर्ने अबस्था नरहेको बताउनु भयो । थापा मगर अाफ्नो अष्ट्रेलियाको भ्रमण सकेर सोमबार स्वदेश फर्कदै छन र जनमुक्ति मञ्च अष्ट्रेलियाले यात्रा शफल्ताको शुभकामना समेत दिएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %