नेपाल राष्ट्रिय फुटबल टिमकोच राजुकाजी शाक्य नेपाल प्रस्थान

Read Time:7 Minute, 56 Second

सुरेन्द्र ईङनाम 

Image may contain: 31 people, people standing and indoor

 

केन्ट, बेलायत – “एफ सी केन्ट भेटेरेन, बेलायत” को स्पोन्सरमा बेलायत आई पुगेका नेपाल राष्ट्रिय फुटबल टिमकोच तथा सहायक मेनेजर राजुकाजी शाक्य गत ३० मे २०१७ को साँझ लन्डन हिथ्रो एयरपोर्टबाट नेपाल फर्किएका हुन ।

फुटबल खेलबाट नेपाल राष्ट्रलाई प्रतिनिधित्व गर्ने, राष्ट्रकै गहना फुटबल खेलाडी राजुकाजी शाक्यले सन १९८१ सालबाट शुरु गरेर सन १९९७ सम्म खेलाडीको रुपमा नेपालकै ईतिहासमा सबै भन्दा लामो समय सम्म खेलेका हुन । वहाले राष्ट्रिय टिममा खेल्न थाले लगत्तै सन १९८४ मा पहिलो साफ गेम जितेको थियो, सन १९९३ मा वहाको टिम क्याप्टेनमा दोस्रो साफ गेम जितेको हो । पछिल्लो समयमा आएर नेपाल राष्ट्रिय फुटबल टिमको कोच गर्दै आएका राजुकाजी शाक्य एक कुशल कोचको रुपमा पनि चिनिन्छन, जुन ज्यलन्त उदाहरण सन २०१६ मा भएको साग गेमको उपाधि नेपालले हात पारेको हो ।

 
बेलायतमा नेपाली समुदाय बिच फुटबल खेल केहि वर्ष यता बाट उत्साह पुर्बक बडिरहेको छ । शुरु शुरुमा भेटघाट तथा मेलाको रुपमा शुरु भएपनि अहिले आएर प्रतिस्पर्धाकै रुपमा खेल हुदै गएको छ । यसै सन्दर्भमा “फुटबल क्लब केन्ट भेटेरेन” को स्थापना २०१४ मा भए यता यस क्लबले २ वर्ष भित्रै धेरै टुर्नामेन्टहरु जितेर छोटो समयमै ख्यातिप्राप्त गरि एक उदाहरणिय क्लब बनेको छ । हालै गत २८ मे २०१७ को दिन तमुधिको आयोजनामा भएको “गोरखा कप” भेटरेन तर्फ लगातार ३ पल्ट जीतेर शिल्ड पचाएको छ । बेलायतमा नेपाली भेटरेन टिमहरुमा सबैभन्दा कुशल टिम चिनिने यस क्लबलाई सम्भवत सबै टुर्नामेन्टहरुमा “एफ सी केन्ट भेटेरेन, बेलायत” लाई कसरि हराउने भन्ने मानसिकता अरु टिमहरुले लिएर आएका हुन्छन । यस क्लबको खेलाडिहरु भन्दा अरु टिमका केहि खेलाडिहरु राम्रा भएपनि यस क्लबको टिमवर्क, खेलाडिहरुविच घनिस्टता, एकआपसको सदभाव रहेकै कारण अरु क्लबहरु भन्दा माथि रहिरहेको हो ।

 

बेलायतको नेपाली समुदाय बिचको फुटबल खेललाई अवलोकन गर्न साथै नेपाल राष्ट्रिय फुटबल टिमकोच राजुकाजी शाक्य लाई सम्मानार्थ र “एफ सी केन्ट भेटेरेन, बेलायत” को प्रोमोसनको लागी राजुकाजी शाक्यलाई “एफ सी केन्ट भेटेरेन, बेलायत” ले स्पोन्सर गरि बेलायत ल्याएको थियो  । बेलायतको भिषा मिलाउन ज्यादै झन्झटिलो र धेरै प्रावधानलाई बिचार गर्नुपर्ने भएकोले यस कार्यलाई टिमका सहायक मेनेजर भास्कर राई र सचिव छबिन्द्र चोङ्बाङलाई केहि जिम्मेवारी दिईएको थियो ।

 

गत २२ मे २०१७ को साँझ बेलायत आई पुगेका शाक्य २८ मे भित्र सहायक मेनेजर भास्कर राईले बिभिन्न ठाउहरुमा नेपाल र बेलायतको फुटबलको बिषयमा अन्तरकृया कार्यक्रमहरु राख्नुभएको थियो । गत २९ मे को साँझ लेमल लिफ रेस्टुरेन्टमा सचिब छबिन्द्र चोङ्बाङले सञ्चालन गर्नु भएको सम्मान तथा बिदाई कार्यक्रममा यस क्लबका म्यानेजर बुद्धी सुनुवारले वहालाई बेलायत बोलाउनको औचिन्य प्रस्ट्याउनु भयो । यस क्लबका सस्थापक स्पोन्सर “गोरखा हिल क्यास एण्ड क्यारी” का सञ्चालक तथा निबर्तमान “फोक्स्टन नेपाली समाज”का अध्यक्ष चन्द्र गुरुङको बाहुलीबाट शाक्यलाई सम्मान–पत्र प्रदान गरिएको थियो भने टिम क्याप्टेन पदम योङ्हाङ र टिम कोच लोक चेम्जोङ्ले वहाको ९ दिने बेलायत बसाई रमणिय भएको होला भन्ने अपेक्षा राख्दै यहा बाट नेपाल सम्मको सफल यात्राको कामना दिए । अन्यमा राजुकाजी शाक्यको बोल्ने क्रममा निकै भावुक भएपछि एकछिन रोकिएर देशलाई उदृत गर्दै राजनितिको उथल पथल र राज्यले खेलाडिलाई प्रोत्साहन नदिएको गुनासो पोख्दै गोल्डकप जीतेर आएपछि सरकारले ३ लाख दिन्छु भनेको रकम अहिले सम्म नदिएकोले नेपाल फुटबल एसुसिएसन बाट राज्य ऋण लागेको सन्दर्भ पनि निकाल्नु भएको थियो । राज्यले जे जस्तै ब्याबहार गरेपनि वहाले आफ्नो कर्तब्य पालना गर्ने बताउनु भयो । एफ ए कोच लाईसेन्स को लागी उनि सन १९९८ मा पहिलो पल्ट बेलायत आएको बताउदै, वहाले अहिले सम्ममा धेरै सम्मानहरु पाई सकेको तर “एफ सी केन्ट भेटेरेन” ले बेलायत बोलाएर गरेको यो सम्मान भने सबैभन्दा ठुलो र भुल्न नसक्ने भएको साथै गोरखा कपमा विषेश अतिथि भएर यस क्लबले शिल्ड पचाएको हेर्न पाउदा धेरै गौरन्वित पनि भएको बताउनु भयो ।

यस क्लबको स्थापना केहि वर्ष यता भएकोले शाक्यको ब्याबस्थापन खर्च संस्था आफैले ब्यहोर्न नसक्ने अवस्था भएकोले केन्टमा रहेका विभिन्न ब्यापारि, संस्था र ब्यक्तित्वहरु “लेमन लिफ रेष्टुरेन्ट, चेरिटन”, “गोरखा प्यालेस”, “गोरखा हिल क्यास एण्ड क्यारी, फोक्सटन” “भान्सा घर आसफोर्ड”, “ओरियन्टल बफे फोक्स्टन”, “प्रीन्स अफ वेल्स, आसफोर्ड”, “गोरखा वरियर”, “फोक्स्टन ट्याक्सि परिवार”,“न्यु क्यास एण्ड क्यरी, चेरिटन”, “बस पाईलट, आसफोर्ड”, “गोरखा रिसोर्सेस”, सगरमाथा गोरखा नेपाली समाज, आशफोर्ड” र सम्पुर्ण यस क्लबका सदस्यहरुबाट केहि रकम उठाएर ब्यबस्थापनमा खर्च गरिएको थियो, त्यसबाट बचेको सम्पुर्ण रकमलाई गिफ्ट स्वरुप रकम खाममा राखेर क्लबको जुनियर सदस्य भ बहादुर पुनको हात बाट हस्तान्तरण गरिएको थियो ।

 

साँझको खाना खाएर राति ११ बजे छुटेपछि भोलिपल्ट क्लबका सदस्यहरु सङ्गम राई, सन्तोस गुरुङ, मोहन राई, भास्कर राई, बुद्धी सुनुवारले साँझ ७ बजे एयरपोर्ट पुर्याएर अन्तिम बिदाई गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %