लण्डनमा वातावरण साहित्य सम्मेलन हुँदै

Read Time:3 Minute, 57 Second

 बिजय हितान मगर

Image may contain: text

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

लन्डन । विश्व वातावरण दिवसको अवसर पारेर बेलायतस्थित नेपाली साहित्यकारहरूले वातावरणको बिषयलाई केन्द्रबिन्दु बनाएर साहित्य सम्मेलन गर्ने भएका छन् ।

बिज्ञान जस्तै साहित्यमा पनि प्रकृति र वातावरणको संरक्षणात्मक र चेतनामूलक प्रयोगको आवश्यकता आज टड़कारो बनेको छ । यसैलाई लक्षित गर्दै बेलायतस्थित प्राय: सबै साहित्यिक संस्थाहरुको संयुक्त सम्योजनमा यस्तो सम्मेलन गर्न लागिएको संयोजक विजय हितानले बताए । सम्मेलन आगामी जून 4 मा लण्डनको चार्ल्टनमा सम्पन्न हुनेछ । सम्मेलनका पूर्व तयारीहरु- हल बुकिङ, साधनहरुको जोरजाम, खानपनि तथा अतिथि निमन्त्रणा जस्ता ब्याबस्थापन कार्य भैसकेको अर्का सम्योजक सुमल कुमार गुरुङले बताए ।
सम्मेलनमा बेलायतका लागि नेपाली राजादुत दुर्गाबहादुर सुबेदीको प्रमुख आतिथ्य, र मिस युके नेपाल २०१६ टेनिशा रानाको पनि बिशेष उपस्थिती रहनेछ ।
 
स्वस्थ जीवन र समृद्ध पृथिवीका निम्ति वातावरणको स्वस्थता अनिवार्य रहेको छ । विश्वव्यापी रूपमा वातावरणमा आएको ह्रासले गर्दा जीवनको गुणस्तर ओरालो लागेको प्रति चिन्ता गर्दै साहित्यलाई वातावरणमुखी र जीवनमैत्री बनाउन यस्तो साहित्यिक प्रयास बहुमूल्य हुने जनचेतना गत बर्षको पहिलो बातावरण साहित्य सम्मेलनले दिसकेको छ । यो बर्षको बातावरण दिवस ५ जुनमा पर्दछ, जसलाई विश्वभर मनाउन संयुक्त राष्ट्रसंघको बातावरण बिभागले नेत्रुत्व गर्दछ । प्रतेक बर्ष यसको आफ्नै नारा हुन्छ । यसबर्ष ‘मानिसलाई प्रकृतिसँग नजदिक्याउनु’ (connecting people to nature) यसको नारा  रहेको छ ।   

सम्मेलनमा एघारवटा साहित्यिक सङ्घसंस्था आबद्द हुँदैछन् । सम्मेलनमा एनआरएन युकेको भाषासाहित्य विभाग, विश्व नेपाली साहित्य महासङ्घ युके, अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) युके, अन्तरराष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान, नेपाली साहित्य विकास परिषद्, नेपाल मुक्तक प्रतिष्ठान, समकालीन साहित्य प्रतिष्ठान, साहित्य चौतारी, साहित्य सङ्गम, प्रबासी नेपाली साहित्य समाज, साहित्य सँगालो डट कमको संयुक्त सहभागिता रहनेछ । विश्वकै जल्दोबल्दो विषयमा सघन चेतनामूलक कार्यक्रम आयोजना हुनु र त्यसमा सबै साहित्यिक सङ्घसंस्थाहरू गोलबद्ध हुनु आफैमा प्रसंसनीय रहेको गत बर्षको कार्यक्रमपछिको सबैको प्रतिकृया थियो ।

ऐतिहासिक रूपमा वातावरण केन्द्रित साहित्य सम्मेलनको सफलताका निम्ति बेलायतस्थित सबै मिडियाहरूले पनि सहयोग गर्दै छन् । आफ्ना उत्कृष्ट वातावरणमैत्री रचनाका साथ उपस्थित हुन सबै भाषासाहित्यप्रेमीमा अपील गरिएकोछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %