ईजरायलमा नेपालको पर्यटकीय क्षेत्रबारे व्यापक प्रचार प्रसार कार्यकम सहित र्याली भव्यताका साथ सम्पन्न

Read Time:8 Minute, 52 Second

माया घले मगर


Image may contain: 6 people, crowd, sky and outdoor












 इजरायल  – इजरायलको लागि प्रर्यटन तथा सांस्कृतिक सद्भावना दुत भगवती बस्नेतको संयोजकत्वमा इजरायल स्थित नेपाली राजदुतावासको सहयोग तथा आर एन इजरायलको आइसीसी सदस्य सुवास खरेलज्यूको व्यवस्थापनमा मिति २३ अप्रिल २०१७ मा इजरायलको पर्यटकीय शहर हाइफामा बृहत सास्कृतिक तथा पर्यटन प्रवर्धन प्रचार-प्रसार र्याली कार्यकम भव्यताका साथ सम्पन्न भएको छ ।

कार्यक्रम दुई  भागमा विभाजित थियो । पहिलो छोटो औपचारिक कार्यकम थियो भने दोस्रो कार्यक्रममा र्याली गरिएको थियो ।

दिउसो २ बजेबाट शुरु भएको कार्यक्रम इजरायलका लागि पर्यटन तथा सांकृतिक सद्भावना दुत भगवती बस्नेतको सभापतित्वमा अगाडी बढेको थीयो | कार्यक्रममा प्रमुख अतिथि इजरायल स्थित नेपाली राजदुतावासबाट भोज कुमार भट्टराई,बिशेष अतिथिमा एन आर एनका आइसीसी सदस्य सुवास खरेल, अतिथिहरुमा झापाली समाज इजरायलका अध्यक्ष तथा विश्व नेपाली साहित्य महासंघ इजरायलका उपाध्यक्ष गणेश गौतम “सागर”,जन सम्पर्क समितिका उपाध्यक्ष राजेन्द्र खनाल, अन्तराष्ट्रिय नेपाली साहित्य इजरायलकि सचिव दिया चापागाईं र कलाकार मंचको सदस्य नुतन भुसाल हुनुहुन्थ्यो । यस औपचारिक कार्यकममा स्वागत भाषण दिया चापागाईंले गर्नु भएको थियो भने कार्यक्रमको उद्घाटन राष्ट्रिय गीत गाएर शुरु गरिएको थियो । कार्यकमको प्रमुख अतिथि सहचारी भोज कुमार  भट्टराईले आफ्नो मन्तब्यको क्रममा हामीले आफ्नो देश कला संस्कृतिलाई विदेशमा पनि चिनाउनु पर्छ भनेर आफ्नो भेषभुषामा यसरी उपस्थित हुनु भएकोमा मैले गौरवान्वित महसुस गरेको छु भन्नु भयो । हाम्रो देश धेरै सुन्दर र धेरै सम्भावना हुँदा हुँदै पनि हामीले प्रयाप्त मात्रमा पर्यटन भित्र्याउन सकेका छैनौ । इजरायलको हाइफामा अहिले आफ्नो देशलाई चिनाउनुको साथै पर्यटन प्रवर्धन कार्यक्रम इजरायलका अन्य क्षेत्रमा पनि आयोजना  गर्नु पर्नेमा जोड दिनु भएको थीयो । केहि समय अगाडी हाम्रो झन्डा विश्वको १० झन्डा मध्येमा परेको थियो ।

थोरै मात्रमा भए पनि हामीले बिदेशी भूमिमा हाम्रो झण्डा फर्फराउनु पर्छ । यसरी हामीले कार्यकम गर्दै जाँदा पक्कै पनि अहिले गईरहेको पर्यटकको अनुपातमा अर्को बर्ष पक्कै पनि  धेरै पर्यटन भित्र्याउन सक्छौ । नेपालीहरुको कला, संस्कृति नेपाली पहिचान गर्ने कामहरुमा सधै नेपाल दुताबासको सदैब  सहयोग रहने बताउनु भयो । हाम्रो झण्डालाई यसरी विदेशी भुमीमा फर्फराउन सक्नु  अत्यन्त गौरबको कुरा हो भन्नु भो । झापाली समाज इजरायलका अध्यक्ष तथा विश्व नेपाली साहित्य महासंघ शाखा  इजरायलका उपाध्यक्ष गणेश गौतम ‘सागर’ ले आफ्नो मन्तब्यको क्रममा सबैलाई प्रवासको बशाईमा पनि हाम्रो देशलाई चिनाउन जस्तो सुकै कामको बाबजुद पनि हामी यहाँ उपस्थित भएका छौ । पर्यटन प्रबर्धनको लागि बहाई गार्डेन छान्नुको उदेश्य बहाई गार्डेन बिश्वमा चर्चित पर्यटकीय क्षेत्र हो । बिदेशी पर्यटक आउने केन्द्रबिन्दु भएकोले यस क्षेत्रमा नेपालको पर्यटक प्रवर्धन कार्यकम गर्नु अत्यन्त राम्रो कुरा हो भन्दै यस बहाई गार्डेन नजिकको स्थान छान्नु भएकोमा आयोजक प्रति आभार व्यक्त गर्नु भएको थियो ।  अन्तमा कार्यकमको सभापति भगवती बस्नेतले नेपाल पर्यटन बोर्डले २०१७ भ्रमण बर्ष मनाई रहदा बिभिन्न देशहरुबाट नेपालमा  पर्यटक भित्र्याउने उदेश्यले आफ्ना प्रतिनिधिहरु चयन गरिरहदा इजरायलका लागि यो अवसर प्रदान गरेकोमा पर्यटन बोर्ड प्रति आभार व्यक्त गर्नु भएको थीयो ।

नेपाल कला,संकृति,प्राकृतिक सुन्दरता, जलश्रोत, पर्यटन कृषिको अथाह सम्भावना भएको कुरा सबैलाई बिदितै छ, अझ पर्यटनबाट धेरै थोरै समयमा धेरै मुनाफा कमाउन सकिने क्षेत्र हो | नेपालमा एउटा बिदेशी पर्यटक भित्रिदा एयरलाइन्स,चारतारे होटललाई मात्र मुनाफा नभएर फुटपाथका ब्यबसायी देखि टुरिष्ट गाइड भरिया र गाउँ गाउँमा होम स्ट्रे खोलेर बस्नेहरु समेत लाभान्वित हुने कुरा बताउनु भयो । अहिले सम्म नेपाल सरकारले  बिदेशी पर्यटक भित्र्याउने काम मात्र गरेको छ तर नेपालमा प्रबेश गरे पछि कसरी रारा,मुगु,मुस्तांग दैलेख जस्ता बिकट तर पर्यटकीय हिसाबले मनोरम क्षेत्रमा पर्यटक पुर्याउने भन्ने मा नेपाल सरकारको ध्यान जान जरुरि छ भन्नु भयो । जस्तै दैलेखमा २४ सै घण्टा बलिरहने ज्वाला छ , मुस्तांगमा ढुगाले बनेको गुफाहरु छन् । इजिप्टमा बनेको पर्खाल हेर्न लाखौ पर्यटन पुग्छन् भने हाम्रो मुस्तांगको गुफा हेर्न किन पर्यटक पुर्याउन सकिदैन भन्ने कुरामा नेपाल सरकारले सोच्नु जरुरी रहेको कुरामा जोढ दिनुभयो । हाम्रो नेपाली कला संस्कृति नै हामी नेपालीहरुको पहिचान हो । यसलाई विश्व सामु चिनाउन आआफ्नो ठाउँबाट निरन्तर आफूले सक्ने हरदम प्रयास गरिरहनुपर्छ । सबै भन्दा ठुलो प्रचार भनेको  words to mouth हो , हामीले एक जनाले ५ जनालाई मात्र नेपालको बारेमा जानकारी दियौ भने हामी इजरायलमा भएका ५ हजारले नेपालीले ५० हजार इजरायली नेपाल भित्र्याउन सक्छौ , १० जनालाई भन्यौ भने लाखौको संख्यामा नेपाली भित्याउन मदत मिल्छ भन्नु भयो ।

उहाँले  आफ्ना भावी योजनाहरु इजरायल स्थित सम्पूर्ण संघ संस्था नेपाली राजदुतावास, मिलेर बृहत प्रदर्शनी गर्ने योजना रहेको जानकारी गराउनु भएको थीयो । इजरायलका  ट्राभल  एजेन्सीहरुमा नेपाल पर्यटन बोर्डका पम्पेल्टहरु राख्ने,पर्यटन सम्बन्धि सर्ट मुभी बनाउने बताउदै हाम्रो देशको सांस्कृतिक सम्पदालाई विश्वव्यापीकरण गर्नको हाम्रो राष्ट्र लाई चिनाउने, हाम्रो देशमा पर्यटन भित्र्याउने यो ऐतिहासिक कार्यक्रममा यसरी आ आफ्नो जातीय भेषभुषामा उपस्थित भएकोमा  सम्पूर्ण  उपस्थित महानुभावहरु सबैलाई धन्यवाद दिएर  औपचारिक कार्यकम समापन गर्नु भएको थीयो | पहिलो चरणको  कार्यक्रम संचालन सावित्रा लुइँटेल घिमिरेले गर्नु भएको थियो ।

पहिलो चरणको कार्यक्रम लगत्तै र्याली शुरु गरिएको थियो ।  र्यालीमा please visit Nepal सहित नेपालका सगरमाथा , बुद्ध,लुम्बिनी बिभिन्न पर्यटकीय क्षेत्र पहिचान हुने ब्यानर , नेपालको झण्डा फर्फराउदै , बिभिन्न  स्लोगनहरु :

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %