इजरायलमा २५६१ औं बुद्द जन्म जयन्ती भब्यताका साथ मनाइने तयारी

Read Time:2 Minute, 36 Second

माया घले मगर


Image may contain: 1 person














ईजरायल – शान्तिका अग्रदुत भगवान गौतम बुद्दको २५६१ औं जन्म जयन्ति भब्य रूपमा मनाउने तैयारी शुरू गरिएकेा छ । नेपाल आदिबासी जनजाती महासंघ इजरायलको आयोजनामा यहि मे १३ तारिख शनिबारका दिन तेलअभिवमा मनाउन लागिएको भगवान गौतम बुद्दको २५६१ औं जन्म जयन्तिलार्इ भव्य रूपमा मनाउन र्इजरायलमा रहेका बिभिन्न सामाजिक संघ-सस्था, राजनैतिक दल, साहित्यिक संघ-सस्था, धार्मिक संघ सस्था, तथा अनलाइन मिडियाहरुलार्इ सह-आयोजकका लागी नेपाल आदिबासी जनजाती महासंघ इजरायलले सामाजिक सञ्जाल मार्फत एक सुचना प्रकाशित गर्दे सहभागिताका लागी आग्रह गरेको छ ।

 

हार्दिक निमन्त्रणा !हार्दिक निमन्त्रणा !!हार्दिक निमन्त्रणा !!!

इजरायलको तेलअभिव स्थित लेभिन्सकी पार्कमा आगामी मिति २०१७ मे १३ तारिख शनिबारको दिन बिहान ८.०० बजे देखि नेपाल आदिबासी जनजाती महासंघ इजरायलको आयोजना तथा इजरायलमा स्थापना भएका बिभिन्न सामाजिक ,राजनैतिक, साहित्यिक, धार्मिक, संघ-संस्थाहरुको सहआयोजनामा शान्तिका अग्रदुत भगवान गौतम बुद्दको २५६१ औं जन्म जयन्ति कार्यक्रम भव्यताका साथ् सम्पन्न गर्ने तयारी भैरहेको हुँदा उक्त कार्यक्रममा सहभागी भएर प्रशाद ग्रहण गर्नको निमित्त इजरायलबासी सम्पूर्ण महानुभाबहरु तथा सम्पूर्ण दाजुभाई तथा दिदी/बहिनीहरुमा यहाहरुको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ! उक्त कार्यक्रमबाट भेटि स्वरुप संकलन भएको रकम राष्ट्रको शैक्षिक बिकासका लागि डा.महाबिर पुनद्वारा स्थापना भएको “राष्ट्रिय आविष्कार केन्द्र “लाइ प्रदान गर्ने भनि महासंघको १४ औं बैठकले निर्णय गरेको हुंदा कार्यक्रममा उपस्थित भक्तजनहरुमा अग्रिम जानकारी पनि गराउन चाहन्छौ धन्यबाद !

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %