“नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको इजरायलमा नया नेतृत्व घोषणा”

Read Time:9 Minute, 36 Second

माया घले मगर

 

 Image may contain: 2 people, people standing and outdoor
इजरायल, मार्च १७ – “मनोरञ्जन, परोपकार र लगानी क्षेत्र पहीचान, नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको अभियान” भन्ने मुल नारा लिई बिगत ४ बर्ष देखी सामाजिक क्षेत्रमा क्रियासिल संस्था नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको यही १५ अप्रील२०१७ मा आयॊजित भेला सम्पन्न भएको छ उक्त भेलामा प्रमुख अतिथी गैर आवसिय नेपाली समन्वय परीषद इजरायलका अध्यक्ष दिपक प्रसाद ओली ज्युले गर्न भयको थियो !

कार्यक्रमको समुघाटन गर्दै प्रमुख अतिथी दिपक प्रसाद ओली ज्युले कार्यक्रम सफलताको शुभकामना सहित आफुले ब्यक्तीगत र एन. आर. ए. एन. को तर्फबाट आर्थिक, भौतिक र नैतिक सहयॊग गर्ने र आफु नमस्ते नेपालको अजिवन सदस्यको नाताले सदैव संस्थाको राम्रो कामको प्रसंसा गर्ने बताउनु भयॊ भने संस्थाले ल्याएको लगानिको क्षेत्रमा आफु तयार रहेको बताउनु भयॊ। यस्तै गरी कलाकारको तर्फबाट शुभकामना मंतब्य राख्दै कमेडी किड्ग मनोज गजुरेलले आफु नमस्तेको हरेक पक्षबाट अत्यान्त प्रभावित रहेको र यस संस्थालाई आवस्यक सहयॊग गर्ने कुरा बताउनु भयॊ। पहीलो चरणको कार्यक्रम इजरायल शाखाका निबर्तमान अध्यक्ष एंवम् बैकल्पिक केन्द्रीय सदस्य गणेश गिरी ज्यूको सभापतीत्वमा र शाखा कि सचिव एंवम् केन्द्रीय सदस्य माया खनाल र शाखाका सह-सचिव सुर्य राणाले संचालन गर्नु भएको थियो भने संस्थाकी केन्द्रीय सदस्य ईन्द्रीरा केसीले उपस्थित सबैलाई स्वागत गर्नु भयको थियॊ !

 
उक्त भेलामा बिसेष अतिथी संस्थाका केन्द्रीय अध्यक्ष रामसरण बानिया, अतिथीहरु संस्था सल्लाहकार द्धय नवराज खड्का, बिशाल ज्ञावाली, प्रबासी नेपाली मंन्च इजायलका अध्यक्ष तिर्थ गौतम, नयां शक्ती पार्टी नेपालका प्रबास संगठनका बरिष्ट उपाध्यक्ष कुमार पौडेल, झापाली समाज इजरायलका संरक्षक जय ओडारी र सोही संस्थाका अध्यक्ष गणेश गौतम, कलाकारहरु मनोज गजुरेल, प्रकाश कटुवाल, रेजिना रिमाल र मविन्द्र राई, यस्तै अतिथीमा राष्ट्रीय मानव अधिकार कर्मी मान बहादुर थापा र बिभिन्न सामाजिक संस्थाका प्रतिनिधीहरु, पत्रकारहरु लगायत नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाका आजिवन सदस्यहरुको बाक्लो उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको थियॊ!
 
नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाका  सभापती गणेस गिरीले बिधिवत शाखा बिघटन गर्दै बिगतमा केही कमि कमजोरी रहेता पनि इजरायलमा संस्थाले राम्रो काम गरीरहेको र संस्थामा आई पर्ने हरेक चुनौतिको सामाना गर्न आफु लागी पर्ने प्रतिबध्दता गर्दै नयां समिती चयनको लागी तिन सदस्य निर्बाचन समिती घोषाणा गर्नु भयको थियो। उक्त निर्वाचन समितीले उपस्थित आजिवन सदस्यहरुको छलफलबाट ९  सदस्य “इजरायल समन्वय समिती” निर्विरोध निर्वाचित भयकॊ घोषणा निर्वाचन समितीको तर्फबाट अतिथी एंवम् संस्थाका सल्लाहकार नवराज खड्काले निर्वचित समन्वय समितीको नामावली घोषणा सहीत कार्यकाल सफलताको शुभकामना दिनु भएको थियॊ! निर्वाचित हरु संयॊजक – डकम सिटौलासचिव — सकुन्तला (सानु) खतिवडा, कोषाध्यक्ष- कृष्णामाया सापकोटा,  सदस्यहरु  चिनु सुबेदी, रमेश रिजाल, निरु महर्जन, साबित्राखड्का, मिरा थापामगर, निर्मला राय,रहनु भएको छ कार्यक्रममा नवनिर्बाचित समन्वय समितीकी संयॊजक डकम सिटौलाले सबैको सहयॊगको अपेक्षा राख्दै संस्थाले दिएको जिम्मेवरी कुसलता पुर्वक निर्बाह गर्ने आफ्नो प्रतिबध्ता सहित बिस्वास दिलाउनु भयॊ भने निबर्तामान सचिव माया खनालले संस्थाको हरेक काममा आफ्नो सहभागिता रहने कुरा जानकारी गराउनु भयॊ।

यस्तै गरी कार्यक्रमको दोश्रो चरणमा संस्थाको महत्वपुर्ण उदेश्य “लगानि क्षेत्र पहीचान” माथि बृहत अन्तरकृयां राखिएको थियो! ” आफै मालिक आफै कामदार ज्यला र मुनाफाको हकदार” भन्ने उदघोषलाई कसरी ब्यावहारमा लागु गर्न सकिन्छ भन्ने बिषयमा सबैले आफ्नो अभिमत राख्ने क्रममा संस्थाका सल्लाकार बिशाल ज्ञवालीले सुरक्षीत लगानि कसरी गर्न सकिन्छ भन्ने बिषयमा र अर्का सल्लाकार नवराज खड्काले सामुहीक लगानिलाई कसरी प्रर्बधन गरी नेपालमा संकलित पुंजीलाई आर्थिक उन्नतीमा लाग्न सकिन्छ भन्ने बिषयमा आफ्नो बिचार दिनु भयको थियॊ। यस्तै संस्थाका आजिवन सदस्य एंवम् जन संम्पर्क मंन्च इजरायलका अध्यक्ष तिर्थ गौतमले सामुहीक लगानिबाट नै देश र आफ्नो आर्थिक उन्नती र बिकास हुने कुरामा जोड दिदै सबैले अहिले पुंजी सुरक्षीत हुने तर्फ लगानी अभिबृद्धी हुनु पर्ने कुरा बताउनु भयो। कार्यक्रममा मानवअधिकार कर्मी मान बाहादुर थापाले नमस्ते नेपालले यॊ अभियान अत्यन्त राम्रो भयकोले यसकॊ लागी आफ्नो तर्फबाट पनि सक्दो सहयॊग गर्ने बचन दिनु भयको थियॊ। कार्यक्रमलाई संस्थाका केन्द्रीय अध्यक्ष रामशरण बानियांले बिगत ४  बर्ष देखी संस्थाले ल्याएको तिन ओटै एेजेन्डा अत्यन्त महत्वपुर्ण रहेको र यॊ क्रमिक रुपमा सफल हुदै गई रहेको प्रती खुसी ब्यक्त गर्दै अब नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाले सबै आजिवन सदस्यहरुलाई एउटै मालामा गसी राष्ट्र निर्माण र आफ्नो आर्थिक अन्नती प्रगतीको लागी सामुहिक लगानिमा अग्रसर हुन सबैमा अपिल गर्दै बिदेशी भुमीलाई मात्र रोज्न नहुने कुरा गर्नु भयॊ। उठेका बिषय बस्तु माथी प्रकास पार्दै “नमस्ते नेपाल मल्टीप्रपोज इन्भेष्टमेन्ट कम्पनि” स्थापना भई सकेको र अब छिट्टै कम्पनिले कानुनि प्रमाण-पत्र पाउने जानकारी दिलाउनु हुदै २५ जनाको कम्पनि संस्थापक र ११  जना संचालक बोर्ड रहने गरी संचालक बोर्डको प्रमुख एंवम् बोर्ड अफ डाइरेक्टरमा बिशाल ज्ञवाली र सदस्य सचिव एंवम् म्यनेजीड्ग डाईरेक्टरमा हिक्मत बहादुर बस्नेत चयन हुनु भएकोमा बधाई ज्ञापन गर्दै कंम्पनि कुसलता पुर्वक अगाडी बढ्ने कुरामा बिस्वास ब्यक्त गर्नु भयॊ साथै छिट्टै सियर सदस्यहरुको आम भेला राखिने कुरा पनि जानकारी गराउनु भयो।

यस्तै संस्थाले  राखेको बृहत बनभोजमा सबैले सामुहीक रुपमा बिभिन्न परीकार खादै आत्मियता र आगमी दिनमा अझै राम्रो कार्यको थालनी सहीत एक आपसमा नेपाली नयां सालको शुभकामना आदन प्रदान गरी गरी तेस्रो चरणको कार्यक्रम समापन गरीएको थियॊ।

यस्तै गरी १४  तारीख गैर आबसिय नेपाली समन्वय परीषद इजरायलको मुल आयॊजना र नमस्ते नेपाल हातेमालो सामाजिक संस्था लगायत १४  बटा संघ संस्था संममिलित “संगीतिक सांझ” भब्य र सब्य रहेको जनाएकोकुरा  आयोजकले जानकारी दीएको छ !!

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %