किराँत याक्थुङ चुम्लुङ इजरायलको चौथो बार्षिकोत्सव साथै नयाँ कार्यसमिति गठन सम्पन्न

Read Time:5 Minute, 6 Second

माया घले मगर
 

Image may contain: 17 people, people standing

अप्रिल १४/२०१७ शुक्रबार , किराँत याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा चौथो बार्षिकोत्सव साथै साधारण सभा लेबेण्डा ३२ (हल)तेलअविवमा, बिगतका वर्षहरुमा जस्तै बिभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ  ।

किराँत याक्थुङ चुम्लुङ इजरायल  तत्कालिन अध्यक्ष श्री जीवन थक्लुङ ज्युले अध्यक्षता गर्नु भएको उक्त  कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुताबासका द्वितिय सचिव श्रीमती आस्था सुब्बा  राई  विशेष अतिथि आदीबासी जनजाती महासंघ इजरायलका अध्यक्ष श्रीमति निर्मला गुरुङ  विभिन्न संघ सस्थाका अध्यक्ष, सल्लाकार, प्रतिनिधी, ज्युहरु र अनलाईन मीडियाका पत्रकार मित्रहरु लगायत इजरायल बासी दाजुभाई तथा दीदीबहीनीहरुको उल्लेख्य उपस्थिती रहेको थियो।किराँत याक्थुङ चुम्लुङ इजरायलका तत्कालिन अध्यक्ष, प्रमुख अतिथि र बिशेष अतिथि ज्युहरुले दीप प्रज्वलन गरि कार्यक्रमलाई औपचारिक उद्द्घाटन गर्नु भएको थियो।

आगन्तुक पाहुनाहरु लगायत उपस्थित सम्पुर्णलाई स्वागतम साथै धन्यवाद दिदै वर्तमान उपाध्यक्ष श्रीमति माया वनेम ज्युले स्वागत मन्तव्य राख्नु भएको थियो। कार्यक्रमको समयवधिभर   किराँत याक्थुङ चुम्लुङ साथै गैरयाक्थुङ कलाकारहरुले मिश्रित रुपमा चरणबद्ध तवरले धान नाच, च्याब्रुङ नाच, लगायत बिभिन्न मनोरञ्जन साथै याक्थुङ पहिचानका गितहरु गाएर कार्यक्रमलाई अझ आकर्षक बनाउनु भएको थियो। तत्कालिन महासचिव गिता तुम्बाहाङ्फे ज्युले कियाचु इजरायलको वर्ष भरिको प्रगती विवरण प्रस्तुत गर्नु भएको थियो। कियाचु इजरायलका वर्तमान अर्थसचिव श्री आईन्द्र योङया ज्युले आर्थिक प्रतिवेदन प्रष्ट संगले प्रस्तुत गर्नु भएको थियो ।शुभकामना मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि श्रीमति आस्था सुब्बा राई र बिषेश अतिथि श्रीमति निर्मला गुरुङ ज्युले कियाचु इजरायलले याक्थुङ पहिचानका निमित्त गर्ने गरेको प्रयासहरुका अलावा पनि यो संस्थाले नेपाल र नेपालीहरुका लागि आफ्नो क्षेत्रबाट थोरै भए पनि गरिरहेका सामाजिक सेवा प्रति प्रसंसा गर्नु भएको थियो।

चौथो बार्षिकोत्सबलाई समापन गर्ने क्रममा कियाचु इजरायलका तत्कालिन अध्यक्ष श्री जीवन थक्लुङ ज्युले वहाँको कार्यकालमा सहयोग पुर्याउनुहुने सम्पुर्णलाई धन्यवाद दिनु भएको थियो।र इजरायलमा कियाचु इजरायलको महत्वको बारेमा चर्चा गर्नुका साथै नयाँ कार्यसमितिलाई स्वागत गर्दै सफल कार्यकालका लागि बधाई तथा शुभकामना दिनु भएको थियो।केही समय अवधि लागी चलेको साधारण सभामा निर्वाचन समितिका संयोजक एवं संस्थापक अध्यक्ष श्री प्रताप मादेन लगायतका सदस्यहरुले,उपस्थित जनसमुदायहरुसंग प्रयाप्त छलफल र परामर्स गरि राय सल्लाह बमोजिम बहुमतले निर्विरोध नयाँ कार्यसमिति छनौट गरेका नामावलीहरुलाई पुर्व अध्यक्ष श्री नयन इम्सङले रोष्टमबाट औपचारिक घोषणा गर्नु भएको थियो।

उपस्थित जनसमुदायहरुले अनुमोदन गरे संगै नव निर्वाचित कार्यसमितिले बैधानिक्ता प्राप्त गरेको ठहर गर्दै घोसण भएका कार्यसमितिले पद तथा गोपनियताको सफथग्रहण लिएको थियो। इजरायलका निवर्तमान महासचिव श्रीमती गिता तुम्बाहाङ्फे र निवर्तमान सचिव श्री कुमार आङदेम्बे अबि ज्युले कार्यक्रमलाई कुसलता पुर्बक संचालन गर्नु भएको साथै उक्त कार्यक्रममा  उपस्थित सम्पूर्ण महानुभावहरुमा मा आयोजक  संस्था किराँत याक्थुङ चुम्लुङ इजरायलले धन्यवाद  प्रकट गरेको छ !

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %