तामाङ घेदुङ इजरायलको तेश्रो अधिवेशन मे महिनामा हुदै

माया घले मगर

 

No automatic alt text available.
 
नेपाल तामाङ घेदुङ, इजरायलको तेस्रो ऐतिहासिक अधिबेशन आउँदो १२ मे  २०१७ (शुक्रवार) साँझ तेलअविव स्थित बसपार्क पछाडी रहेको सानो पार्कमा ६:३० बजे देखि शुरु हुने भएको छ |

इजरायलबासी सम्पुर्ण तामाङ ज्योज्यो, आले, नाना, आङाहरुलाई उपस्थित भइ अधिबेशनलाई भब्यताका साथ सफ़ल पारीदिनु हुन नेपाल तामाङ घेदुङ परिवार हार्दिक अनुरोध गरेको छ | संस्थाको नयाँ सदस्यता लिनु बाँकी रहेकाहरुले सदस्यता लिन र पुरानो सदस्यताहरुलाई अनिवार्य रुपमा नविकरण गर्ने समय अधिवेशनको दिन बेलुका ६ बजे भित्र गरि सक्नु पर्ने संस्थाले जनाएको छ |

तेस्रो अधिवेशनमा सम्पूर्ण तामाङहरुले आफ्नु अधिकार सहित सहभागिता हुना घेदुङले सबैलाई अपिल रहेकोछ | सदस्यताबारे थप जानकारी लिनु परेमा संस्थाका पदाधिकारीहरु समक्ष सम्पर्क राख्न समेत अनुरोध गरेको छ | साभार तामांग अनलाइनबाट